-->
अन्तत: मानिसहरूले पाए पर्जा-पट्टा; बिनय तामाङले भने – ‘बिभ्रान्तिमा पार्ने वक्तव्य दिनुहुँदैन’

अन्तत: मानिसहरूले पाए पर्जा-पट्टा; बिनय तामाङले भने – ‘बिभ्रान्तिमा पार्ने वक्तव्य दिनुहुँदैन’

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 30 मई। मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणा पछि आज बनबस्तीका मानिसहरूलाई पर्जा-पट्टा वितरण गरिएको छ। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत हनुमान मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर उक्त पट्टा वितरण गरिएको हो। जीटीए क्षेत्रमा बसोबास गर्ने 256 जना भूमीहिन मानिसहरूसँगै 11 जना बनबासीहरूले उक्त जमिनको पट्टा पाएका छन्। 
कार्यक्रममा राज्यका मन्त्री अरूप विश्वास, जीटीए अध्यक्ष बिनय तामाङ आदिको बाहुलीबाट उक्त पट्टा वितरण गरिएको थियो। कार्यक्रममा जीटीए उपाध्यक्ष अनित थापा, राज्य सभा सांसद शान्ता छेत्री, विधायक सरिता राई, सञ्चबीर सुब्बा आदि उपस्थित रहेका थिए। जिल्लापाल डा. विश्वनाथले स्वागत सम्बोधन राख्दै कालेबुङ जिल्ला गठनपछि सरकारले पहिलोपल्ट मानिसहरूलाई पर्जा पट्टा वितरण गरिरहेको अनि यो जिल्लावासीका निम्ति अत्यन्तै हर्षको दिन रहेको बताए।
जीटीए क्षेत्रमा बसोबास गर्ने 168 बनबस्तीका मानिसहरूलाई पर्जापट्टा दिने घोषणा गरिए पनि आजको कार्यक्रममा केवल 11 जना बनबासीहरूलाई मात्र पट्टा वितरण गरिएको छ। अन्य 256 जना मानिसहरूलाई पनि पट्टा वितरण गर्न कार्य भए पनि उनीहरू भने बनबस्तीका बासिन्दाहरू भने होइनन्। कार्यक्रममा कालेबुङ खण्ड-1 का 84 जना अनि खण्ड-2 का 172 जना गरेर मोठ 256 जना मानिसहरूलाई पश्चिम बङ्गाल सरकारको निजो गृह निजो भूमी योजना अन्तर्गत पट्टा वितरण गरिएको थियो। यद्यपी यता 168 वटा बनबस्तीहरूबाट भने केवल 11 जना मानिसहरूले मात्र पट्टा पाएका छन् तर यसमा खतियान नम्बर, जे.एल नम्बर केही उल्लेख गरिएको लेखिएको छैन। यत 256 जना भूमिहिन मानिहरूलाई वितरण गरिएको पट्टामा भने खतियान नम्बर अनि जे.एल नम्बर दुवै उल्लेख रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अरूप विश्वासले आजको दिनलाई ऐतिहासिक दिन बताउँदै मुख्यमन्त्री ममता ब्यानर्जी मात्र यस्तो नेता हुन् जसले भाषण भन्दा कार्यमा बेसी जोड दिने गरेको दाबी गरेका छन्। उनले आज पहिलो चरणमा 311 जना मानिसहरूले आफ्नो जमिनको पट्टा पाएको दाबी गर्दै भविष्यमा अन्य सबैले आफ्नो जमिनको पट्टा पाउने पनि बताएका छन्। ‘भारतमा भाषण दिने नेताहरू धेरै छन् तर, मुख्यमन्त्री ममता ब्यानर्जी भाषण होइन कार्य गर्छन्’ मन्त्री विश्वासले भने। पहाडका बिकासको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी गम्भीर रहेको भन्दै उनको बिकास कार्यलाई सबैले साथ दिनुपर्ने आह्वान पनि गरे।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए अध्यक्ष बिनय तामाङले पट्टा वितरणको कार्यले सम्पूर्ण भूमीहिन मानिसहरू सँगै बनबासीहरूको दिर्घकालिन समस्या समाधान भएको दाबी गर्दै आफुहरूले गरेको प्रत्येक कार्यलाई राजनैतिक चश्माले हेरेर जनतलाई भ्रममा पार्ने वक्तव्य दिनु नहुने बताएका छन्। ‘कतिपय मानिसहरूले पर्जापट्टालाई लिएर भ्रान्तिमूलक वक्तव्यहरू दिइरहेका छन्। यसरी जेसुकै भनेर मानिसहरूलाई भ्रममा पार्ने कार्य गर्नुहुँदैन’ बिनय तामाङले भने।

Related Posts

0 Response to "अन्तत: मानिसहरूले पाए पर्जा-पट्टा; बिनय तामाङले भने – ‘बिभ्रान्तिमा पार्ने वक्तव्य दिनुहुँदैन’"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.