-->
बिधायक कोषबाट निर्माण हुने घरमा धाँधली हुँदैछ – तृणमूल

बिधायक कोषबाट निर्माण हुने घरमा धाँधली हुँदैछ – तृणमूल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 दिसम्बर 2013। आर्थिक बिपन्न परिवारहरुका निम्ति बिधायक कोषबाट निर्माण हुने घरमा धाँधली भएको तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। 
टिस्टा तृणमूल कङ्ग्रेसका संयोजक् संजोक गुप्ताले आरोप लगाउँदै भने – ‘बिधायक कोषबाट निर्माण हुने घरमा ठेकेदारहरुले घोटाला गरेको छ। जसको कारण गरिब परिवारका मानिसहरुको घर गुणस्तरिय निर्माण हुन सकेको छैन”। तिनी आज टिस्टा ग्राम पञ्चायत अधिनस्थ डीआई फण्ड क्षेत्र निवासी विष्णुमाया छेत्री, रेखा छेत्री अनि मिनु प्रधानलाई लिएर उनीहरुको समस्या राख्न महकुमा अधिकारी के राधिका आय्यरलाई भेट गर्न आईपुगेका थिए। यस अवधी तिनले महकुमा अधिकारीलाई भेट गरेर उनीहरुको घर निर्माणको निम्ति बिभागीय पहल हुनपर्ने माग गर्दै एउटा ज्ञापन पत्र पेश गरे। 
मह्कुमा आधिकारीलाई भेटॅ गरेपछि पत्रकारहरुसंग कुराकानी गर्दै तिनले बिष्णुमाया छेत्रीको घर गत 3 अगष्टको दिन रुख ढलेर क्षतिग्रस्त भएको बताउँदै आजसम्म बिभागीय पहल नभएको आरोप लगाए। यता पिडीत बिष्णुमाया छेत्रीले पत्रकारहरुसंग कुराकानी गर्दै पञ्चायतलाई आवेदन गर्दा समेत कुनै पहल नगरेको गुनासो प्रकट गरिन। अर्कोतिर, पीडिता मिना प्रधानले भने आजसम्म भुकम्पले नोक्सान पुऱ्याएको आफ्नो घरको क्षतिपुरण पाउन नसकेको गुनासो व्यक्त गरेकी छन्। 
‘पञ्चायतले दशचोटी फोटो खिचेर लान्छ तर, आजसम्म साहुलियतहरु भने दिएको छैन।‘ – पीडिता प्रधानले यसरी पञ्चायतको पोल खोलिन्। यता तृणमूल नेता संजोक गुप्ताले भने सम्पूर्ण समस्याहरुको मुख्य जड नै गोजमुमो रहेको आरोप लगाए। 
तिनले हाल टिस्टामा बिधायक कोषबाट सातवटा घर निर्माण भईरहेको बताउँदै पिडीतहरुको घर निर्माण किन भएन भन्ने प्रश्न उठाए। तिनले उक्त बिधायक कोषबाट निर्माणॅ भईरहेको घरहरुमा आर्थिक हिनामिना भएर घर निम्नस्तरको निर्माण गरिरहेको अझ आरोप लगाएका छन।

0 Response to "बिधायक कोषबाट निर्माण हुने घरमा धाँधली हुँदैछ – तृणमूल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.