-->
सिक्किम क्रान्तिकारी मोर्चा  कार्यकर्ताको कालेबुङमा पकाउ

सिक्किम क्रान्तिकारी मोर्चा कार्यकर्ताको कालेबुङमा पकाउ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 जून । पश्चिम सिक्किमका जिल्लाध्यक्ष देविका सुब्बाको वाहन तोडफोड काण्डका मुख्य आरोपी अजित राई आज कालेबुङमा पक्रा परेका छन। आरोपी अजित राई यहाको 11 माईल स्थित आफन्तको घरमा आएर बसेका थिए। तिनी यहाँ आएको गोप्य सूचनाको आधारमा सिक्किम पुलिसले कालेबुङ पुलिसको सहयोगमा सक्रियता अप्नाउँदै तिनलाई पक्राउ गरेको बताइएको छ्।


तिनलाई लग भग बिहान साँढे आठ बजेतिर पक्राउ गरेको थियो। घटनाका आरोपी राईलाई पक्राउ गर्न जोरथाङ पुलिस थानाका एस आई प्रकाश प्रधान आफ्नो दलबल सहित आएका थिए। पक्रा पर्ने आरोपी राई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का सक्रिय कार्यकर्ता रहेको थाहा लागेको छ। यस बिषयमा एस आई प्रकाश प्रधान सित जान्न चाहँदा तिनले अजित राई घटनाका मुख्य आरोपी रहेको बताउँदै पक्रा परेको पुष्टि गरेका छन। 
गत 24 जूनका दिन जोरथाङ बजारमा पश्चिम जिलाअध्यक्ष देविका सुब्बाको वाहन तोडफोड गरिएको घटनामा यी 20 बर्षीय युवक मुख्य आरोपी रहेको एस आई प्रधानले जनाए। जोरथाङ पुलिसको दलले कालेबुङ पुलिसलाई आज बिहान सूचित गरेपछि आरोपी युवकलाई पक्राउ गरेको हो। 
तिनलाई आज बिहान यहॉंको एसीजेएम कोर्टमा ट्रान्जिट रिमाण्डको निम्ति पेश गरिएको थियो। तिनीविरुद्ध पीसीपीपी-1984 कानूनको धारा तीन अन्तर्गत मामिला दर्ता गरिएको छ। सिक्किम पुलिसको ट्रान्जिट रिमाण्डको आवेदन स्वीकार गर्दै कोर्टले अनुमति दिएपछि आरोपी युवकलाई सिक्किम लगिएको छ।

0 Response to "सिक्किम क्रान्तिकारी मोर्चा कार्यकर्ताको कालेबुङमा पकाउ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.