-->
चुनाव आचार संहिता भङ्ग गरेको आरोपमा चार युवक पक्राऊ.....पक्राऊको विरुद्धमा दोकान पाट बन्द

चुनाव आचार संहिता भङ्ग गरेको आरोपमा चार युवक पक्राऊ.....पक्राऊको विरुद्धमा दोकान पाट बन्द

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। कालेबुङ पुलिसले आज चारजना युवकलाई चुनाव आचार संहिता भङ्ग गरेको आरोप पक्राऊ गरेको छ। कालेबुङको टाउन हल नजिकबाट पुलिसले रु अस्सी हजार नगद राशी सहित बोलेरो वाहन डब्ल्यु बी.74 AL-0132 बाट पक्राऊ गरेको हो। 
पक्रा पर्नेहरूमा क्रमैले कमल अग्रवाल, प्रतिक शर्मा, तपन खवास अनि वाहनका चालक कुर्बान अलिलाई रहेका छन। 
वाहनलाई रोकेर पुलिसले तलासी लिने क्रममा नगद् राशी रु 80 हजार फेला पारेपछि पक्राऊ गरेको हो। चुनाव आचार संहिताको उल्लंघन गरेर उनीहरूले अधिक नगद राशी बोकेको आरोपमा पुलिसले चारजनालाई नै पक्राऊ गरेको हो। पक्रा पर्नेहरू विरुद्ध भारतीय दण्ड संहिताको खण्ड् 9 अन्तर्गत धारा 171(ई) घुस दिने कार्यमा दोषी, (एफ) चुनावमा प्रलोभन देखाउने कार्य (एच) चुनावको समयमा अवैधानिक पैसा वितरण गर्नु अनि धारा 188 सरकारद्वारा लगाइएका नियमलाई उल्लंघन गर्नु जस्ता आरोपमा पक्राऊ गरेको छ। 
यता पुलिसले चुनाव आचार संहिता उल्लंघन गरेको आरोपमा चारजनालाई पक्राऊ गरेको सन्दर्भमा कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले यसको पुष्टि गरेका छन्। मोडल कोड अफ् कण्डक्ट् हेर्ने अनि चुनाव आचार संहिताबारे हेर्ने क्रममा पुलिसले वाहनलाई रोकेर जाँच्दा वाहनबाट रु 80 हजार् नगदराशी फेला परेको हो। त्यसबेला उनीहरूलाई पैसा सम्बधमा सोधखोज गर्दा सन्तोषजनक उत्तर दिन सकेनन्। त्यसैको आधारमा त्यस पैसालाई चुनावको समयमा मतदाताहरूलाई लोभ्याउन प्रयोग गर्नका निम्ति लगेको आधारमा पक्राऊ गरिएको हो’ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भने। यसबारेमा उनले उनीहरूलाई लगाइएका मुद्दाहरूबारे पनि जानकारी दिएका हुन्।
यता पुलिसले चारजना युवकलाई पक्राऊ गरेपछि उनीहरूका आफन्तजनहरू कालेबुङ थानामा भेला भएका थिए। यसका साथै एकपछि अर्को गर्दै थानामा व्यापारी समुदायका मानिसहरू भेला भएका थिए। पछिबाट पुलिसले उनीहरूलाई पक्राऊ गरेर कानुनी कार्वाही अघि बढाएपछि यता आनन्द गर्गले भने कि ‘पुलिसले रु 80 हजार रुपिया बोकेको सम्बन्धमा पक्राऊ गरेको छ। उक्त पैसा एउटा कार्यमा काम गर्दै गर्ने मजदुरवर्गलाई वेतन दिनका निम्ति लगिने क्रममा पक्राऊ गरेको हो। यसबारे हामीले प्रशासनलाई जानकारी दिँदा पनि कानुनी कार्वाही गरेको छ’ । 
‘चुनाव आचार संहिता भङ्ग गरेको आरोपमा उनीहरूलाई पक्राऊ गरेपनि ठूलो अपराध गरेको हामीलाई लागेको छैन। हामीले घट्नापछि व्यापारी सङ्गठन माझमा वैठक गर्‍यौँ। किनभने पक्रा पर्ने व्यक्ति व्यापारी समुदायसँग सम्बन्धित छन्’ आनन्द गर्गले भने। पक्राऊ पर्नेहरू विरुद्ध कानुनी कार्वाही सुरु भएपछि साँझ हुन अघि नै यता व्यापारी समुदायले शहरमा दोकान बन्दको आह्वान गरेपछि एकपछि अर्को गर्दै सम्पूर्ण दोकान पाट बन्द भएको थियो। 
यसक्रममा व्यापारी समुदायका मानिसहरूले पुलिस प्रशासनको विरुद्धमा शहरमा एउटा अघोषित जुलुस समेत निकालेका थिए। केहिक्षणमा नै शहरमा दोकानपाट बन्द हुन थालेपछि शहरको वातावरण तनावपूर्ण बनेको थियो। यद्यपी कुनै अप्रिय घट्ना भने घट्न पाएन।

Related Posts

0 Response to "चुनाव आचार संहिता भङ्ग गरेको आरोपमा चार युवक पक्राऊ.....पक्राऊको विरुद्धमा दोकान पाट बन्द"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.