एकल चित्र प्रदर्शनी समापन
डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जनवरी। कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भइरहेको एकल चित्रकला प्रदर्शनी समापन भएको छ।
कालेबुङ विज्ञान केन्द्रको सहयोगितामा हिमाचल प्रदेशका चम्बा निवासी रवि गुरूङको चार दिवशीय एकल चित्रकला प्रदर्शनी भएको थियो। उक्त एकल चित्रकला प्रदर्शनीमा उनका 20 भन्दा अधिक चित्रहरूको प्रदर्शनी गरिएको थियो।
अमूर्त ढाँचामा निर्माण गरिएको उनका चित्रहरू हेरेर मानिसहरू मख्ख बनेका थिए। पञ्जाब विश्वविद्यालयबाट फाइन आर्ट्समा डिप्लोमा गर्ने मूर्तिकार एवं चित्रकार रविले वर्ष 2009 अनि 2012 मा पनि कालेबुङमा मूर्ति प्रदर्शनीको आयोजना गरिसकेका छन्।
प्रदर्शनीमा गणेश, सङ्गीत, आमा एवं नानी आदिमाथि विषयहरूलाई समेटेर चित्र बनाइएको थियो। समापन कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै कलाकार गुरूङले कालेबुङमा निश्चित प्रदर्शनी केन्द्र नरहेको कारण नै कलाकारहरूले आफ्नो कलाकृतिको उचित प्रदर्शन गर्न नसकेको कुरा आफूले महशुस गरेको बताएका छन्।
0 Response to "एकल चित्र प्रदर्शनी समापन"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.