
डा जी सी सुब्बा गोक्षेप्र सिन्कोना,हर्टिकल्चर बिभाग प्रमुख तक्निकी सल्लाहकार पदमा नियुक्त
डा सुब्बाले निर्देशक पदबाट अवकाशप्राप्त गरेपछि दुईवर्षको निम्ति तिंनको सेवाकाल वडाइएको थियो। राज्य सरकारले गोक्षेप्रको हर्टिकल्चर एंव एग्रिचल्चर बिभाग अधिनस्थ रहेको सिन्कोना एंव अन्य औषधिय पौधाहरुका निर्देशकको पदमा डा सामुएल राईलाई नियुक्त गरेपछि डा सुब्बालाई गोक्षेप्र अधिनस्थ रहेको यस विभागको प्रमुख तक्निकी सल्लाहकारको रूपमा नियुक्त गरेको छ।
डा राईले गत नोभेम्बर महिनामा नै जोइन गरेका थिए तर विभागीय पदभार ह्स्तान्तरण गत 1 दिसम्बरमा भएपछि मात्रै डा राईले सो पदभार पूर्णरूपमा लिएका छन।
यो विभागको सिन्कोना एंव अन्य औषधिय पौधा निर्देशालय गोक्षेप्रमा हस्तान्तरण गरिएको कारण डा सुब्बालाई जीटीएले आधिकारिक रुपमा यसको प्रमुख तक्निकी सल्लाहकार नियुक्त गरेको छ। डा सुब्बाले उक्त पदमा गत बिहीबार आफ्नो पदभार ग्रहण गरेको जानकारी प्राप्त भएको छ। जीटीएको मुख्य सचिवले आधिकारिक अधिसुचना जारी गरेर डा सुब्बालाई नियुक्ति गरिएको कार्यलय सुत्रले थप जानकारी दिएको छ। यसबारे डा सुब्बासंग जानकारी लिन चाहँदा तिनले आफ्नो पदभार ग्रहण गरेको आधिकारिक जानकारी दिए।
स्मरण रहोस यसभन्दा अघि डा सुब्बाले सिन्कोना एंव अन्य औषधिय पौधाहरु अधिनस्थ निर्देशको पदभार सम्हालेका थिए। यसभन्दा अघि उक्त पदमा डा पी के लाला रोयले आफ्नो पदभार सम्हालेका थिए भने तिनको अवकाश पछि धेरै लामो समयसम्म निर्देशकको पद शुन्य रहेको थियो। डा पी के लाला रोयको अवकाश ग्रहण पछि यसका भरप्राप्त निर्देशक दार्जीलिङ जिल्ला शासकलाई बनाइएको थियो भने जिल्ला शासकले उक्त पदभार सम्हाले पछि सिन्कोनावासीको समस्या धेरै जटिल बनेको थियो।
बगानमा कार्यरत मजदुर, कर्मचारीवर्गको अवकाश पछि प्राप्त हुने बदली काम समेत ठप्प भए पछि दार्जीलिङ पहाडको चिया पछि एकमात्र सरकारी उद्योग सिन्कोनाको भविष्य अन्धकार हुने सम्भावना समेत बडेको थियो। यस्तो डावाडोल परिस्थितिमा डा जीसी सुबाले सिन्कोना उद्योगमा निर्देशकको पदभार ग्रहण गरेपछि नै सम्पूर्ण बन्द अवस्थामा रहेको बदली कार्य, पदोन्नती हुने कार्य सुचारु बडेको थियो। यसको साथै तिनले सिन्कोना बगानमा धेरै बर्षसम्म कुनै बिक्री समेत नभएको सिन्कोना बोक्राहरुलाई बिक्री गरेर सिन्कोना बिभागमा घाटा पूर्तिको निम्ति महत्वपूर्ण भूमिका निभाएका थिए। तिनको योगदानलाई मान्यता दिदै जीटीएले यस नया पदमा नियुक्ति गरेको जीटीए सूत्र मार्फत जानकारी प्राप्त भएको छ।
डा राईलाई राज्य सरकारको फुड प्रोसेसिंग इन्ड्स्ट्रिज, हर्टिकल्चर बिभागको सिन्कोना निर्देशालयको निर्देशकको पदमा नियुक्त गरेर् गोक्षेप्रको सहमतीमा सिन्कोना एंव अन्य औषधिय पौधाहरुका निर्देशालयको निर्देशकको पदमा पनि नियुक्ति दिएको छ।
0 Response to "डा जी सी सुब्बा गोक्षेप्र सिन्कोना,हर्टिकल्चर बिभाग प्रमुख तक्निकी सल्लाहकार पदमा नियुक्त"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.