
कालेबुङमा थप चारवटा स्थानहरू धरोहर सूचीमा सामेल
![]() |
ज्योती घोष |
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 मार्च। पश्चिम बङ्गालको धरोहर आयोगले कालेबुङ जिल्लाका 4 वटा ऐतिहासिक स्थानहरूलाई राज्यको धरोहर सूचीमा समावेश गर्ने भएको छ। यसभन्दा अघि कालेबुङ जिल्लाको डाक्टर ग्राहाम्स होम्स स्थित क्याथरिन ग्राहम मेमोरियल च्यापललाई राज्य स्तरीय धरोहर सूचीमा समावेश गरेको थियो भने पुन: अन्य चारवटा स्थानहरूलाई राज्य स्तरीय धरोहर सूचीमा गाभ्ने पहल गरेको छ।
क्याथरिन ग्राहम मेमोरियल च्यापलपछि कालेबुङको गौरीपूर हाउस, चित्रभानु, दालिमगडी अनि दामसाङगडीलाई हेरिटेजको दर्जा दिइने भएको जिल्ला कार्यालयका पर्यटन विभाग प्रभारी ज्योती घोषले जानकारी दिएका छन्। उनले एक पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका हुन्।
पश्चिम बङ्गाल धरोहर आयोगले एउटा अधिसूचना जारी गरेर कालेबुङको चारवटा अनि अन्य विभिन्न स्थानका 9 वटा गरेर मोठ13 वटा स्थानलाई धरोहर सूचीमा सामेल गर्ने भएको घोषले स्पष्ट पारेका छन्। धरोहर आयोगले जारी गरेको अधिसूचनामा खरसाङको गिद्देपहाडस्थित शरतचन्द्र बोस हाउसलाई पनि जिल्ला धरोहरको मान्यता दिने पहल गरेको छ। राज्यको धरोहर आयोगले जारी गरेको अधिसूचनामा यदि तीस दिनसम्ममा कसैले कुनै आपत्ति नगरेको खण्डमा उक्त सूचीमा रहेकाहरू स्वत: धरोहरको सूचीमा समावेश हुने पनि स्पष्ट पारेको छ।
‘कालेबुङका चारवटा स्थानलाई धरोहरको मान्यता दिन धरोहर आयोगले गरेको पहल ठूलो उपलब्धि हो’ ज्योति घोषले भने। ‘राज्यभित्रका 13 वटा प्रस्तावित धरोहरका रूपमा रहेकाहरूमध्ये 4 वटा स्थान कालेबुङलाई दिनु ठूलो कुरा हो’ घोषले अझ भने। यद्यपी उनले उक्त अधिसूचनामा समय सिमा तोकिएको कारण यदि कसैलाई पनि यो विषयमा कुनै आपत्ती रहेको छ भने धरोहर आयोगलाई बताउन सक्ने पनि स्पष्ट पारेका छन्।
0 Response to "कालेबुङमा थप चारवटा स्थानहरू धरोहर सूचीमा सामेल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.