-->
डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई दुर्व्यवहार गरेको आरोप ...... घट्नालाई लिएर डा. छेत्रीले मागे माफी

डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई दुर्व्यवहार गरेको आरोप ...... घट्नालाई लिएर डा. छेत्रीले मागे माफी

Photo: Samten Kabo
डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 अक्टोबर 2016। जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्रीले आज कालेबुङका पत्रकारहरूसित दुर्वव्यार गरेको आरोप लागेको छ। मेला ग्राउण्डमा आयोजित दशेरा मेलामा भएको दुर्घट्नालाई लिएर महकुमा अधिकारीको कार्यलयमा डाकेको सर्वदलिय बैठकमा डा. छेत्रीले पत्रकारहरूलाई दुर्व्यहार गरेको आरोप लागेको हो। 
सर्वदलीय बैठकअवधि पत्रकारहरूलाई वैठक कक्षाबाट बाहिर निस्किने निर्देश दिँदै दुर्वव्यवहार गरेकोले पत्रकारहरूले अपमानीत अनुभव गरेका छन्। महकुमा अधिकारीको सट्टा डा. छेत्रीले दुईपल्टसम्म बाहिर निस्किने निर्देश गरेको घटनालाई केन्द्र गर्दै रिपोर्ट्स कालेबुङले क्षोभ प्रकट गरेको छ। 
रिपोर्ट्स कालेबुङको पक्षमा सिनियर पत्रकार अरूण कुमार रसाईली अनि सुवास श्रेष्टले घटनाको निन्दा गरेका छन्। उनीहरूले भने अनुसार मेलाग्राउण्डको घटनालाई केन्द्र गर्दै महकुमा अधिकारी कार्यालयमा सर्वदलीय बैठक डाकिएको थियो। 
उक्त बैठकमा पत्रकारहरू फोटो अनि भिडियो क्लिप लिन महकुमा अधिकारीकै अनुमति हुँदा बैठककक्षमा पसेका थिए। त्यसबेला महकुमा अधिकारीका सट्टा जाप अध्यक्ष हर्कबहादुर छेत्रीले दुईपल्टसम्म पत्रकारहरूलाई बाहिर निस्किने निर्देश गरेको पत्रकारहरूले आरोप लगाए। 
अर्कोतिर यसबारे डा. हर्कबहादुर छेत्रीले पछिबाट एक पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक रूपमा माफी मागेका छन्। 
उनले उक्त घटना भूल बुझाइको कारण मात्र उपार्जन भएको समस्या रहेको बताए। उनले भने, "महुकमा अधिकारीबाट अनुमति लिएर मेरो व्यक्तिगत् अनुरोधको कारण नै बैठककै समय पत्रकारहरूलाई फोटो खिच्ने अनुमति दिइएको थियो। यसैले महुकमा अधिकारीले पुनः मलाई नै निर्देश गरेको कारण पत्रकारहरूलाई बाहिर गइदिने अनुरोध गरेको हुँ। यो गलत बुझाइएको कारण मात्र मनदुखाइ भएको हो। यदि उक्त कुराले कसैलाई पनि आघात पुगेको छ भने म माफी माग्छु।"

0 Response to "डा. हर्कबहादुर छेत्रीले पत्रकारहरूलाई दुर्व्यवहार गरेको आरोप ...... घट्नालाई लिएर डा. छेत्रीले मागे माफी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.