-->
नेपाली चलचित्रका निम्ति पहिलो अडिसन सम्पन्न  ....स्थानीय कलाकारहरूलाई प्लेटफार्म दिन चाहन्छौँ – अन्मोल गुरुङ

नेपाली चलचित्रका निम्ति पहिलो अडिसन सम्पन्न ....स्थानीय कलाकारहरूलाई प्लेटफार्म दिन चाहन्छौँ – अन्मोल गुरुङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 मार्च।  माउन्टेन पिक्चर्सको व्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्रका निम्ति पहिलो अडिसन सम्पन्न भएको छ। कालेबुङका युवा निर्देशक अन्मोल गुरुङको निर्देशनमा सम्पन्न हुने उक्त नेपाली चलचित्रमा प्रख्यात कलाकार दयाहाङ राई मुख्य भूमिकाको रूपमा देखिनेछन्। दश माइल नजिक ‘सिनेमा क्याफे’मा आयोजित अडिसनमा दार्जीलिङ, गान्तोग, सिलगडी, मिरिक, कालेबुङ लगायत नेपालबाट आएका कलाकारहरू अडिसनमा भाग लिएका थिए।

‘हाम्रै ठाउँबाट एउटा स्तरीय नेपाली चलचित्र निर्माण गर्न सक्छौँ भन्ने लागेको हो। त्यसपछि यो चलचित्र निर्माणको प्रक्रिया आरम्भ भएको छ। हामीलाई चलचित्रमा धेरै चरित्रहरू चाहिएको छ। त्यहीँ चरित्रहरूको खोजी गर्न अनि स्थानीय कलाकारहरूलाई ठूलो मञ्च प्रदान गर्न यसरी अडिसन आयोजना गरेका हौँ’ चलचित्रका निर्देशक अन्मोल गुरुङले भने। ‘हाम्रो चलचित्रमा अहिलेका चर्चित्र कलाकार दयाहाङ राईले अभिनय गर्नेछन्। उनीसँग मिल्ने चरित्रहरू हामीले खोजिरहेका छौँ’ अन्मोल गुरुङले थप भने।

नेपाली चलचित्रमा प्राकृतिक कला प्रस्तुत गरेर सबैको मन जितिसकेका ‘दयाहाङ राई’ मुख्य भूमिका रहने उक्त चलचित्रमा काम गर्नका निम्ति अडिसनमा मोठ 30 जना कलाकारहरूले भाग लिएका थिए। अडिसनमा भाग लिनेहरूमध्ये धेरैले नै कलाकार दयाहाङ राईसँग चलचित्रमा काम गर्ने सपना रहेको बताएका थिए। ‘चलचित्रमा कलाकारको मात्रै आवश्यक्ता होइन् तर, तक्निकी सहायकहरूको पनि आवश्यक्ता छ। हामीले तक्निकी सहायकहरू पनि खोजेका हौँ’ अन्मोल गुरुङले अझ भने।

यता माबो चेम्जोङले अडिसनमा आउनेहरूमा धेरै जोश देखेको बताए। ‘धेरै कलाकारहरू आएर अडिसनमा भाग लिए। त्यसमध्ये कसैसँग केवल रहर मात्र थियो भने कसैसँग साँच्चै नेपाली चलचित्रमा काम गर्छु भन्ने उत्साह थियो। यसमध्ये सम्भावना धेरै भएका कलाकारहरू पनि अडिसनमा आएका थिए’ चेम्जोङले भने।

Related Posts

0 Response to "नेपाली चलचित्रका निम्ति पहिलो अडिसन सम्पन्न ....स्थानीय कलाकारहरूलाई प्लेटफार्म दिन चाहन्छौँ – अन्मोल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.