-->
गोर्खाहरूको अवस्था काश्मिरी हिन्दुहरूको जस्तो हुनसक्छ - विष्णु छेत्री

गोर्खाहरूको अवस्था काश्मिरी हिन्दुहरूको जस्तो हुनसक्छ - विष्णु छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जनवरी। जसरी भारतमा काश्मिरी हिन्दुहरू आफ्नै ठाउँबाट पलायन हुन परेको छ त्यस्तै भविष्यमा गोर्खाहरू पनि आफ्नो भूमिबाट पलायन हुनपर्ने स्थिति आउनसक्ने कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले बताएका छन्। 
उनले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर भविष्यमा आउन सक्ने सङ्कटहरूलाई केन्द्र गरेर एउटा राष्ट्रिय स्तरको गैरराजनैतिक सङ्गठन खोल्नपर्ने बताएका छन्। 
‘जसरी काश्मिरी हिन्दुहरू आफ्नै ठाउँबाट पलायन हुनुपर्ने अवस्था सृजना भयो ठिक त्यस्तौ अवस्था गोर्खाहरूको पनि हुनसक्छ। यसैले आफ्नो ठाउँबाट पलायन हुनअघि नै राष्ट्रिय स्तरमा गोर्खाहरूको गैरराजनैतिक सङ्गठन गठन हुन जरुरी छ’ विष्णु छेत्रीले भने। 
उनले गत 27 दिसम्बरका दिन छेत्रीले पनुन काश्मिरका निम्ति इन्टरनेशनल काश्मिरी यूथ कन्भरेन्समा भाग लिएको जानकारी गराउँदै आफ्नै ठाउँबाट पलाय भएका हिन्दु कश्मिरीहरूको पीडा नजिकबाट महशुस गर्नपाएको बताए। 1989 सालदेखि नै काश्मिरी हिन्दुहरू आफ्नै ठाउँबाट पलायन हुनपरेको अनि आजसम्म सात लाख काश्मिरी हिन्दुहरूले आफ्नो ठाउँ छोड्नपरेको भन्दै छेत्रीले पनुन काश्मिरको मागलाई व्यक्तिगत तर्फबाट समर्थन जनाएका छन्। 
यसक्रममा उनले काश्मिरी हिन्दुहरूको आन्दोलनलाई हाम्रो समर्थन रहेको बताउँदै आगमी 19 जनवरीका दिन उनीहरूले पालन गर्ने होमल्याण्ड डे कालेबुङमा पनि समान विचार भएकाहरूलाई साथमा लिएर पालन गर्ने बताएका छन्। पनुन काश्मिरलाई सहयोग गरेको खण्डमा भोलिको दिनमा गोर्खाहरूको समस्या राष्ट्रिय रूपमा उठान हुँदा उनीहरूबाट पनि सहयोग पाउने विष्णु छेत्रीले। 
उनले गोर्खाहरूको समस्यालाई राष्ट्रियव्यापी बनाउन राष्ट्रिय स्तरको सङ्गठन जरूरी छ भन्दै आगामी 26 जनवरीभित्र सङ्गठनको रूप दिने स्थितिमा पुग्नेछौँ भनो अझ जनाएका छन्। यसक्रममा उनले राष्ट्रव्यापी गैर राजनैतिक सङ्गठन गठन गरेपछि उक्त सङ्गठनले भविष्यको रूपरेखा तयार पारेर काम गर्ने जानकारी दिएका छन्।

0 Response to "गोर्खाहरूको अवस्था काश्मिरी हिन्दुहरूको जस्तो हुनसक्छ - विष्णु छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.