-->
पहाडको बिकासमा  गोजमुमो बाधक  – तृणमूल कङ्ग्रेस

पहाडको बिकासमा गोजमुमो बाधक – तृणमूल कङ्ग्रेस

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 सितम्बर। गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाडमा बिकासको कुरा गरेर बिकास कार्यमा भने बाधा दिएको तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ। दार्जीलिङ हिल तृणमूल युवा कङ्ग्रेसका महासचिव छेवाङ भोटीयाले उक्त आरोप लगाउँदै गोजमुमो पार्टीको चरित्र जनताको अघि युवा तृणमूक कङ्ग्रेसले चाँडै उदाङ्गो पार्ने चेतावनी पनि दिएका छन्। ‘गोजमुमोले बिकास गर्छु भन्यो। यसकारण तृणमूल कङ्ग्रेसले पनि पहाडमा बिकास नै चाहेकोले हामीले केही भनेनौँ। तर दुर्भाग्यपूर्ण आज जनतालाई गोजमुमो पार्टीले बिकासकै अवसरबाट बञ्चित राखेको छ’ छेवाङ भोटीयाले भने।
तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाडमा बिकास कार्य गर्न चाहेको कारण कालेबुङको 14 माईल, रिम्बिक अनि मकैबारी क्षेत्रमा ग्रामीण क्षेत्रलाई जोड्ने सडक निर्माणको कार्य उत्तर बङ्गाल बिकास परिषदबाट पारित भएको तर गोजमुमो पार्टीले बिकास कार्य गर्न बञ्चित गरेको भोटीयाले आरोप लगाए। उक्त कार्यको निम्ति टेण्डर समेत भईसकेको तर गोजमुमो पार्टीले जीटीए क्षेत्रमा कार्य गर्न एनओसी चाहिन्छ भन्दै उच्च न्यायलयमा मुद्दा दर्ता गरेको तिनले जनाए।
‘जीटीए गैरसरकारी संगठन जस्तै हो। त्यो भन्दा ठूलो केही हुनै सक्तैन। यहाँ बिकास कार्य बङ्गाल सरकारले गर्न सक्दैन भने के जीटीए अंकै राज्य हो ? वास्तवमा बङ्गाल सरकारनै सर्वोपरी हो’ छेवाङ भोटीयाले भने। एकातिर बिकासको कुरा गर्ने अर्कोतर्फ बिकास कार्य गर्न नदिने जीटीएका सभासदहरूले जनताको बिकासका निम्ति आएको कार्य रोकेर कमिसन खान नपाउँने कार्यहरू बन्द गर्न गर्न खोजेको प्रमाणित भएको पनि भोटीयाले दाबी गरे। ‘यस्तो कार्यको हामी बिरोध गर्छौँ। बिकास कार्यबाट बञ्चित बनेका क्षेत्रका जनता निकालेर सडकमा जुलुस निकालेर गोजमुमो पार्टीको चरित्र उदाङ्गो पार्नेछौँ’ तिनले अझ भने।
यता मोर्चाले दार्जीलिङ पहाडका तीनवटा महकुमा क्षेत्रका मानिसहरूको भविष्य अन्धकारमा पार्न खोजेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेसले जहिले पनि जनताको हितमा काम गर्न खोजेको दाबी गरे। आफूहरूले पहाडका जनताको निम्ति कार्य गर्न खोजे पनि गोजमुमो पार्टीले भने जनतालाई लुट्ने कार्य गरेको तिनले आरोप लगाए। यसक्रममा दिल्लीमा मोर्चाले हजारौँ मानिसहरू थुपारेर सभा गर्ने घोषणा प्रति कटाक्ष गर्दै दिल्लीमा एकहजार जनता पनि मोर्चाले थुपार्न नसक्ने तिनले दाबी गरे।
अर्कोतिर कालेबुङको मेला ग्राउण्डमा चलिरहेको मेला बिषयमा कटाक्ष गर्दै दार्जीलिङ जिल्ला हिल तृणमूल युवा महासचिव छेवाङ भोटीयाले प्रशासन पक्षमाथी पनि औला उठाएको छ। ‘मेला ग्राउण्डमा कुनै पनि राजनैतिक दलहरूलाई मेला आयोजना गर्न महकुमा शाषक अनि पुलिसले अनुमती दिनु हुँदैन। यसले नकारात्मक प्रभाव परीरहेको छ। मेला आयोजना गर्नु भन्दा बरू राम्रो खेल आयोजना गरे असल हुनेछ। यस्तो मेलाले समाजमा नकारात्मक प्रभाव पारीरहेको छ। समाजमा नकारात्म प्रभाव पार्ने कार्यको हामी बिरोध गर्छौँ’ भोटीयाले भने। यस्तो मेला आयोजनाको निम्ति प्रशासनले कतै कमिशन खाएर अनुमती प्रदान गरीरहेको त छैन भन्ने पनि तिनले प्रश्न गरे।

0 Response to "पहाडको बिकासमा गोजमुमो बाधक – तृणमूल कङ्ग्रेस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.