
गोर्खाल्याण्डको माग गर्दै क्रामाकपाको पथसभा ..... टालटुले व्यवस्थामा सम्झौता गरेर गोर्खाहरूलाई धोका हुँदैछ – सुधन प्रधान

क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले आज यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा पथसभा गरेर छुट्टै राज्य गोर्खाल्याण्डको आवाज उठाएको हो। गोर्खाल्याण्ड गठनको नारा लिएर गठन भएको पहाडको सत्तासिन राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चाले जीटीएको सम्झौता गरेर जनतालाई धोका दिएको आरोप लगाउँदै उनीहरूले पुन: जनतालाई छुट्टै राज्य प्राप्तिको निम्ति एकवद्ध हुने आह्वान गरेको छ। यसक्रममा उनीहरूले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै जोडदार नाराबाजी लगाएका थिए। पथसभालाई सम्बोधन गर्ने क्रममा सुधन प्रधानले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति क्रामाकपाले दिल्लीमा अघिबाटै धर्ना प्रदर्शन गरिसकेको बताउँदै मोर्चाले पनि सम्पूर्ण आन्दोलन दिल्ली केन्द्रित बनाउनुपर्ने सुझाव दिएका छन्।
“गोर्खाल्याण्ड प्राप्तिको निम्ति सम्झौता विहिन संघर्ष गर्नुपर्छ। टालटुले व्यवस्थामा अल्झेको खण्डमा हामी लक्ष्यदेखि टाडो हुँदै जानेछौँ। गोरामुमो अनि गोजमुमो दुवै दलले टालटुले व्यवस्थामा सम्झौता गरेकै कारण भारतभरीका गोर्खहरूलाई बारम्बार धोका भएको हो” सुधन प्रधानले अझ भने। उनले आफ्नो सम्बोधनको क्रममा महिषासुरलाई विजय दशमीको दिन जसरी वध गरिएको थियो ठिक त्यस्तै महिषासुरहरूलई सबैले यसपालीको विजय दशमीमा बध गरेर आफ्नो एकमात्र राज्य प्राप्तिको लक्ष्यमा एकवद्ध हुनपर्ने आह्वान गरे।
यसैक्रममा पथसभालाई सम्बोधन गर्दै क्रामाकपा कालेबुङ शहर जोनल समितिका संयोजक विक्रम छेत्रील गोजमुमो पार्टीप्रति टिप्पणी गर्दै पहाडमा पैदल यात्रा गरेर केहि उपलब्धि ल्याउन नसकिने बताएका छन्। ‘गोजमुमो अध्यक्षले पहाडमा पैदल यात्रा गरेर केहि हुँदैन। उनले आफ्नो शरिरलाई कष्ट दिएर पनि केहि हुने होइन। यसरी गोर्खाल्याण्ड प्राप्त गर्न सकिन्दैन। काम संसदमा हुनपर्छ’ विक्रम छेत्रीले भने।
उनले यसका निम्ति मोर्चाले आफ्नो सांसदलाई लगाएर संसदमा कार्य गर्नु भनि सुझाव दिएका छन्।
क्रामाकपा कालेबुङ आञ्चलिक समितिको आयोजनामा सम्पन्न भएको उक्त पथसभामा क्रामाकपा उपाध्यक्ष जे.बी राई, किशोर प्रधान, मोहन पौड्याल, अरुण घतानी आदिको उपस्थिति रहेको थियो।
यसक्रममा उक्त पथसभालाई सम्बोधन गर्दै सुदर्शन राई, भीम गुरुङ, कमल राई, विक्रम छेत्री, सुधन प्रधानले सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुनपर्ने कुरामा जोड दिएका थिए। आजसम्म पहाडमा गोर्खाल्याण्डको नाउँ गरेर जन्मिएका पार्टीहरूले गोर्खाहरूलाई बारम्बार ठग्ने गरेको आरोप लगाउँदै क्रामाकपा पार्टीले टालटुले व्यावस्थामा कहिल्यै सम्झौता नगर्ने अनि एकमात्र लक्ष्य गोर्खाल्याण्डको निम्ति क्रामाकपा प्रतिवद्ध रहेको वक्ताहरुले बताएका छन्।
0 Response to "गोर्खाल्याण्डको माग गर्दै क्रामाकपाको पथसभा ..... टालटुले व्यवस्थामा सम्झौता गरेर गोर्खाहरूलाई धोका हुँदैछ – सुधन प्रधान"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.