-->
जापले पालन गर्‍यो शहिद दिवस   .... गोजमुमोलाई शहिद दिवस पालन गर्ने नैतिक अधिकार छैन - अमर लामा

जापले पालन गर्‍यो शहिद दिवस .... गोजमुमोलाई शहिद दिवस पालन गर्ने नैतिक अधिकार छैन - अमर लामा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 27 जुलाई। जन आन्दोलन पार्टीले शहिद दिवस पालन गरेर छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति शहिद हुनेहरूलाई श्रद्धाञ्जली दिएको छ। कालेबुङको थानाडाँडा स्थित त्रिकोण पार्कमा पालन गरिएको शहिद दिवस कार्यक्रममा विभिन्न स्थानबाट आएका मानिसहरूले शहिदहरूलाई श्रद्धाञ्जली दिने कार्य गरेका थिए।

शहिद दिवसको अवसरमा गतवर्ष छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा पक्रा परेर न्यायिक हिरासतमा मृत्यु भएका शहिद बरुण भुजेलका पिता अनि आन्दोलनको समय बम बिस्फोटमा परेर शहिद बनेका सिभिक पुलिस राकेश रावका परिवारलाई जापले सम्मान जनाएको थियो। यस अवसरमा शहिद दिवस कार्यक्रमलाई जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, केन्द्रिय सदस्य अमर लामा, युवा नेता विशाल राई आदिले सम्बोधन गर्दै शहिदहरूलाई साँचो श्रद्धाञ्जली केवल छुट्टै राज्य गोर्खाल्याण्ड गठनले मात्र हुने दाबी गरे। उनीहरूले आफ्नो सम्बोधनको क्रममा बारम्बार छुट्टै राज्यको नाउँमा आन्दोलन गर्ने नेताहरूले स-साना असंवैधानिक व्यवस्थाहरूमा सम्झौता गरेको कारण छुट्टै राज्य हुन नसकेको कारणले नै गोर्खाल्याण्डको निम्ति शहिद बन्नेहरूको सपना पुरा हुन नसकेको बताएका छन्।

‘गोजमुमो पार्टीले शहिदको क्षतिपुर्ती थापिसकेको छ। यसकारण अबउसो गोजमुमोलाई शहिद दिवस पालन गर्ने कुनै नैतिक अधिकार समेत छैन’ जाप केन्द्रिय सदस्य अमर लामाले कार्यक्रमलाई सम्बोधन गर्दै भने। उनले आफ्नो सम्बोधनको क्रममा शहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै शहिदमाथि लेखिएका कविता समेत वाचन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमर लामाले  चिया श्रमिकवर्गको अधिकारको निम्ति विभिन्न श्रमिक सङ्गठनहरूको संयुक्त सङ्गठन जोइन्ट फोरमद्वारा चलाइरहेको आन्दोलनबारे पनि बताएका थिए। ‘जोइन्ट फोरमको आन्दोलन सरकार विरुद्धको आन्दोलन होइन, यो आन्दोलन चियाकमान मालिकहरू विरुद्धको हो। तर यहीँ आन्दोलनमा सबै राजनैतिक दलका श्रमिक सङ्गठनहरू एकबद्ध हुँदा दुईवटा राजनैतिक दलका सङ्गठन भने अघि नआउनु ठूलो दुर्भाग्य हो’ अमर लामाले भने।

उनले आफ्नो सम्बोधनको क्रममा बनबासीको मुद्दा उठाइरहेका लिला कुमार गुरुङलाई पनि सम्झना गर्दै उनलाई कुनै कानुनी अड्चन भएको खण्डमा जापले कानुनी सहयोग पूर्णरूपले गर्ने घोषणा समेत गरेका छन्। लामाले एकदिन शहिद दिवस पालन गरेर शहिदलाई साँचो श्रद्धाञ्जली दिन नसके पनि आफुहरू शहिदलाई छुट्टै राज्य गठन गरेर शहिदहरूले देखेको सपनालाई पुरा गर्नका निम्ति कटिबद्ध रहेको पनि बताएका छन्। यता शहिद दिवस समारोहलाई गोजमुमो युवा नेता विशाल राई, नरेश राई, भुपेन राई आदिले पनि सम्बोधन गरेका थिए।

Related Posts

0 Response to "जापले पालन गर्‍यो शहिद दिवस .... गोजमुमोलाई शहिद दिवस पालन गर्ने नैतिक अधिकार छैन - अमर लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.