-->
नेपाली साहित्य अध्ययन समितिको आयोजनामा निबन्ध बिषयमा चर्चा परिचर्चा

नेपाली साहित्य अध्ययन समितिको आयोजनामा निबन्ध बिषयमा चर्चा परिचर्चा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ,12 सितम्बर। नेपाली साहित्य अध्ययन समितिको आयोजनामा आज ‘नेपाली निबन्ध साहित्य’ बिषयमा चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भयो। यहाँको नौ माइल स्थित वर्सिप सेन्टरमा आयोजित कार्यक्रममा डा सरोजा राई मुख्य अथिथिका रूपमा उपस्थित थिईन भने श्रीमती सानुमती राई, एम बी प्रधान बिशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। 
समितिकै अध्यक्ष ज्ञान सुतारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मूल सचिव बी बी शर्माले स्वागत सम्बोधन राखेका थिए। यस अवसरमा सुवास सोताङले भारतीय नेपाली निबन्धको बिकासक्रम बिषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए। अहिलेसम्म भारतीय नेपाली निबन्धको बिकासक्रमलाई लिएर कुनै कार्य नभएको बताउँदै सोताङले यस बिषयमा सोध गर्न आवश्यक रहेको पनि जनाए। 
यता कालेबुङ महाबिद्यालयमा प्राध्यपक अजय लामाले दार्जीलिङका नेपाली निबन्ध अनि निबन्धकारहरूबारे आफ्नो वार्ता प्रस्तुत गरेका थिए। सोही क्रममा श्रीमती देवकुमारीले पनि कार्यक्रममा वार्ता राखिन्। सोही कार्यक्रममा गत 1 सितम्बरको दिन सम्पन्न भएको निबन्ध लेखन प्रतियोगिताको पनि परिणाम घोषणा संगै बिजय बनेका प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरियो। 
समितिकै आयोजनामा गत 1 सितम्बरको दिन माध्यमिक, उच्चमाध्यमिक अनि महाविद्यालय तहका बिद्यार्थीवर्गलाई लिएर निबन्ध लेखन प्रतियोगीता सम्पन्न गरेको थियो। उक्त निबन्ध प्रतियोगितामा बिभिन्न बिद्यालय अनि महाविद्यालयका मोठ 80 जना प्रतियोगीहरूले भाग लिएका थिए।
 माध्यमिक तहका बिद्यार्थीहरू माझ सम्पन्न भएको प्रतियोगीतामा प्रणामी बालिका बिद्या मन्दिरका प्रतिशा शर्मा प्रथम, सन्त फिलोमिनाकी पूजा गुरूङ अनि उत्सर्ग राई क्रमैले दोस्रो अनि तेस्रो भएका थिए भने उच्चतर माध्यमिक तहका बिद्यार्थीहरू माझ जुब्ली उच्चतर माध्यमिक बिद्यालयकी प्रिया सुब्बा प्रथम, प्रणामी बिद्या बालिका मन्दिरकी अङ्मू भोटीया, सन्त फिलोमिनाकी सारा शंकर तेस्रो भएकी थिईन। यता महाविद्यालय तहका बिद्यार्थीवर्गमाझ सम्पन्न भएको प्रतियोगितामा कालेबुङ महाबिद्यालयका राकेश शर्मा अनि शम्भु छेत्री पहिलो अनि दोस्रो अनि क्लूनी महिला महाबिद्यालयकी शोभा लेप्चा तेस्रो भएकी थिईन। कार्यक्रममा बिजयी प्रतियोगीहरूलाई मुख्य अतिथि अनि बिशिष्ट अतिथिहरूको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थिएयो।

0 Response to "नेपाली साहित्य अध्ययन समितिको आयोजनामा निबन्ध बिषयमा चर्चा परिचर्चा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.