-->
डुवर्समा दलबल सहित गोजमुमो समर्थकहरुको काग्रेस पार्टीमा प्रवेश

डुवर्समा दलबल सहित गोजमुमो समर्थकहरुको काग्रेस पार्टीमा प्रवेश

राजेश शर्मा, कालिमन्युज, जयगांउ, 11 जुलाई 2013 । जलपाईगुडी जिल्लाको कालचिनि ब्लकमा पंचायत चुनावको समयमा राजनैतिक परिवर्तन बडी मात्रामा देखिन्दैछ। 26 जुलाईमा हुने चुनाव जति नजिक आउदैछ यहाको राजनैतिक माहोल पनि उति चाखलाग्दो बन्दै गैरहेकोछ।
आज भारत भूटान सिमाना क्षेत्रको काग्रेस पार्टी कार्यलयमा श्री प्रसाद लामाको अध्यक्षतामा आयोजित बिशेष सभामा हजारौले गोजमुमो पार्टी छोडेर् काग्रेस पार्टीको सदस्यता ग्रहण गर्दै काग्रेस पार्टीलाई पंचायत चुनावमा बिजय गराउने निर्णय लिए । 
गोजमुमो पार्टी छोडने नेताहरुमा गणेस बहादुर प्रधान, गोजमुमो नारी मोर्चाका सचिव तुलसा थापाले आज आफ्नो दलबलसंगै गोजमुमो छोडेर काग्रेस पार्टीमा सामील भए। कालचिनि ब्लकका पार्टी अध्यक्ष मोहन शर्माले बताए कि यस कालचिनि ब्लकमा जनतालाई आवश्यक् बिकास केवल काग्रेस पार्टीले मात्र गर्न सकेको छ भने सो गर्न सक्ने क्षमता पनि यसैको मात्र रहेको छ। 
तिनले बताए कि काग्रेस शासनकालमा काग्रेस छोडेर गोजमुमोको सदस्यता लिनेहरुले वास्तवमा पार्टी बदली गरेका थिएनन। केवल जातिको अस्मिताको निम्ति मात्रै उनीहरुले जातिको आन्दोलनलाई साथ दिएका थिए। 
 शर्माले अझ बताउदै भने कि जब गोजमुमोको ममता सरकारसंग आपसी सम्बन्ध बिग्रेको थियो त्यस समय रोसन गिरीले मोहन शर्माको सहायता लिएर भारतको राष्टपतिसंग भेट गराइ माग्न सहायता मागेका थिए । त्यस समय राष्टपतिको आस्वासनमा पहाडमा शान्ती कायम राख्ने अपिलको सहारा लिएर पहाड बँन्द निर्णय वापस लिएका थिए। तर आज तिनले तर तिनको पार्टीले काग्रेसलाई साथ दिनुको बदलामा बदनाम आदि गर्ने काम गरि रहेका छन। यो कुरा जानेर जनताले अब गोजमुमोलाई साथ दिनको साटो काग्रेस पार्टीलाई साथ दिने छ्न, शर्माले भने। 
सभामा दोस्रो बक्ताको रुपमा गोजमुमो त्याग गरेर कुनै पार्टीमा योगदान नदिए बसेका जयगांवका खुबै प्रख्यात् र प्रचलित नेता गणेश बहादुर प्रधानले सोझो निसाना गोजमुमो जन्मदाता बिमल गुरुंङ्लाई बनाउदै भने कि बिमल गुरुङ्ले डुर्वसलाई मुटु हो भन्ने बताए तर डुर्वस साच्चै मुटु हुदो हो ता डुर्वस तराई छोडेर जीटीए न ता लिने थिए नता ज़ीटीएको कमान सम्भाल्ने थिए। बिना डुर्वस कुनै पनि सम्झौता हुदैन भन्ने बिमल गुरुंगले चौकीको लालचमा जीटीए लिएका हुन। भोटको राजनीति गर्दिन भन्ने गुरुङ् आज किन भोट माग्दै डुर्वस आएत, उनले ठाडो प्रश्न गरे। 
यदि डुर्वस र डुवर्सका जनता प्रति उनमा ममता हुदो हो ता आन्दोलन गर्ने बहानाको सट्टा सिधा साधा जनतालाई झुक्क्याउदै फसाउने काम गर्ने थिएनन । बिमल गुरुंग ममता ब्यानर्जीसंग बेचि सकेका छन तथा घरि घरि भ्यारीफिकेसन कमिटिको बहाना देखाएर् मानिसहरुलाई गुमराह् गर्दैछन भन्ने दोष पनि तिनले लगाए। 
सभामा पुर्व नारी मोर्चा नेत्री तुलसा थापाले गोजमुमो छोडनुको कारण उजागर गर्दै भने कि आज गोजमुमोले भोटमा उम्मिव्दार चुन्नमा गलत काम गरेर र उचित व्यक्तिलाई भोटमा खडा गरेको छैन यसैले मैले पार्टी त्याग गरेको हु। जिल्ला परिषदको सिटमा लोकप्रिय तथा प्रख्यात नेता मोहन शर्मालाई बिजय बनाउने अपिल पनि गरिन। सभामा प्रमुख अतिथिको रुपमा प्रदेस काग्रेसका नेता बिश्व रंजन सरकार,महमद अब्बास, श्री प्रसाद, रेनु लामा, जंग बहादुर लामा लगायत हजारौ जनता उपस्थीत थिए ।

Related Posts

0 Response to "डुवर्समा दलबल सहित गोजमुमो समर्थकहरुको काग्रेस पार्टीमा प्रवेश"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.