-->
विश्व मधुमेह दिवस पालन

विश्व मधुमेह दिवस पालन

Dr Vishwanath DM Kalimpong addresses the programme at Kalimpong Science Centre
डी के वाइबा, कालिमन्युज,  कालेबुङ 14 नोभेम्बर। दार्जीलिङ कृषी विज्ञान केन्द्र अनि कालेबुङ विज्ञान केन्द्रको संयुक्त आयोजनामा विश्व मधुमेह दिवस पालन गरिएको छ। कालेबुङ विज्ञान केन्द्रको प्रेक्षाग़ृहमा आयोजित विश्व अमधुमेह दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा जिल्लापाल डा. विश्वनाथ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा रामलाल दाहाल उच्च विद्यालयका प्रधानाध्यापक पावल सिमिक रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बीबी गुरूङले स्वागत भाषण राखेका थिए।
कार्यक्रममा कालेबुङ जिल्ला अस्पतालका चिकित्सकवर्ग क्रमैले डा. सुनीलकुमार सिंह अनि डा. प्रसनजीत विश्वासले मधुमेह रोगमाथि वार्ता प्रस्तुत गरेका थिए। डा. सुनीलकुमार सिंहले होमियोप्याथीद्वारा मधुमेह रोगमा गरिने उपचारमाथि आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने डा. प्रसनजीत विश्वासले एलोप्याथीद्वारा मधुमेह रोगमा हुने रोकथाम अनि यस रोगद्वारा शरीरमा हुने नकारात्मक प्रभाव विषयमाथि जानकारी गराएका थिए। कार्यक्रममा हिमालयन योग संस्थानका योग एवं नेचरोप्याथी विशेषज्ञ डा.समिर घोषले योगा एवं प्राकृतिक चिकित्सा शास्त्रद्वारा मधुमेह रोग रोकथाममाथि वार्ता प्रस्तुत गरे।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दार्जिलिङ कृषि विज्ञान केन्द्रका सुब्रत मान्नाले जीवन कसरी रोगमुक्त बन्न सकिन्छ भन्ने विषयमाथि जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न स्थानबाट मधुमेहरागीहरुको उपस्थिति रहेको थियो। यता मधुमेह दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जिल्लापाल डा. विश्वनाथले रोगमुक्त जीवन कसरी जीवन सकिन्छ भन्ने विषयमा मानिसहरू सचेत बन्न पर्ने आह्वान गरे।
अर्कोतर्फ यता बाल दिवसको अवसरमा कालेबुङ विज्ञान केन्द्रमा नवनिर्मित सेमी डाइनमिक न्युक्लियर मोडलको विधिवत उद्घाटन गरिएको छ। कालेबुङ जिल्लापाल डा.विश्वनाथले उक्त उद्घाटन गरेका हुन्। यसबारे केन्द्र प्रमुख डा. बीबी गुरूङले उक्त मोडल न्युक्लियर पावर प्लान्ट कर्पोरेसन आफ इन्डिया, भारत सरकारद्वारा विद्यार्थीहरूमा न्युक्लियर एनर्जीमाथि अवगत गराउनका साथै उनीहरूलाई अध्ययन र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कालेबुङ साइन्स सेन्टरलाई प्रदान गरिएको जानकारी गराए। 

0 Response to "विश्व मधुमेह दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.