-->
लिम्बु बिकास बोर्ड सम्बन्धि सभा

लिम्बु बिकास बोर्ड सम्बन्धि सभा

डी के वाइबा, कालिमन्युज, कालेबुङ ५ जनवरी। लिम्बु विकास बोर्ड गठनको मागलाई केन्द्र गरेर यहाँको डुङ्ग्रा स्थित लिम्बु भवनमा विभिन्न स्थानका प्रतिनिधीवर्गलाई लिएर एक आकस्मिक सभा सम्पन्न भएको छ। 
उक्त सभामा सिलगढी, दार्जीलिङ, खर्साङ, दुधे, नक्सलबाडी, बाघडोग्रा, मिरिक, लुक्सान (डुवर्स), मानेभञ्ज्याङ, बिजनबारी आदि स्थानबाट लिम्बु प्रतिनिधीवर्ग उपस्थित रहेका थिए। याकथुङ सोङ चुम्भोका अध्यक्ष एवं शिर्षस्थ नेतृत्ववर्गका मुख्य संयोजक् पूर्व कप्तान एन.डी. लिम्बुको अध्यक्षतामा सम्पन्न सभामा लिम्बु जातिको सर्वाङ्गिन बिकासका निम्ति लिम्बु बिकास बोर्ड गठनको आवश्यक्ता माथि चर्चा परिचर्चा सम्पन्न भएको थियो। 
यसक्रममा संयोजक युगेशहाङ सेरेङले विगतका दिनमा भएको कतिपय भूलहरूको समिक्षा गर्दै आगामी दिनमा लिम्बु बिकास बोर्ड गठनका निम्ति एकबद्ध भएर अघि बढ्नुपर्ने आह्वान गरे। 
लिम्बु जातिको भाषा, साहित्य, संस्कृतिको बिकास गर्न अन्य समुदायलाई दिएको बोर्डहरू सरह लिम्बु बिकास बोर्ड गठन हुन सके यसले जातिको उत्थान हुने बताउँदै सरकार समक्ष आफ्नो मागलाई दह्रिलो प्रकारले बढाउने पनि सभामा चर्चा भएको थियो। उक्त जानकारी संगठनका प्रवक्ता शेखर सुब्बाले दिएका छन्।

0 Response to "लिम्बु बिकास बोर्ड सम्बन्धि सभा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.