-->
गणतन्त्र दिवस भव्य पालन गर्नेछौँ – जिल्लापाल डा. विश्वनाथ

गणतन्त्र दिवस भव्य पालन गर्नेछौँ – जिल्लापाल डा. विश्वनाथ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 5 जनवरी। कालेबुङ जिल्ला गठनपछि पहिलोचोटी जिल्ला प्रशासनले गणतन्त्र दिवसलाई भव्यताको साथ पालन गर्ने निर्णय लिएको छ। कालेबुङमा पालन गरिने विराट स्वतन्त्रता दिवसकै प्रारुपमा यसपल्ट गणतन्त्र दिवस पालन गर्ने जिल्ला प्रशासनले निर्णय लिएको हो। जिल्लापाल डा. विश्वनाथको विशेष उपस्थितिमा कालेबुङ जिल्लापालको कार्यलयमा बसेको वैठकले गणतन्त्र दिवसलाई भव्यतासँग पालन गर्ने निर्णय लिएको हो। वैठकमा अतिरिक्त जिल्लापाल हरिशंकर पाणिकर, महकुमा अधिकारी निर्मलय घरामी, जिल्ला सूचना एवम् सांस्कृतिक अधिकारी दिपक केरकेट्टा लगायत विभिन्न विद्यालय, महाविद्यालय सँगै विकास बोर्डका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।

‘कालेबुङ जिल्ला गठनपछि पहिलोपल्ट गणतन्त्र दिवस पालन गर्न गइरहेका छौँ। नयाँ जिल्ला गठनपछि गणतन्त्र दिवस पहिलोचोटी पालन गर्नलागेका हौँ। यसकारण नयाँ जिल्लामा हामी यस गणतन्त्र दिवसलाई स्वतन्त्र दिवस झैँ भव्यतासँग पालन गर्नेछौँ’ जिल्लापाल डा. विश्वनाथले भने। उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा नयाँ जिल्ला गठन पछि पहिलोचोटी पालन गरिने गणतन्त्र दिवस समारोहमा सम्पूर्ण जिल्लावासीले आफ्नो सहभागीता जनाउनुपर्ने अपिल पनि गरेका छन्। जिल्लापाल डा. विश्वनाथले उक्त गणतन्त्र दिवस समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको समागम सँगै अन्य आकर्षक कार्यक्रमहरू पनि सम्पन्न हुने जानकारी दिँदै जिल्लावासीले सक्रियतासँग सहभागिता जनाएर नयाँ जिल्ला गठनपछिको पहिलो गणतन्त्र दिवस समारोहलाई सफल पार्नुपर्ने आह्वान गरेका छन्।

अर्कोतर्फ गणतन्त्र दिवसलाई भव्यताको साथमा पालन गर्नका निम्ति पश्चिम बङ्गाल सरकारद्वारा गठन गरिएका विकास बोर्डहरूले पनि सक्रियतासँग भाग लिने अनि उक्त दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न हुने मङ्गर विकास बोर्डका अध्यक्ष नवीन मङ्गरले बताएका छन्। ‘नवगठित कालेबुङ जिल्लाको पहिलो गणतन्त्र दिवस समारोहमा पश्चिम बङ्गाल सरकारद्वारा गठन गरिएका सम्पूर्ण विकास बोर्डहरूले पनि सहभागीत जनाउँनेछ। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती सँगै विविध कार्यक्रमहरूको प्रस्तुती हुने तय भएको छ’ मङ्गर विकास बोर्डका अध्यक्ष नवीन मङ्गरले भने। यता गणतन्त्र दिवसलाई भव्यताको साथ पालन गर्नमा कालेबुङ नगरपालिकाले पनि विशेष भुमिका निर्वाह गर्ने नगर उपाध्यक्ष भिम अग्रवालले बताएका छन्।

0 Response to "गणतन्त्र दिवस भव्य पालन गर्नेछौँ – जिल्लापाल डा. विश्वनाथ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.