-->
विकास राज्य सरकारको भीख होइन – विशाल राई

विकास राज्य सरकारको भीख होइन – विशाल राई


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ26 मार्च।  पहाडमा गरिने विकास कार्य राज्य सरकारको भीख होइन, जनताले पाउनुपर्ने अधिकार होउक्त कुरा जन आन्दोलन पार्टीका युवा एकाई केन्द्रिय सदस्य विशाल राईले भनेका हुन्। उनले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अहिलेघरी पहाडमा जीटीए मार्फत् राज्य सरकारले गरिरहेको विकास कार्य भीख जस्तै गरेर पहाडका जनतालाई  दिन खोजेको आरोप समेत लगाएका छन्।
विकास मुख्यमन्त्रीले दिने भीख होइन। विकास चैँ सरकारले दिनुपर्ने जनताको अधिकार होविशाल राईले कटाक्ष गर्दै भने। जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापाले अहिलेघरी पहाडमा गरिने विकास कार्यहरू राज्य सरकारबाट भीखका रूपमा थापेको आरोप लगाउँदै उनीहरूले पहाडका गरिने सम्पूर्ण विकास कार्यहरूलाई अधिकारको रूपमा ग्रहण गर्नुपर्ने सुझाव पेश गरेका छन्।
विकासलाई जनताको अधिकारको रूपमा थाप्न सक्नुपर्छ भीखको रूपमा होइनराईले थप भने। यसक्रममा दार्जीलिङ पहाडमा चलेको 105 दिनको बन्दमा राज्य सरकारले उच्च न्यायालयमा 350 करोड  रूपियाँ दस दिनमा नोक्सानी भएको रिपोर्ट दर्ता गरेको भन्दै जुन रिपोर्टको आधारमा राज्य सरकारले 4 हजार करोड वार्षिक आय पहाडबाट गरेर विकासको निम्ति भने 2 सय करोड दिने गरेको पनि उनले आरोप लगाएका छन्।
जनताले विकासको निम्ति सरकारी राजनैतिक दलको झण्डा पक्रिने आवश्यक्ता छैन। विकासको निम्ति जीटीए पन्थी गोजमुमोको झण्डा पक्रिनुपर्छ भन्ने पनि छैनविशाल राईले राज्य सरकारको तिव्र आलोचना गर्दै भने। गणतन्त्र भारतमा जनताले कुनै पनि राजनैतिक पार्टी गर्नपाउने आफ्नो संवैधानिक अधिकार हुँदा हुँदै पनि पहाडमा भने राज्य सरकारले अन्य राजनैतिक दलहरूलाई जनसभा र स्थापना दिवस समेत पालन गर्न नदिएर गणतन्त्रको हत्या सँगै संवैधानिक अधिकारको हनन् गरिरहेको उनले आरोप लगाएका छन्। विकासको निम्ति सरकारी दलको झण्डानै पक्रिनुपर्छ भन्ने बाध्यता जनतालाई गराउनुहुँदैनराईले अझ भने।
अर्कोतर्फ उनले 105 दिनको बन्द पछि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन समाप्त भयो भनि मानिसहरूले टिप्पणी गरेको भन्दै वास्तवमा जनता आफैले पनि गोर्खाल्याण्डको मुद्दालाई कुन ठाउँमा पुर्‍याउनुपर्छ भनेर कहिले अघि नबडेरेको दुखेसो पोखेका छन्। वास्तवमा हामी टिप्पणी मात्रै गर्छौँ। तर, मुद्दालाई कुन ठाउँमा पुर्‍याउनुपर्छ भनेर कार्य गर्दैनौँराईले भने। हामीले गोर्खाल्याण्डको निम्ति काम गर्नपर्छ भने दिल्लीमा गर्नुपर्छ। दिल्लीको सडकमा धर्ना मात्र होइन तर सांसदहरूलाई भेटेर संसद भवनमा उठाउने पहल गर्नुपर्छउनले थप भने। तथापी यस्तो महत् कार्य भने अन्य दलका नेताहरूले भने आजसम्म नगरेको उनले आरोप लगाएका छन्।
जन आन्दोलन पार्टीले दिल्लीको संविधान भवनमा देशका विभिन्न राजनैतिक दलका नेताहरूलाई लिएर गोर्खाल्याण्डको आवश्यक्ताबारे अवगत गराउने कार्य गरेको छ। उनीहरूले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्दै संसदमा उठाउने आश्वासन पनि दिएका छन्विशाल राईले अझ भने। यसक्रममा अन्य राजनैतिक दलका नेताहरूले पनि दिल्लीमा अन्य राजनैतिक दलका सांसदहरूसँग भेटघाट गरेर समर्थन बटुल्ने कार्य गर्नुपर्ने आह्वान राईले गरेका छन्। जापको झण्डामा दिल्ली जानुपर्छ भन्ने होइन्, तर आ-आफ्नै दलको झण्डामा गोर्खाल्याण्डको निम्ति दिल्लीको संसद भवनमा आवाज पुर्‍याउन सही कार्य गर्नुपर्छविशाल राईले भने।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले आगामी वर्ष हुने लोकसभा चुनाव महत्वपूर्ण हुने पनि बताएका छन्। आगामी लोकसभा चुनावले गोर्खाल्याण्ड मुद्दाको दशा र दिशा समेत निर्धारण गर्नेछ। एकातिर गोर्खाल्याण्ड विरोधी राज्य सरकार छ भने अर्कोतर्फ केही भएपनि गोर्खाल्याण्डको निम्ति काम गर्ने दलहरू छन्। उनीहरू सबै मिलेर यस विषयमा पनि उचित पहल गर्नुपर्ने आजको आवश्यक्ता होविशाल राईले भने।
यता पत्रकार सम्मेलनललाई जाप युवा अध्यक्ष विरू तामाङ, प्रवक्ता नरेश राईले पनि सम्बोधन गरेका थिए। हामी पहाडमा गोर्खाल्याण्ड भन्छौँ तर, दिल्लीमा गोर्खाल्याण्ड भन्ने दलहरूले कति कार्य गरे भनेर हेर्दा शुन्य रहेको छ। हामीले जिताएर पठाएका सांसदले समेत केही कार्य गरेको छैननरेश राईले भने। यसक्रममा आफुहरूले दिल्लीमा यसवर्ष गरेको कार्य सफल भएको दावी गर्दै देशका विभिन्न राजनैतिक दलका सांसदहरूले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गरेको दाबी गरेका छन्।

Related Posts

0 Response to "विकास राज्य सरकारको भीख होइन – विशाल राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.