
लघु चलचित्र, कवि, कलाकार र संगीतद्वार चियाबारीको संकट उजागर
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 20 मार्च। तराई डुवर्सका जर्जरित चियाबगानका समस्याहरूलाई आज कालेबुङको टाउन हलबाट लघु चलचित्र, कविता, चित्रकला अनि संगीतको माध्यमबाट सम्बोधन गरियो। कृष्णचुँडा प्रोडक्सनद्वारा निर्मित लघु चलचित्र ‘रित्तो गाउँ’को प्रदर्शनीको अवसरमा चिया बगानका संकटलाई सम्बोधन गरिएको थियो।
सृजनशिल समुह कालेबुङ अनि हू-केयर्सको सहयोग अनि कृष्णचुँडा प्रोडक्सनको आयोजनामा सम्पन्न ‘चियाबारी क्यान्भस’-कार्यक्रमबाट सर्जकहरूले पहाड-तराई अनि डुवर्सका भोगाइ र समस्याहरू उठान गरे। डुवर्सका चियाबगानहरूमा आजका युवापीडि पलायन हुनपर्दा गाउँ नै रित्तै बनिरहेको अवस्था लघुचित्रमार्फत दर्शाइएको छ। कार्यक्रममा निर्माता सुमित छेत्रीले स्वागत सम्बोधन राखेका थिए।
उनले स्वागत सम्बोधनको क्रममा लघुचलित्रमार्फत डुवर्सका चियाबगानहरूको अवस्थामा अलिकति पनि सुधार ल्याउने दिशामा आवाज उठ्नसक्छ भने यो नै चलचित्रको उपलब्धी हुने बताए। अर्कोतिर कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित चियाबगान सङ्ग्राम समितिका संयोजक सुखमान मोक्तानले आफ्नो सम्बोधनमा डुवर्समा आजपनि दर्जनौँ चियाबगानहरू बन्द रहेको अनि चियबगानहरूको सोचनीय अवस्थालाई लिएर सङ्ग्राम समितिले गरिरहेको पहलबारे अवगत गराएका थिए। उनले आगामी मई दिवसका दिन चियाश्रमिकहरूको समस्यालाई उठान गर्दै सिलगढीमा वृहत र्याली निकालिने बताए।
डुवर्सका बन्द चियाबगानहरू मात्र होइन सञ्चालनमा रहेका चियाबगानबासीहरूको अवस्था पनि उत्तिकै सोचनीय रहेको भन्दै उनीहरू मूलभूत सुविधाहरूबाट पनि वञ्चित हुनपरिरहेको अनि श्रमिक सङ्गठनहरू पनि इमान्दार नरहेको आरोप लगाए। 1951 को प्लान्टेसन लेवर एक्ट संसोधन गरेर चियाबगानको स्थायी सामाधान नै सङ्ग्राम समितिको मुख्य माग रहेको पनि मोक्तनले अवगत गराए।
अर्कोतिर मुख्य अतिथिका रूपमा उपस्थित कालेबुङमा एक व्यवसायी एवं समाजसेवी सोनाम याक्खाले चियाबगानहरूसितै कालेबुङ शहर र गाउँ बस्तीका युवाहरू समेत पलायन हुनपरिरहेको स्थिति रहेको भन्दै युवाहरू स्वनिर्भर हुन आवश्यक रहेको बताए। आफ्नो सम्बोधनमा हुने वर्तमान डुवर्सका चियाबगानहरूको स्थितिमाथि चिन्ता गर्दै चियाबगानबासीलाई निकास दिन सरकारी पहल आवश्यक रहने बताए।
कार्यक्रमको पूर्वाद्धमा चलचित्र प्रदर्शनी एवं अतिथिहरूको वक्तव्य सितै आर्मी ब्वाइज स्पोट्र्सबाट प्रतिधित्व गर्दै अस्ट्रेलियासम्म पुगेर फूटबल खेलिसकेका अलगढाका तीनजना युवा खेलाडीहरूलाई सम्बर्द्धना जनाइएको थियो। फूटबल क्षेत्रमा उल्लेख्य रूपमा अघि बढ्दै गइरहेका अलगढा निवासी प्रवीण लामा, अभिषेक छेत्री अनि देवाशिस राईलाई अतिथिहरू सोनाम याक्खा, सुखमान मोक्तान अनि आनन्द लखोटियाको बाहुलीबाट सम्मान जनाइएको थियो।
यसरी नै कार्यक्रमको मध्यान्ह्मा डुवर्सका गायक अजय थापा अनि सहयोगी कलाकारहरूले क्रान्तिकारी गीतहरू प्रस्तुत गरेका थिए भने लाली गुरास समुह सिलगढीका कलाकारहरूले पनि चियाबगान सम्बन्धी सामुहिक गीत प्रस्तुत गरेका थिए। यसबाहेक कार्यक्रमको उत्तरार्द्धमा कवि गोष्ठी सम्पन्न भएको थियो।
कवितामार्फत चियाबगानको अवस्था, भोगाइ एवं शोषितवर्गको आवाजलाई सम्बोधन गर्दै कवि राजा पुनियानी, मनोज वोगटी, टिका भाइ, भिमा राई तोलाछा, लेखनाथ छेत्री, असीम सागर, समिक चक्रवर्ती, गगण राई, सूर्य राई राखाली आदिले कविता सुनाएका थिए। यसका अतिरिक्त उमेश परियारले कविता सुनाउँदै गर्दा चित्रकार अमीर सुन्दासले परियारका कवितालाई रङ्गमार्फत क्यान्भसमा उतार्दा कार्यक्रम थप आकर्षक बनेको थियो
0 Response to "लघु चलचित्र, कवि, कलाकार र संगीतद्वार चियाबारीको संकट उजागर"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.