-->
ओल्ड सेटलर्स बिरुद्ध प्रशासनले कार्वाही गर्नुपर्ने दुख निवारक सम्मेलनको माग

ओल्ड सेटलर्स बिरुद्ध प्रशासनले कार्वाही गर्नुपर्ने दुख निवारक सम्मेलनको माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 जुलाई। ओल्ड सेटलर्स अफ सिक्किम नामक संगठनले सर्वोच्च न्यायलयमा दर्ता गरेको रिट याचिकाले सिक्किम भित्र अनि बाहिर बिरोधको स्वर चर्किन थालेको छ। एकातिर सिक्कमवासीहरुले उक्त याचिकाको बिरोधमा सडकमा उत्रेर आन्दोलन थालिसकेको छ भने यता दार्जीलिङ पहाडका बिभिन्न संगठनहरुले पनि जोडदार बिरोध गरिरहेको छ। 
यसै सम्बन्धमा आज यहाक़ो दुख निवारक सम्मेलन भवनमा दु:ख निवारक सम्मेलनको एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा ओल्ड सेटलर्स नामक संगठनले दर्ता गरेको याचिकामा सिक्किमका रैथानेहरुलाई बिदेशी भनिएकोमा जोडदार बिरोध संगठनले गरेको छ। यस अवसरमा संगठनका सचिव आर एल त्रिखत्रीले सिक्किमे नेपालीहरुलाई बिदेशी भनिएकोमा संगठनको पक्षबाट तिब्र निन्दा गर्दै प्रशासनले कार्वाही गर्नुपर्ने माग गरेका छन। 
यता संगठनका अध्यक्ष उदय कुमाई अनि प्रमुख संरक्षक पी आर प्रधानले पनि याचिकाको तिब्र निन्दा गरेका छन।

0 Response to "ओल्ड सेटलर्स बिरुद्ध प्रशासनले कार्वाही गर्नुपर्ने दुख निवारक सम्मेलनको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.