
‘कालेबुङ जिल्ला माग समिति’ गठन ..... समितिको माध्यमबाट मुद्दालाई अघि बडाउन सहयोग पुग्नेछ – डा. छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 10 अक्टोबर। कालेबुङ जिल्लाको मागलाई अघि बढाउन आधिकारिल रुपले ‘कालेबुङ जिल्ला माग समिति’ गठन भएको छ। उक्त समितिका मुख्य संयोजकका रुपमा कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीलाई चयनित गरिएको छ भने नयन प्रधान अनि युसुफ सिमिकलाई सयोजक चयनित गरिएको छ। उक्त जानकारी विधायक डा. हर्कबहादुर छेत्री आफैले पत्रकार सम्मेलन आयोजना गरेर दिएका हुन्।
यहाँको एक होटलमा सम्पन्न भएको सभामा सर्वसहमतिले जिल्लाको मागलाई जोडदार अघि बडाउन उक्त समिति गठन गरिएको हो। उक्त सभामा विभिन्न राजनैतिक दल, संघ संस्था, जातिय बोर्डका प्रतिनिधीवर्ग अनि जातिय संघ संस्थाका प्रतिनिधीवर्ग उपस्थित रहेको डा. छेत्रीले जानकारी दिएका छन्। उक्त सभामा गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधीवर्गलाई आमन्त्रित गरेपनि पार्टीका प्रतिनिधी उपस्थित नरहेको उनले जनाए।
“छुट्टै जिल्लाको माग कुनै दल अथवा स्थानको विरोधको निम्ति होइन। कालेबुङका आम मानिसहरुले भोग्दै आएका प्रशासनिक समस्या समाधान गर्नका निम्ति उठाइएको माग हो। यसको निम्ति सम्पूर्ण राजनैतिक दलका साथीहरूले आपसी मतभेद भुलेर सहयोग निश्चयनै सफल हुनेछ”-डा हर्कबहादुर छेत्रीले भने।
जिल्लाको मुद्दालाई राज्य सरकार समक्ष उठान गर्नका निम्ति आफू एकजना विधायक भएको कारण सजिलो हुने अनि यसलाई थप बल प्रदान गर्न थप सबैको समर्थनमा ‘कालेबुङ जिल्ला माग समिति’ गठन गरेको पनि उनले अझ बताएका हुन्।
डा. छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा यस मागलाई अझ बृहत रुपले अघि बडाएत जनमानसमा पुर्याउन आगमी दिनमा समितिले ठाउँ-ठाउँमा जनसभा गर्ने योजना तयार परेको खुलस्त पारेका छन्। यसैक्रममा सम्भवता आगमी 16 अक्टोबरको दिन कालेबुङमा पहिलो जनसभा आयोजना गरेर मानिसहरूलाई जिल्ला मागको औचित्यबारे जानकारी गराउने उद्देश्य राखेको पनि उनले जानकारी दिएका छन्। हाल उक्त जिल्लाको मुद्दालाई विभिन्न राजनैतिक दल अनि संघ संस्थाहरूले समर्थन गरिरहेको जानकारी गराउँदै यसले मुद्दालाई अघि बडाउन अझ सहज हुने तिनको भनाई छ। उक्त जिल्लाको मागबारे आगामी दिनहरूमा समितिले कालेबुङको ग्रामिण स्तरहरूमा पनि जनतालाई बुझाउने कार्य गर्ने योजनाहरू तयार पारेको पनि डा छेत्रीले जनाए।
“जिल्लाको मुद्दालाई अघि बडाउन दल त्यागेर अघि आउनुपर्छ भन्ने होइन। जहाँ-जहाँ बसेका छन् त्यहीँबाट समर्थन गरे यस मागलाई सरकारसमक्ष राख्न अझ सहज हुनेछ” डा.छेत्रीले भने। यसक्रममा उनले पत्रकार सम्मेलनकै माध्यमबाट गोर्खा जनमुक्ति मोर्चालाई विशेष आग्रह गर्दै आफ्नै स्थानमा बसेर मुद्दालाई सहयोग गरिदिने आह्वान गरेका छन्।
‘गोजमुमो पार्टीले यदि जिल्लाको मागलाई ईमान्दारसँग उठाएको हो भने यसलाई आफ्नै ठाउँमा बसेर समर्थन गर्न सक्नेछन्। यसले भविष्यमा उनीहरूको मागलाई अघि बडाउनका निम्ति पाइला टेक्ने एउटा खुट्किलो निर्माण हुनेछ’-डा छेत्रीले भने। हाल राज्य सरकारसित मोर्चाको सम्बन्ध राम्रो नभएको कारण राजनीतिमा सम्बन्धले धेरै प्रभाव पार्नसक्ने बताउँदै अहिले स्थितिमा मोर्चा आफैले जिल्लाको माग गरे सरकारले दिन नसक्ने शंका व्यक्त गरे। यसकारण उनीहरूले अहिलेको अवस्थामा जिल्ला मागको आवाजलाई अघि बडाउँन ‘कालेबुङ जिल्ला माग समिति’लाई समर्थन गरे पार्टी आफैलाई लाभ हुनको साथै जनतालाई समेत फाइदा पुग्ने बताएका छन्।
0 Response to "‘कालेबुङ जिल्ला माग समिति’ गठन ..... समितिको माध्यमबाट मुद्दालाई अघि बडाउन सहयोग पुग्नेछ – डा. छेत्री"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.