-->
बरबोटको बाटो चुँडीएर कालापानी बन्ने अवस्थामा

बरबोटको बाटो चुँडीएर कालापानी बन्ने अवस्थामा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ,12 सितम्बर। कालेबुङ महकुमाको सुदुर क्षेत्र निम्बोङ्को बरबोटका मानिसहरूको सम्पर्क शहरसंग पूर्णरूले छुट्ने अवस्थामा पुगेको छ। बिशेष केहीदिन आएको बर्षाले बरबोट जिरो पोईन्टमा यातायातको एकमात्र सडक पैह्रोले लगेको छ। माथीबाट झर्ने अनि तलबाट सोह्रिने कार्यले बरबोट जिरो पोईन्टमा बाटो पूर्णरूपले चुडीएको छ। जसको कारण उक्त क्षेत्र कालापानी बन्ने अवस्थामा पुगेको छ।  
केही दिन क्षेत्रमा लगातार पानी परेपछी उक्त जिरो पोईन्टमा पैह्रो जान थालेको गाउँलेहरूले बताएका छन्। कालेबुङ शहरदेखी लगभग 45 किलोमिटर टाडामा अवस्थित बरबोट क्षेत्रका मानिसहरू सम्पूर्ण कार्यलयको काम गर्न अनि बजारमा सौदा पात गर्न समेत कालेबुङ शहर संगै निर्भर रहनु पर्दछ। तर एकमात्र यातायातको बाटो समेत पैह्रोले सोह्रेर लान थाले पछि गाउँलेहरूको चिन्ता बडेको हो। यति मात्र होईन उक्त पैह्रोको कारण जिरो पोईन्टका बासिन्दा कमली भूषालको घर चर्केको छ भने उनको परिवार जीवन रक्षाको निम्ति घर छोडेर अन्यत्र सर्न परेको छ। एकामात्र गाउँको पक्का अलकत्रे सडक पैह्रोले भत्केर गएको कारण क्षेत्रका बिद्यार्थीवर्गले पनि अहिले घरी हुनसम्मको दु:ख भोग्न परिरहेको छ। 
क्षेत्रमा अवस्थित एकमात्र बरबोट बिद्यालयमा अध्ययका निम्ति बिद्यार्थीवर्ग उक्त बाटो भएर टाडा टाडाबाट आउने गर्छन्। यसरी यातायातको एकमात्रै बाटो चुँडीएको कारण बिद्यार्थीहरू बिचल्नीमा परेका हुन्। बिशेष गरेर दशौँ कक्षामा अध्ययनरत बिद्यार्थीवर्गले हुनसम्मको समस्या भोग्न परेको बिद्यार्थीवर्गले बताएका छन्। 
एकातर्फ माध्यमिकको निम्ति सेन्टअप परिक्षा नजिक आईरहेको छ भने अर्कोतर्फ सिलेबस पुरा गर्नुपर्ने समस्या पनि छ। यद्यपी पैह्रोको त्रासले उनीहरू बिद्यालय जान नसकेको भनाई छ। कतिपय बिद्यार्थीहरू भने बिद्यालय जानको निम्ति बैकल्पिक बाटोको सहारा लिने गरेका छन् यद्यपी उक्त बैकल्पिक बाटो भने घुमौरो भएको कारण तीन घण्टा भन्दा अधिक पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको पनि बिद्यार्थीवर्गको भनाई रहेको छ। बिशेष गरेर ज्ञासोक क्षेत्रका बिद्यार्थीवर्ग पैह्रोको कारण स्कूल पुग्नको निम्ति बिहान घरबाट 5:30 बजे हिड्न परेको भनाई छ। स्कूल पक्षबाट प्राप्त जानकारी अनुसार ज्ञासोकका बिद्यार्थीवर्गले अहिले बाटोको कारण अनेकौ समस्या भोग्न परेको अनि उनीहरू स्कूल आईपुग्दा थकित हुने गरेको भनाई छ। यद्यपी बिशेष उनीहरूक आगमी माध्यमिक परिक्षालाई ध्यानमा राखेर बिद्यालयमा अध्ययनकै निम्ति आउनै पर्ने बाध्यता रहेको पनि स्कूल पक्षले बताएको छ।
अर्कोतिर उक्त बाटो पैह्रोले चुँडीएको कारण बरबोट, याल्बोङ, ज्ञासोक, संस्यासी डाँडा, लङरेप, खोपी गाउँ लगायत अन्य गाउँका सम्पूर्ण गाउँलेहरूले अनेकौ समस्या भोग परिरहेको छ। उक्त सम्पूर्ण क्षेत्रका मानिसहरू कृषीमा निर्भर पर्नु पर्ने रहेको कारण एकमात्र गाउँको बाटो चुँडीए पछी आफ्नो खेत बारीमा उत्पादन भएको साग सब्जि बिक्री गर्न समेत समस्या भईरहेको गाउँलेहरूको भनाई छ। स्थानीय गाउँले सर्जय तामाङले यस बिषयमा बोल्दै बाटो चुँडीए पछो क्षेत्र कालापानी बन्ने स्थितिमा पुगेको बताए।
‘अब दशैँ आयो। दशैँको निम्ति गाउँलेहरूलाई पैसा चाहिन्छ अनि त्यो पैसा भनेको आफ्नो खेतबारीमा उत्पादन हुने बस्तुबाट आउनेगर्छ। अब एकमात्र बाटो चुँडीए पछि गाउँ अन्धकार हुने निश्चित छ’ सर्जेय तामाङले गाउँको पिडा भने। 
अहिलेघरी गाउँमा अदुवा अनि अँलैचीको सिजन भएको अनि बाटोको कारण गाउँलेहरूले आफ्नो उत्पादन बिक्री गर्न नसकेको तिनले बताए। बाटो भत्केको कारण तलबाट कुनै मालबाहक वाहनहरू आउन नसकेको अनि यसको भुक्त भोगी गाउँलेहरू बनेको तिनले अझ बताए। “पहिले गाउँमा गाडी आउँथ्यो अनि बारीका उत्पादित बस्तुको मूल्य राम्रै प्राप्त हुन्थ्यो। अब बाटो छैन। बिक्री गर्न परे आफैले गाउँबाट टाडा सम्म बोकेर सडकमा निकाल्नुपर्छ। यत्रो कष्ट गर्दा पनि मूल्य पनि घट्दो छ” तिनले अझ भने।
यता उक्त बाटो पैह्रोले चुँडीएको खबर प्राप्त भए पछि क्षेत्रका सभासद कल्याण देवानले पैह्रोग्रस्त क्षेत्रको दौडाह गरेको जानकारी प्राप्त भएको छ यद्यपी यसबारे तिनीसंग जान्न खोज्दा कुनै सम्पर्क हुन सकेन। 

Related Posts

0 Response to "बरबोटको बाटो चुँडीएर कालापानी बन्ने अवस्थामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.