-->
मृतक ट्रिजा राईले न्याय पाउनुपर्ने मागमा राष्ट्रिय राजमार्ग बन्द

मृतक ट्रिजा राईले न्याय पाउनुपर्ने मागमा राष्ट्रिय राजमार्ग बन्द

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। तारखोला निवासी ट्रिजा राईको दिल्लीमा भएको मृत्युलाई लिएर आज पिढीत परिवारलाई साथ दिँदै गाउँलेहरूले राष्ट्रिय राजमार्ग 10 बन्द गर्दा स्थिति निकै तनावपूर्ण बनेको थियो। 
मृतक ट्रिजा राईको पार्थिव शरिरलाई अन्तिम संस्कारको निम्ति घरबाट निकालेपछि गाउँलेहरूले राष्ट्रिय राजमार्ग 10 मा नै पार्थिव शरीर राखेर राजमार्ग बन्द गरेको हो। न्यायको माग गर्दै गाउँलेहरूले एकाएक राष्ट्रिय राजमार्ग बन्द गरेर विरोध प्रदर्शन गर्न थालेपछि स्थिति निक्कै तनावपूर्ण बनेको हो। यसक्रममा गाउँलेहरूले न्यायको मागमा जोडदार नाराबाजी लगाउँदै प्रशासनले दोषीहरूलाई प्रकाऊ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरेका थिए। 
केहिदिन अघि कालेबुंग जिल्ला अधिनस्थ तारखोला निवासी ट्रिजा राईको दिल्लीमा सन्देहजनक अवस्थामा मृत्यु भएपछि उनको पार्थिव शरीर आज घरबाट निकालिएको थियो। सोहिक्रममा एका-एक गाउँलेहरूले राष्ट्रिय राजमार्ग बन्द गरेर न्यायको माग गरेपछि राष्ट्रिय राजमार्ग 10 लगभग ढेड घण्टासम्म बन्द रहेको थियो। पिढीत परिवारले न्याय पाउनुपर्ने मागमा राजमार्ग बन्द गरेपछि राजमार्गमा वाहनहरूको लामेताँत जाम लागेको थियो। पछिबाट रम्फु थानाबाट पुलिस प्रशासन घट्ना स्थलमा आएर राजमार्ग बन्द फिर्ता लिने अपिल गरेपछि गाउँलेहरूले बन्द फिर्ता लिएका थिए। 
यसैक्रममा मृतक ट्रिजा राईको पार्थिव शरिलाई लिएर दिल्लीबाट आएकी सामाजिक कार्यकर्ता एवम् अधिवक्ता बन्दना राईले पिढीत परिवारलाई न्याय दिलाउन दिल्लीमा सम्पूर्ण गोर्खा सामाजिक कार्यकर्ताहरू एकबद्ध बनेर अघि आएको जानकारी दिएका छन्। 
‘हामीले भारतभरी नै विभिन्न स्थानमा गोर्खा चेलीहरू माथि हुने गरेको अत्याचारको विरोधमा न्यायको निम्ति लडाई लड्दै आएका छौँ। पहाडमा रोजगारको अवसर नभएको कारण ट्रिजा राई होटल म्यानेजमेन्ट गरेर दिल्लीमा कार्य गर्न गएकी थिइन्। दिल्लीमा उनको परिचय हिमाचाल प्रदेशका एक् युवकसँग भएको थियो। त्यसपछि उनीहरू सँगै बसोवास गर्न लागे। यसैबीच अचानक ट्रिजाको आत्महत्या गरेर मृत्यु भएको खबर हामीले पायौ। तर मृत्यु आत्महत्या नभएको शंका गरिएपछि त्यस आरोपितलाई सजाय दिलाउनका निम्ति कार्य गरिरहेका छौँ’ बन्दना राईले भनिन्। उनको हत्या नै गरिएको बन्दना राईले दाबी गरेकी छन्। 
‘मृत्यु भएको अघिल्लो दिन ट्रिजा राईले आफ्ना दाजुसँग पनि फोनमा बात गरेकी थिइन्। त्यसबेला सम्म उनी राम्रै थिइन। अचानक भोलिपल्ट उनले आत्महत्या गरेको जानकारी पायौँ’ बन्दना राईले भनिन। ‘यो आत्महत्या होइन हत्या हो। उनको शरिरको विभिन्न भागहरूमा चोट लागेको छ। त्यहीँ चोटहरूले उनले आत्महत्या गरेको होइन तर हत्या भएको हो भन्ने प्रमाणित गर्छ’ बन्दना राईले। उनले घट्नाको तिव्र विरोध गर्दै दोषीहरूलाई सजाय दिनका निम्ति प्रशासनले सही कार्वाही गर्नुपर्ने पनि माग गरेकी छन्। ‘हामी यस्तो कुकार्यको घोर विरोध गर्छौँ अनि अपराधीले कठोर सजाय पाउनुपर्छ भन्ने माग गर्छौँ। हामी दिल्लीको गृह मन्त्रालयलाई पनि यस मुद्दालाई गम्भिरतासँग लिएर जाँच गर्ने माग गर्छौँ अनि हामी न्यायको निम्ति कानुनी लडाई लड्नेछौँ’ बन्दना राईले भनिन्। 
यसक्रममा उनले न्यायको निम्ति आवश्यक परे गृहमन्त्रालयमा धर्ना दिने समेत चेतावनी दिएकी छन्। ‘हामी न्यायको निम्ति दिल्लीको सडक पनि बन्द गर्नेछौँ। जन्तर मन्तरमा धर्ना दिनेछौँ। अनि आवश्यक परे गृह मन्त्रालय अघि पनि धर्ना दिनेछौँ’ बन्दना राईले अझ भनिन्। 
यता मृतक ट्रिजा राईका पिताले पनि घट्नाको निन्दा गर्दै न्यायको माग गरेका छन्। ‘जुन घट्ना भयो यो मेरो परिवारका निम्ति मात्र होइन तर गोर्खाहरूलाई नै अत्याचार भएको हो भन्ने ठान्दछु। भविष्यमा यस्तो कार्य हुन नदिनमा प्रसासनले कठोर कार्य गरेर दोषिलाई सजाइ दिओस भन्ने माग गर्छु’ मृतक राईका पिताले भने।

Related Posts

0 Response to "मृतक ट्रिजा राईले न्याय पाउनुपर्ने मागमा राष्ट्रिय राजमार्ग बन्द"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.