-->
डा. हर्कबहादुर छेत्रीले आगामी 26 मार्चको दिन नामाङ्कन पत्र भर्ने

डा. हर्कबहादुर छेत्रीले आगामी 26 मार्चको दिन नामाङ्कन पत्र भर्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 22 मार्च।  जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आगामी 26 मार्चका दिन नामाङ्कन पत्र-दर्ता गर्न सक्ने सम्भावना रहेको छ। यसबारे जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य युसुफ सिमिकले बताएका हुन्। 
आगामी केहीदिनभित्र नै जाप सर्वोच्च समितिको बठैक गरेपछि नै नामाङ्कन-पत्र दर्ता गर्ने मीति तय गरिने भएको सिमिकले पत्रकारहरूलाई जानकारी दिए। चुनावको मिति तय गरिनुको साथै जापले चुनावी घोषणा पत्र पनि सार्बजनिक गर्ने भएको छ। उनले जापको मेनिफेस्टोमा कालेबुङ जिल्लाको मुद्दालाई पहिलो प्राथमिकता दिनका साथै विभिन्न विकासमूलक मुद्दाहरू उठान गरिने बताएका छन्। 
यसमध्ये पनि कालेबुङ जिल्ला गठन र पञ्चायत चुनाउको मुद्दा प्रमुख रहने समिकले बताएका छन्। सिमिकले भने, 2005 देखि पहाडमा पञ्चात चुनु हुननसकेको कारण पहाडका ग्रामीण क्षेत्रका मानिसहरू विकासका मूलभूत सुविधाहरूदेखि पनि वञ्चित छन्। यसैले पञ्चायत चुनाउ हनुपर्छ भन्ने पार्टीको टेक छ। यद्यपि पार्टी सर्वोच्च नीति निर्धारण समितिले अन्तिम निर्णय लिएपछि नै पञ्चायत चुनाउ सम्बन्धी दलीय अडान स्पष्ट हुने सिमिकले बताए। 
अर्कोतिर उनले कालेबुङ जिल्ला गठन जापको प्रमुख मुद्दा रहने बताए। सिमिकले आफ्नो सम्बोधनमा मोर्चाको नाम उल्लेख नगरी जिल्ला गठनलाई लिएर मानिसहरूमा भ्रम फैलाइरहेको आरोप लगाए। उनले भने, एकातिर कालेबुङ जिल्ला गठन हुनसक्दैन भनिरहेको छ भने अर्कोतिर जिल्ला गठनको मुद्दा चुनावी मेनिफेस्टोमा हालेर जिल्ला हुनुपर्छ भन्दैछ। यस्तो दोधारे कुरा गरेर मानिसहरूलाई भ्रममा पार्ने काम भइरहेको सिमिकले आरोप लगाए। 
यसरी नै कालेबुङमा तृणमूल कङ्ग्रेसले जापलाई समर्थन गर्ने कुराको विरोध गर्दै तृणमूल दार्जीलिङ जिल्ला युवा सचिव छेवाङ भोटियाले निर्दलीय प्रार्थीका रूपमा चुनाउ लड्ने घोषणा गरेको र् तृणमूल प्रार्थीका रूपमा लड्ने तय गरेको कारण कालेबुङबाट मोर्चा विरोधी भोट बिग्रिनसक्ने स्थिति रहेको अनि यसको सोझो प्रभाव जापलाई पर्नसक्ने अवस्थामाथि प्रश्न गर्दा सिमिकले भने, गणतान्त्रिक देशमा कसैले पनि चुनाउ लड्नसक्छन्। 
छेवाङ भोटियाले चुनाउ लड्दा भोट बिग्रिन्छ भन्नेकुरामा हामी विश्वास गर्दैनौँ भने। चुनावमा जनताले भोट हाल्न भन्दा अघि उम्मेद्वारको योग्यता र मुद्दाहरू हेरेर नै आफ्नो मताधिकारको प्रयोग गर्ने बताए।अर्कोतर्फ सिमिकले कालेबुङबाट गोजमुमो प्रार्थी सरिता राई, कामाकपा प्रार्थी किशोर प्रधान अनि निर्दल प्रार्थी छेवाङ भोटियालाई अग्रिम बधाई दिएका छन्।

0 Response to "डा. हर्कबहादुर छेत्रीले आगामी 26 मार्चको दिन नामाङ्कन पत्र भर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.