-->
छेवाङ भोटिया निर्दलीय रुपमा चुनवा लड्ने

छेवाङ भोटिया निर्दलीय रुपमा चुनवा लड्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 मार्च। दार्जीलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका सचिव छेवाङ भोटियाले दलको निर्णयलाई विरोध गर्दै निर्दलीय उम्मेद्वारका रूपमा चुनाउ लड्ने निर्णय लिएका छन्। उनले निर्दलिय प्रार्थीको रूपमा चुनाव लड्ने घोषणा सँगै आज नामङ्कन पत्रको फारम निकालेका छन्। 
तृणमूल कङ्ग्रेसले कालेबुङमा जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीलाई समर्थन गर्ने घोषणा गरेपछि छेवाङ भोटियाले पार्टीको निर्णय विरूद्ध निर्दलीय प्रार्थीको रूपमा चुनाव लड्ने घोषणा गरेका हुन्। पार्टीको दार्जीलिङ जिल्ला युवा सचिवको पदमा रहेका भोटियाको दलविरोधी निर्णय आएपछि अहिलेघरि पार्टीभित्र नै अन्योलताको स्थिति सृजना भएको छ। 
आज नामाङ्कन-पत्रको फारम निकाल्न महकुमा अधिकारी कार्यालय आइपुगेका भोटियाले पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङका तृणमूल कङ्ग्रेस युवा कार्यकर्ताहरूको दबावको कारण नै आफूले स्वतन्त्र रूपमा चुनाउ लड्ने निर्णय लिएको बताए। भोटियाले भने, कालेबुङबाट आफ्नै उम्मेद्वार हुनपर्ने तृणमूलका युवा कार्यकर्ताहरूको आकांक्षा रहेको कारण नै मैले स्वन्त्र प्रार्थीका रूपमा चुनाउ लड्ने निर्णय लिएको हूँ। पार्टीभन्दा स्थानीय युवाहरूको आकांक्षा ठूलोकुरा हो। 
उनी अनुसार जनआन्दोलन पार्टीसित अहिलेसम्म कुनै सम्पर्क भएको छैन। यदि जापले बात गर्नचाहे दैलो खुल्ला रहेको उनले बताए। यस समबन्धमा पार्टी हाइकमाण्डसित पनि कुरा भइरहेको भन्दै उनलाई पार्टीगत् रूपमा कार्यवाही भएको खण्डमा आफू त्यसको निम्ति पनि तयार रहेको भोटियाले सङ्केत दिएका छन्। 
आगामी दिनमा पार्टीबाट दवाब भए नामाङ्कन फिर्ता लिनसक्ने स्थितिमाथि प्रश्न गर्दा उनले समयअनुसार नै ठोस् पद्क्षेप लिने बताए। 
अर्कोतिर भोटियाको निर्णयलाई लिएर तृणमूल कङ्ग्रेस दार्जीलिङ जिल्ला समितिका सचिव बिन्नी शर्मासित प्रश्न गर्दा उनले निर्दलीय चुनाव लड्ने कुरा भोटियाको मनदुखाइ मात्र रहेको बताए। उनले भने, छेवाङ भोटियाले दलको विरोध गरेका छैनन्। पार्टीको हाइकमाण्डको निर्णय अनुसार तृणमूल कङ्ग्रेसले कालेबुङबाट जापलाई नै समर्थन गर्छ। 
छेवाङ भोटियाले जुन निर्णय लिए त्यो उनको एकल निर्णय हो अनि यसबारे पार्टीसित बात भएको छैन। यो पार्टीभित्रको कुरा रहेका कारण दलगत् रूपमा नै यसको समाधान निकालिने शर्माले बताए। दलको विरूद्धमा गएको कारण भोटियालाई अनुशासन कार्यवाही गर्नेसक्ने स्थितिमाथि प्रश्न गर्दा उनले यस्तो स्थिति आउनअघि नै समस्याको समाधान हुने कुरा आश्वस्त गराएका छन्। 
एक प्रश्नको उत्तरमा उनले अझ भने, तृणमूल नेत्री ममता ब्यानर्जीले कालेबुङमा जापलाई समर्थन गर्ने घोषणा गरिन्। तर तृणमूल अनि जापका स्थानीय नेतृत्वहरूमाझ भने अहिलेपनि तालमेलको अभाव छ। आजसम्म हामीमाझ कुनै सम्पर्क भएको छैन। हाइकमाण्डले मात्र निर्णय गरेर हुँदैन, ग्रासरूटमा काम हुनुपर्छ। शर्माले अहिलेसम्म तृणमूल अनि जापमा सम्पर्कको कमि देखापरिरहेको भएपनि चाँडै जापसित सम्पर्क बनाएर संयुक्त रूपमा चुनाउको योजना र रणनीति तय गरिने कुरामा आफू आश्वस्त रहेको बताए।

Related Posts

0 Response to "छेवाङ भोटिया निर्दलीय रुपमा चुनवा लड्ने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.