गोजमुमो प्रार्थी सरिता राईले नामाङ्कन पत्र दर्ता गरिन्
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 22 मार्च। गोर्खा जनमुक्ति मोर्चाका प्रार्थी सरिता राईले आज निर्धारित समय अनुसार 11 बजेर 19 मिनट जाँदा कालेबुङ विधानसभा क्षेत्रबाट नामङ्कन पत्र दर्ता गरेकी छन्। यस अवसरमा मोर्चा प्रार्थी सरिता राईको समर्थनमा गोर्खा जनमुक्ति मोर्चाका समर्थहरू धेरै मात्रमा भेला भएका थिए।
गोजमुमो महकुमा कार्यलयमा प्रार्थी सरिता राईको समर्थनमा कालेबुङका अधिकांश सभासदवर्ग अनि समर्थकहरू भेला भएर सोझै भीडको साथ महकुमा अधिकारीको कार्यलयमा पुगेको थियो। त्यसपछि पार्टीको निर्धारित समय अनुसार प्रार्थी सरिता राईले चुनाव अधिकारीलाई आफ्नो नामाङ्कन पत्र दर्ता गरिन्। नामाङ्कन पत्र दर्ता गरेपछि निस्केका गोजमुमो प्रार्थी सरिता राईले यसपालिको विधानसभा चुनावको निम्ति आफू पूर्णरूपले तयार रहेको बताउँदै आफ्नो जित निश्चित हुने कुरामा रहेको दाबी गरिन्।
उनले आफ्नो नामाङ्कन पत्र दर्ता गरिसकेपछि पार्टी कार्यकर्ताहरूले जोडदार नाराबाजीको साथमा स्वागत गर्दै पार्टी कार्यलयसम्म एउटा जुलुस नै निकालेको थियो। यसै अवसरमा मोर्चा प्रार्थी सरिता राईले पत्रकारहरूलाई सम्बोधन गर्दै जाप प्रार्थी डा. हर्कबहादुर छेत्रीलाई आफूले कुनै कडा प्रतिद्वन्दिको रूपमा नहेरेको बताएकी छन्।
‘गोजमुमो पार्टीको पक्षबाट प्रार्थीको रूपमा नामाङ्कन पत्र दर्ता गरेपछि अब आफैलाई जनताको हितमा धेरै काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गरेकीछु’ सरिता राईले भने।
गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बढाएर लगिरहेको कारण यस चुनाव पनि गोर्खाल्याण्डकै मुद्दामा लडिरहेको प्रार्थी सरिता राईले बताएकी छन्।
0 Response to "गोजमुमो प्रार्थी सरिता राईले नामाङ्कन पत्र दर्ता गरिन्"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.