-->
29 माईलका 15 परिवारहरुलाई सुरक्षित स्थानमा स्थान्तरण हुने प्रशासनको अपिल

29 माईलका 15 परिवारहरुलाई सुरक्षित स्थानमा स्थान्तरण हुने प्रशासनको अपिल

Courtesy: save the hills
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जुलाई 2013। लगातार परिरहेको बर्षाले 31 ए राष्ट्रिय राजमार्ग 29 माईलको अस्तित्व संकटमा पर्न गएको छ। 27 माईल स्थित रहेको टिस्टा जलबिद्युत परियोजना चरण तीनको कारण अहिले टिस्टाको जलस्तर बृद्धि भएको समयमा लगातार परिरहेको बर्षाको कारण 29 माईलवासी मानिसहरुको निम्ति खतरा सृजना भएको छ। 
केहि दिन अघि मात्र एनएचपीसीद्वारा निर्माण गरिएको टिस्टा नदीको किनारमा निर्माण गरिएको सुरक्षा देवाल 29 माईलमा भत्किए पछि उक्त ठाउँ खतराजनक भएको छ। सुरक्षा देवल भत्केको कारण अनि दैनिक परिरहेको अबिरल बर्षाले टिस्टाको जलस्तर बृद्धि भएपछि आखिरमा प्रशासनले 29 माईलका मोठ 15 परिवारहरुलाई सुरक्षित स्थानमा स्तानान्तरण भईदिने अपिल गरेका छन। 
लगातार परिरहेको पानीको कारण टिस्टाको जलस्तर बृद्धि भएपछि प्रशासनले उक्त क्षेत्रको निरिक्षण गरेर नदीको छेउमा स्थित 15 परिवारको निम्ति खतरा भएको अनुभव गरेको छ। यस समबन्धमा आज कालेबुङ महकुमाका अतिरिक्त महकुमा अधिकारी प्रितम लिम्बुले पत्रकार सम्मेलन डाकेर 29 माईलका 15 परिवारलाई यथाशिघ्र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने अपिल गरे। 
यसरी अत्याधिक पानी परिरहेको कारण क्षेत्रका मानिसहरुलाई कुनै पनि समय घातक हुनसक्ने प्रशासनले बुझेपछि उक्त निर्णय लिएको हो। “टिस्टाको जलस्तर बडेको कारण अनि 29 माईल क्षेत्रमा कुनै पनि समय दुर्घटना हुनसक्ने कुरालाई ध्यानमा राखेर प्रशासनले स्थानिय 15 परिवारलाई नजिकै रहेको सुरक्षित स्थानमा स्थानान्तरण गरिदिने अपिल गरेको हो” भनि अधिकारी प्रितम लिम्बुले बताए।

0 Response to "29 माईलका 15 परिवारहरुलाई सुरक्षित स्थानमा स्थान्तरण हुने प्रशासनको अपिल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.