-->
घोषणा गरेको 24 घण्टा नबित्दै उत्तर बङ्गाल विकास परिषदको उपाध्यक्ष पदबाट राजीनामा दिए डा. छेत्रीले

घोषणा गरेको 24 घण्टा नबित्दै उत्तर बङ्गाल विकास परिषदको उपाध्यक्ष पदबाट राजीनामा दिए डा. छेत्रीले

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेससँग दुरी बनाइसकेको जन आन्दोलन पार्टीले अझै आफ्नो दुरुत्व बढाएर लगेको छ। जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले मिरिकबाट उत्तर बङ्गाल बिकास परिषदको उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेपछि आज उनले उक्त पदबाट औपचारिक राजीनामा दिएका छन्। 
जाप अध्यक्ष डा. छेत्रीले आज आफ्नो पदबाट राजीनामा दिएको पत्र उत्तर बङ्गाल विकास परिषदका अध्यक्ष गौतम देवलाई पठाएका छन्। तृणमूल सरकार राज्यमा दोस्रो चोटि आएपछि सरकारले नै मनोनित गरेको पदबाट जाप अध्यक्ष डा. छेत्रीले नगरपालिका चुनावको मुखैमा राजिनामा दिएर ठूलै राजनैतिक गोटि पनि अघि सारेका छन्। 
नगरपालिका चुनावमा तृणमूल कङ्ग्रेससँग चारवटै नगरपालिकामा जापले गठबन्धन नगरेर स्वतन्त्र रुपले चुनाव लड्ने घोषणा पछि जाप अनि तृणमूलमा दुरुत्व निकै बढेर गएको थियो। यस्तो अवस्थामा डा. छेत्रीले उत्तर बङ्गाल विकास परिषदको पदबाट राजीनामा दिनुले चुनावी मौसममा निक्कै महत्व बोकेको छ।
डा. छेत्रीले आज सरकारले दिएको पदबाट राजीनामा दिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै राजीनामा दिनुको कारण पनि स्पष्ट पारेका छन्। मैले उपाध्यक्ष पदमा बसेर यदि जनताको निम्ति केहि कार्य गर्न सकिन भने त्यस पदमा बस्ने आवश्यक्ता नै छैन। म जनताको निम्ति कार्य गर्न चाहन्छु। उत्तर बङ्गाल विकास परिषदको उपाध्यक्ष पदमा बस्दा पनि मलाई कुनै पनि जनताको निम्ति कार्य गर्न दिएन। यसर्थ मैले त्यस पदबाट राजीनामा पत्र दिएको हुँ’ डा. छेत्रीले भने। यदि कुनै पदमा बसेर त्यस पदलाई प्रयोग गर्न नै दिँदैन भने त्यस पदमा बस्नुको औचित्य नै नरहने पनि डा. छेत्रीले बताएका छन्। 
‘हर्कबहादुर छेत्री काम गर्न नसक्ने ठाउँमा नाउँको निम्ति बस्ने मान्छे होइन। काम गर्न त दिइएन नै उल्टै मलाई नै सरकारको ओहोदामा बसेर सरकारको विरोध गर्ने व्यक्ति भन्दै तृणमूलका नेताहरूले लाञ्छना लगाउने कार्य गर्दैछन्। त्यस्तो पदमा बस्नु भन्दा निस्कनुनै ठिक लागेर राजीनामा दिएको हुँ’ डा. छेत्रीले अझ भने। 
उनले दिएको राजीनामा पत्रमा विकास परिषदबाट पहाडमा भएको विकास कार्यहरुबारे समेत जानकारी नदिएको आरोप लगाएका छन्। यदि सरकारले विकासकै निम्ति त्यस पदमा राखेको हो भने उनलाई विकास कार्यबारे जानकारी अथवा विकास कार्यका निम्ति परामर्श लिने कार्य हुनपर्ने बताउँदै त्यस्तो कार्य समेत नभएको जानकारी दिएका छन्। 

Related Posts

0 Response to "घोषणा गरेको 24 घण्टा नबित्दै उत्तर बङ्गाल विकास परिषदको उपाध्यक्ष पदबाट राजीनामा दिए डा. छेत्रीले"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.