-->
जयगांउमा हत्या: ज़नता उग्र : थानामा आक्रमण पुलिस वाहनमा आगो झोसियो

जयगांउमा हत्या: ज़नता उग्र : थानामा आक्रमण पुलिस वाहनमा आगो झोसियो

नरेन्द्र शर्मा, कालिमन्युज, जयगांउ 14 सितम्वर । अन्तराष्ट्रीय सिमा क्षेत्र जयगांव ग्राम पंचायत एकमा शनिवार राती प्राय 11 बजे डाड़ा गाउ निवासी राज कुमार पाण्डे नामक ब्यक्तीको मृत देह सन्दिग्ध अवस्थामा पाइएपछि यहा गण्डागोल सृष्टि भयो। 
झर्ना वस्तीको छेउको पूलबाट् उक्त मृतदेह पाउन साथ जयगांउका जनता आक्रोसित भए पछि तनाव सृष्टि भयो जसमा आक्रोसित भिडले एउटा पुलिस वाहनमा आगो झोसे। 
यस सम्बन्धमा मृतक् राज कुमार पाण्डेको छोरीसंग सोधपुछ गर्दा गत शनिवार राती 10.20 बजे तिर उनले झर्ना वस्तीको पूल पुगीसके अब घर छिट्टै पुग्छु भनेर घरमा बताएका थिए । पिता राज कुमार पाण्डेलाई ह्त्या गरि सकेको पछिबाट मात्र उनिहरुलाई थाहा भयो। राज कुमारका छोरी रानीले बताए कि घटनाको छनबीन गर्न र हत्यारा पक्रन स्थानिय पुलिसले उति सहयोग नगरेको आरोप लगाउदै भनिन "यस मामलाको बारेमा पुलिसका उच्च अधिकारीसंग सहायता लिएर जाच गर्नको साटो हामीलाई नै पुलिसले धमकी दिइरहेकोछ।" । 
राज कुमार पाण्डे पेसाले एकाउन्टेण्ट् थिए, तिनले यस अघि रोयल भोटाङ सरकारको बिओवी व्यांकमा तथा यस पछि ड्रुक दोकानमा पनि काम गरेका हुन। वर्तमानमा तिनी साना तिना कनट्र्याक्ट्का काम गरेर जीवन यापन गरिरहेका थिए। यस मामलालाई लिएर् आज बिहारी समाज एंव स्थानिय बासीन्दाहरुले जयगांव थाना घेराउ गरे । 
समय बित्दै जादा त्यहा स्थानिय वासीन्दाहरुको भिड़ बड्दै गयो। उग्र भिडले मृतकको शवलाई पोष्ट्मोर्ट्म गर लैजान वाधा दिए एंव पुलिसलाई हत्यारा पकडिने मागमा नारावाजी लगाए। यसै बीच उग्र भिडले पुलिसको कालो रंगको सेन्ट्रो वाहन WB77 A 9405 एंव निलो रंगको भ्यान WB72B- 0005 तोड फोड़ गरे। यसको उपरान्त पुलिसले पक्राउ गरेर राखेको एक रातो रंगको वाहनमा आगो लगाइदिए। उक्त वाहन पूर्ण रूपमा जलेर छेउमा राखिएको भूटानको इक्को BP 1C 3019 एंव एक स्कूल बस पनि एकापट्टि जल्यो। 
आक्रोसत भिड्लाई नियंत्रण गर्न जयगांव पुलिस एव र्‍याफ मिलेर लट्ठी चार्ज गर्दा जनता अझ भड़किए । त्यस पछि वातावरण नियंत्रणदेखि बाहिर जादा आक्रोशित भिडले पुलिस माथि ढुङा मुडा र बोतल फ्याके जसमा दुई पुलिस कर्मी घाइते भएको थाहा लागेकोछ । पुलिसले पनि लट्ठी चार्ज गर्दा चन्द्र शंकर नामक व्यक्तिलाई निकै चोट लाग्यो जसको कारण जनताले जयगांउको दोकान पाट सब बन्द गरे । उनिहरुले भोटाङ्बाट् आउने वाहनहरु पनि रोके । 
घटना र स्थितीको जायजा लिन एस पि आकास मगारीया जयागाउ थाना आइपूगे। तिनले बताए कि एक अज्ञात शव पाए पछि पुलिसलाई जाचबुझ गर्न सहायता गर्नको साटो उल्टा ढुङा मुडा गरियो जो खुबै गलत काम हो यसको निम्ति पुलिस छापामारीमा निकलीसकेकोछ । जो जो यसमा पक्राउ पर्छन उनिहरु विरुद्ध मामला दर्ज हुनेछ अनि भएको नोक्शानको भरपाइ गर्न पर्नेछ । 
राज कुमार पाण्डेको शवलाई अलिपुरद्वार महकुमा अस्पतालमा पोस्ट्मोर्टम गर्न पठाएको छ। राज कुमारको गलामा धारीलो हथियारले काटेर हत्या गरिएकोछ । यस मामला बारे स्थानिय जनतामा सनसनि फैलिएकोछ । राज कुमार पाण्डेका दुई छोरा अविशेक पाण्डे एंव विकास पाण्डे हुन तथा पत्नी आशा देवी पाण्डे हुन । जयगांव पुलिसले थाना आक्रमणको सन्दर्भमा 8 व्यक्तिहरु दिपँकर दर्जी (24 ), सफिद कुमार यादव (25), चरमद शर्मा (22 ), अरविन्द प्रसाद (21 ), मनोज पासवान (23), पपु पासवान (18), चन्द्र कुमार शाहा (21 ) लाई पक्राउ गरेको छ ।

0 Response to "जयगांउमा हत्या: ज़नता उग्र : थानामा आक्रमण पुलिस वाहनमा आगो झोसियो "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.