-->
गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले दिल्लीमुखी कार्यक्रम गर्ने

गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले दिल्लीमुखी कार्यक्रम गर्ने

Dawa Pakhrin
डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 अक्टोबर। गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले दिल्लीमुखी कार्यक्रमको घोषणा गरेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा गोरानिमोले दिसम्बर महिनामा दिल्लीमा विविध कार्यक्रमहरू गर्ने पार्टीका अध्यक्ष दावा पाख्रिनले घोषणा गरेका छन। 
 उनले आज एक पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले आगमी नोभेम्बर महिना जनसभा गर्नुको साथै दिल्ली दिसम्बर महिना धर्ना दिने घोषणा गरेका छन। 
 ‘गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गठन भएको एकमात्र पार्टी हो। अब हामी हाम्रो कार्यक्रमलाई अघि बढाउनेछौँ। जनताले धैर्य गर्नुपर्नेछ अनि गोर्खाल्याण्ड ल्याउने दललाई सहयोग गर्नुपर्छ’ दावा पाख्रिनले भने। भारतीय गोर्खाहरूको अस्तित्वको सङ्कटलाई केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्न सक्ने दाबी गर्दै अन्य राजनैतिक दलहरूले गोर्खाल्याण्डको मुद्दा भुलीसकेको आरोप लगाए। 
यसक्रममा उनले गोजमुमो पार्टीले पनि गोर्खाल्याण्ड भुलेको बताउँदै जिटिए गोर्खाल्याण्डको बाधक हो समेत भने। ‘सुनामी नै आए पनि जनता थाक्नु हुँदैन। हामी गोर्खाल्याण्ड ल्याएर मात्र बिसाउनेछौँ। यसको निम्ति हामीले दिल्लीमुखी कार्यक्रम तय गरिसकेका छौँ’ दावा पाख्रिनले अझ भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा जन आन्दोलन पार्टीले दार्जिलिङमा आयोजना गरेको जनसभाबाट डा. हर्कबहादुर छेत्रीले असभ्य भाषा प्रयोग गरेको बताउँदै क्षोभ समेत व्यक्त गरेका थिए।

0 Response to "गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले दिल्लीमुखी कार्यक्रम गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.