-->
मेलामा भएको दुर्घटनालाई लिएर सर्वदलिय बैठक सम्पन्न अबउसो मेलाग्राउण्डमा स्थायी मेला लगाउने नपाउने

मेलामा भएको दुर्घटनालाई लिएर सर्वदलिय बैठक सम्पन्न अबउसो मेलाग्राउण्डमा स्थायी मेला लगाउने नपाउने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 अक्टोबर। कालेबुङ मेला ग्राउण्डमा आयोजित दशेरा मेलामा घुमीरहेको रोटेपिङको एउटा डब्बा अचानक झरेर तीनजना घाइते बनेको घट्नालाई केन्द्र गरेर आज कालेबुङ महकुमा अधिकारीको कार्यलयमा सर्वदलिय बैठक सम्पन्न भएको थियो। 
कालेबुङ महकुमा अधिकारी निर्मलय घरामीले डाकेको सर्वदलिय बैठकमा कालेबुङका विधायक श्रीमती सरिता राई, जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्री, माकपा नेता तारा सुन्दास, गोजमुमो सभासद आर.बी भुजेल, कङ्ग्रेस पार्टीका दिलीप प्रधान, तृणमूल कङ्ग्रेसका ढेण्डुप भोटिया आदि उपस्थित रहेका थिए। 
दशेरा मेलामा भएको दुर्घटनालाई केन्द्र गरेर् आयोजना गरिएको सर्वदलिय बैठकमा अब उसो कालेबुङ मेला ग्राउण्डमा व्यवसायिक मेला आयोजना गर्न नपाइने सर्वसहमतिले प्रस्ताव पारित गरेको छ। यसबारे कालेबुङ महकुमा अधिकारी निर्मलय घरामीले सर्वदलिय बैठकमा पारित प्रस्तावलाई दार्जिलिङ जिल्ला अधिकारीलाई पठाएर अन्तिम रूप दिइने बताएका छन्। 
‘मेला ग्राउण्डमा व्यवसायिक मेला आयोजना गर्नका निम्ति प्रतिबन्ध गर्नुपर्ने सर्वदलिय बैठकमा निर्णय गरिएको छ। त्यहाँ केवल शैक्षिक अनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न दिइनेछ। यसका साथै पञ्जिकृत संस्थाहरूलाई मात्र कार्यक्रम आयोजना गर्न दिइनेछ’ महकुमा अधिकारी निर्मलय घरामीले भने। 
सर्वदलिय बैठक समाप्त पछि पत्रकारहरूलाई सम्बोधन गर्दै जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले अबउसो मेला ग्राउण्डमा व्यवसायिक मेला आयोजना गर्न नदिने सर्व सहमतिले निर्यण लिएको जानकारी गराए। 
‘मेला ग्राउण्डमा शैक्षिक, सांस्कृतिक मेला बाहेक व्यवसायिक मेला आयोजना गर्न नदिने निर्णय गरिएको छ। शैक्षिक, सांस्कृतिक मेला आयोजना गर्दा पनि हप्ता दिनभन्दा धेर समय दिन नहुने निर्णय गरिएको छ’ डा. छेत्रीले भने। 
यसैक्रममा माकपा नेता तारा सुन्दासले कालेबुङको मेला ग्राउण्डमा मेला आयोजना भएको समयमा एकचोटी अग्निसमन विभागको वाहन आउँदा दुर्घट्ना घटेको स्मरण गर्दै मेला आयोजना गर्नेहरूले पूर्ण सुरक्षाको व्यवस्था गरिएको हुनपर्ने बताए। यसक्रममा उनले मेला आयोजना गर्नका निम्ति प्रशासनले पनि अनुमति दिनभन्दा अघि सुरक्षा व्यवस्थाको जानकारी लिएको हुनपर्ने बताएका छन्। 
अर्कोतर्फ तृणमूल कङ्ग्रेसका ढेण्डुप भोटियाले कालेबुङको मेला ग्राउण्डमा मेला आयोजना गर्नका निम्ति तत्कालिन कालेबुङ स्पोर्टस् एसोसिएसनले प्रतिबन्ध गर्ने माग गर्दै प्रस्ताव पारित गरेको अनि गोजमुमो अध्यक्षलाई समेत जानकारी गराएको बताउँदै सोहि अनुरूप केहि वर्ष मेला आयोजना समेत नभएको बताए। यद्यपी पछिबाट भने पुन: मेला आयोजना हुनथालेको बताउँदै मेला ग्राउण्डमा मेला आयोजना गर्नाले परिक्षाको समयमा विद्यार्थीवर्गलाई धेरै समस्या भएको बताए। 
अर्कोतर्फ कालेबुङ विधायिका श्रीमती सरिता राईले मेला ग्राउण्डको दुर्घट्नालाई दुखदायी बताउँदै शैक्षिक मेलाहरू बाहेक अब व्यवसायिक मेला आयोजना गर्नमा रोक लगाइएको जानकारी दिएका छन्। 
अर्कोतर्फ यता मेला ग्राउण्डमा भएको दुर्घट्नालाई लिएर मेला आयोजक पक्षबाट लवन सुब्बाले खेद प्रकट गर्दै उक्त दुर्घट्ना दुखदायी हो’ भने। उनले आयोजक पक्षले दुर्घट्नामा परेकाहरूलाई पूर्ण सहयोग गरेर स्वास्थ्य जाँच कार्यमा सहयोग गरिरहेको बताउँदै उनीहरूलाई स्वस्थ बनाउने जानकारी दिए। 
‘हामी बिरामीहरूको स्वास्थ्य जाँचमा सहयोग गर्नेछौँ। उनीहरू माथि भएको दुखदायी क्षणमा हामी पूर्णरूपले सहयोग गर्नेछौँ’ लवन सुब्बाले अझ भने। 
स्मरण् रहोस कालेबुङको मेला ग्राउण्डमा आयोजित दशेरा मेलामा सोमबार राती प्राय 7.40 बजे चलिरहेको रोटेपिङको एउटा खाली डब्बा झर्दा तीनजना घाइते भएका थिए। मानिसहरू सवार रहेको रोटेपिङमाथि खालि ड्ब्बा अचानक  झरेपछि दुर्घट्नामा परेर सिन्देबुङ निवासी सुरज रसाईली (21), डुङ्ग्रा निवासी सेवन लिम्बु (30) अनि त्रिपाई निवासी 13 वर्षिय मेखा तामाङ घाइते भएका छन्। दुर्घट्नामा परेर घाइते बनेकाहरूलाई तत्कालै कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको थियो भने महकुमा अस्पतालका स्वास्थ्य अधिकारीले उनीहरूको जाँच पछि सिलगडीको उब मेडिकल कलेज एवम् अस्पताल पठाएको थियो। 
घाइतेहरू मध्ये सुरज रसाईली अनि सेवन लिम्बुलाई रातीको समयमा नै सिलगडीको उब मेडिकल कलेज एवम् अस्पताल लगिएको थियो भने मेखा तामाङको स्वास्थ्य स्थिर रहेको कारण कालेबुङ महकुमा अस्पतालमा नै उपचाराधिन रहेकी छन्। हाल सिलगडी लगीएका दुईजना बिरामीहरूको अवस्थामा सुधार आएको थाहा लागेको छ।

0 Response to "मेलामा भएको दुर्घटनालाई लिएर सर्वदलिय बैठक सम्पन्न अबउसो मेलाग्राउण्डमा स्थायी मेला लगाउने नपाउने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.