-->
सारदा चिटफण्ड कम्पनिले निवेशकर्ताहरुको पैसा फिर्ता गर्ने दोस्रो चरणको अभियान

सारदा चिटफण्ड कम्पनिले निवेशकर्ताहरुको पैसा फिर्ता गर्ने दोस्रो चरणको अभियान

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 3 दिसम्बर 2013 | करोडौ रुपिया ठगेर चम्पट कसेको सारदा चिटफण्ड कम्पनिले निवेशकर्ताहरुको पैसा फिर्ता गर्ने दोस्रो चरणको अभियान चालेको छ। पहिलो चरणमा केही निवेसकर्ताहरुको पैसा फिर्ता पछि यो दोस्रो चरणको पहल शुरु गरेको हो।
कम्पनिले निवेसकर्ताहरुको पैसा फिर्ता गर्न दोस्रो चरणको सूची जारी गरेको छ। सरकारी अधिसूचनाको आधारमा कालेबुङ थानाले निवेसकर्ताहरुको विवरण लिने कार्य थालेको थाह लागेको छ। यहाँको पुलिस थानामा आएको सूची अनुसार कालेबुङ महकुमा क्षेत्रमा मोठ 249 जना निवेसकर्ताहरुले कम्पनिमा आफ्नो पैसा लगानी गरेका छन।
जानकारी अनुसार कालेबुङ खण्ड एक एंव नगरपालिका क्षेत्रमा मोठ 65 जना. खण्ड तीन अन्तर्गत 172 अनि गोरुबथानमा 12 जना निवेसकर्ताहरुले आफ्नो विवरण बुझाएको थाह लागेको छ। यसका साथे 64 जना निवेशकर्ताहरुबारे हाल कालेबुङ थानाले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।
पिडीत निवेसकर्ताहरुले आफ्नो प्रमाण पत्र, राशन कार्ड, पोलेसी प्रमाण पत्र आदिको जेरोक्स थानालाई बुझाउँनुपर्ने अनुरोध गरेको छ।
उक्त आवश्यक दस्तावेज थानामा आगमी 6 दिसम्बरसम्ममा बुझाउँनुपर्ने थाह लागेको छ। यसभन्दा अघि कम्पनिले कालेबुङका निवेसकर्ताहरु मध्ये दसहजार भन्दा कम निवेस गरेका निवेसकर्ताहरुको पैसा उत्तरबङ्गाल बिकास मन्त्री गौतम देवको बाहुलीबाट फिर्ता गर्ने कार्य भईसकेको छ।
यता ठूलो पैसा लगानी गर्ने लगानीकर्ताहरुको पैसा भने कम्पनिले कहिले फिर्ता गर्ने हुन भन्ने बिषयमा भने कुनै निश्चितता देखा परेको छैन।

0 Response to "सारदा चिटफण्ड कम्पनिले निवेशकर्ताहरुको पैसा फिर्ता गर्ने दोस्रो चरणको अभियान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.