
गोर्खाल्याण्डको एक्यवद्धता देखाउन प्रधानमन्त्रीलाई भेट गर्ने टोलिमा भारतका शिर्षस्थ गोर्खा प्रतिनिधीहरूलाई समावेश गरिनेछ – सुखमान मोक्तान
डी के वाइबा, कालिमन्युज, कालेबुङ २० मार्च। भारतीय गोर्खा परिसंघले यसपालिको विधानसभा चुनावमा अराजनैतिक संगठन भएको कारण सबैलाई स्वेच्छाले मतदान गर्ने आह्वान गरेको छ। भागोप राष्ट्रिय अध्यक्ष सुखमान मोक्तानलाई आज पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा उनले यसो भनेका हुन्।
‘भागोपले चुनावको राजनीति गर्दैन। यसकारण सबैले आफ्नो मतअधिकारको प्रयोग स्वेच्छाले गर्न सक्नेछन्। हामी सबैले आफ्नो चेतनाले मतअधिकारको प्रयोग गर्नेछन् भन्ने विश्वास राख्दछौँ’ – सुखमान मोक्तानले भने।
भागोप कालेबुङ कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले सिलगडीमा सम्पन्न भागोपको सभाबारे विस्तृत जानकारी गराएका थिए। यसक्रममा उनले आगामी अप्रेल महिनामा भारतका विदेशमन्त्री सुषमा स्वाराज अनि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट गर्ने जानकारी दिएका छन्। उनले भेटघाटको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि यसैवर्ष भेटघाट गर्ने बताएका छन्। ‘अहिले भारत नेपाल मैत्री सन्धि विषयमा जुन उच्चस्तरीय कमिटि गठन भएको छ यसबारे भागोपले एउटा दस्तावेज तयार पारेको छ। दस्तावेजमा हामीले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई पहिलो बुँदाको रूपमा राखेका छौँ। भागोपले बनाएको दस्तावेज हामी विदेशमन्त्री सुषमा स्वराजलाई आगामी अप्रेल महिनामा भेटघाट गरेर दिनेछौँ’ मोक्तानले भने।
यसक्रममा भागोपले दिल्लीमा गोर्खा सांस्कृतिक केन्द्रको स्थापना गर्ने पहल गरिरहेको जानकारी गराउँदौ उक्त केन्द्र स्थापनाको निम्ति भागोपले जमिन उपलब्ध गरिमाग्न दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भेट गर्ने जानकारी गराए। यता छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई राष्ट्रिय स्तरमा व्यापका दिन अनि प्रधानमन्त्री समेतलाई अवगत साथै दबाऊ बनाउँन भागोपले भारतभरीका शिर्षस्थ गोर्खा प्रतिनिधीहरूलाई समावेश गरी एउटा प्रतिनिधी मण्डल बनाई भेटघाट गर्ने योजना तयार पारिरहेको पनि जानकारी दिएका छन्। कुनै पनि राजनैतिक दलले सबैलाई एकबद्ध बनाएर मुद्दालाई अघि बडाउँन धेरै अड्चनहरू देखा परिरहेको कारण भागोपले नै सबैलाई एकबद्ध पार्ने प्रयास गर्ने मोक्तानले बताए।
‘हामी चाहन्छौँ छुट्टै राज्य गोर्खाल्याण्डको मागबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने टोलिमा सिक्किमका मुख्यमन्त्री पावन चामलिङ, नरबहादुर भण्डारी, दिलकुमारी भण्डारी, जीटीए प्रमुख विमल गुरूङ, आर.बी राई जस्ता महान राजनैतिक व्यक्तित्वहरू देखि लिएर भारतका शिर्षस्त पदमा बसिसकेका मानिसहरू टोलिमा होस। यसो भएको खण्डमा गोर्खाहरूको गोर्खाल्याण्ड प्रतिको एक्यवद्धता देखिनेछ। यस्तो टोलि बनाएर हामी यसै वर्ष प्रधानमन्त्रीलाई भेट गर्नेछौँ’ सुखमान मोक्तानले भने। उनले पत्रकार सम्मेलनको क्रममा गत 7-8 मार्चका दिन दिल्लीमा भागोपको कार्यक्रमबारे जानकारी गराउँदै भारतका शिर्षस्थ मन्त्रीहरूलाई भेटघाट गरेको जानकारी गराए।
0 Response to "गोर्खाल्याण्डको एक्यवद्धता देखाउन प्रधानमन्त्रीलाई भेट गर्ने टोलिमा भारतका शिर्षस्थ गोर्खा प्रतिनिधीहरूलाई समावेश गरिनेछ – सुखमान मोक्तान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.