-->
नेपाली भाषा प्रयोगको मागमा ज्ञापन

नेपाली भाषा प्रयोगको मागमा ज्ञापन

डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जनवरी। गोर्खा नेपाली भाषाको व्यवहारिक प्रयोग गर्नपर्ने माग गर्दै जनगागृति मञ्चले आज कालेबुङ थानामा ज्ञापन पत्र चढाएको छ। 
मञ्चका संयोजक बिक्की थापा, सचिव उत्तम छेत्री, लेखनाथ राई आदिको नेतृत्वमा रहेको टोलिले ज्ञापन चढाउँदै सन् 1992 सालमा नेपाली भाषाले सरकारी भाषाको रूपमा मान्यता पाएपछि पनि आजसम्म नेपाली भाषाको व्यवहारिक प्रयोग नभएको उनीहरूले बताए। सोहि कारण जागरण मञ्चले भाषाको व्यवहारिक प्रयोगको दिशामा अभियान शुरू गरेको थप बताएका छन्।
ज्ञापन बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै संयोजक बिक्की थापाले भने, नेपाली भाषाले मान्यता पाएको 23 वर्ष भयो। राज्यका ममता व्यानर्जीले पनि 2011 मा नै नेपाली भाषालाई राज्यको अल्पसङख्यक भाषाको रूपमा मानिलिएको कुरा राज्य विधानसभामा राखिसकेकी छन्। यद्यपि नेपाली भाषाको व्यवहारिक प्रयोगका दिशामा भने हामी पछि परिरहेका छौँ। यसैले सबै निकायहरूमा नेपाली भाषाको प्रयोग हुनुपर्छ भन्ने मञ्चको माग रहेको थापाले बताएका छन्।

0 Response to "नेपाली भाषा प्रयोगको मागमा ज्ञापन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.