-->
ट्राफिक नियम उल्लंघन गर्नेहरु बिरुद्ध पुलिसको कार्वाही

ट्राफिक नियम उल्लंघन गर्नेहरु बिरुद्ध पुलिसको कार्वाही

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जुलाई 2013। “मामाको घोडा मेरो हि हि” भनेझै बाबु पुलिस रहेको धाक देखाएर नम्बर नलगाएको बाईक हाँक्दै कालेबुङ आईपुगेका भागलपुर्
बिहार निवासी राहुल कुमार झा ट्राफिक पुलिसको फन्दामा फँसेका छन।
केहीदिन अघि मात्र कालेबुङ शहर घुम्न आएका उनी आफ्नै पिताको बाईक हाँकेर कालेबुङ आएका थिए। आफ्नो पिता बिहार पुलिस रहेको बताउँने झाले कालेबुङ आएर बाबु पुलिस रहेको धाँकमा ट्राफिक नियम को समेत पत्तै दिएनन। फलत: केही दिन अघि मात्रै तिनले ट्राफिक नियम तोड्दै नो एन्ट्रि जोनमा पनि बाईक हाँकेर आफ्नो धाक पिटे। नो एन्ट्रि जोनमा बाईक हाँक्ने झालाई स्थानीय चालकहरुले ट्राफिक नियम बताउँदा समेत तिनले पत्तै दिएनन यसको साथै ट्राफिक पुलिसलाई समेत आखाँ छलेर हिडे। 
यसरी आफ्नो बाबु पुलिस रहेको धाक देखाएर ट्राफिक नियम पत्तै नदिई बाईक हाँक्ने झा आज आखिरमा पुलिसको हात परे। 
यहाँको डम्बर चौकमा ट्राफिक ओसी सुजित लामाले ट्राफिक नियम पालन नगर्ने वाहनहरु जाँच गरिरहेको समयमा नम्बर समेत नभएको बाईकमा ठूल ठूलो हेडफोन कानमा खाँदेर म्युजिकको तालमा बाईक हाँक्ने झालाई तत्कालै पक्राउ गरेर बाईकको कागतपत्र माग्दा तिनले उल्टै आफ्नो बाबु पुलिस रहेको धम्किनै दिए। 
यसरी पुलिस बाबुको आडमा नम्बर नभएको बाईक मनपरी हाँक्ने झालाई ट्राफिक ओसी लामाले तत्कालै कार्वाही गर्दै पक्राऊ गरेर यहाँको थानामा पुर्‍याए। तिनी बिरुद्ध ट्राफिक नियम तोडेको आरोपमा पुलिसले मुद्दा दर्ता गरेको छ। यसरी नै ट्राफिक ओसी लामाले आज़ यहाँको बिभिन्न स्थानहरुमा ट्राफिक नियम पालन नगर्ने वाहनहरु बिरुद्ध कार्वाही गरेका छन। 
तिनले आज ट्राफिक् नियम पालन नगर्ने बाईक तथा वाहन मिलाएर एकदर्जन भन्दा धेर कार्वाही भएको जनाएका छन। तिनले कुनै पनि वाहन हाँक्दा मोबाईल फोनमा बात नगर्नु पर्ने हुँदा हुँदै पनि फोनमा बात मार्दै बाहन चलाउँने चालकहरु बिरुद्ध पनि कार्वाही गरेको बताएका छन। 
यसको साथै बाईक कुदाउँदा हेल्मेट नलगाउँनेहरुलाई पनि तिनले बाईक रोक्दै हेलमेट ठिक तरिकाले लगाएर ट्राफिक नियम पालन गर्नुपर्ने अनुरोध गरे।

0 Response to "ट्राफिक नियम उल्लंघन गर्नेहरु बिरुद्ध पुलिसको कार्वाही"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.