
लोक संस्कृति औ गीति नाटक उत्सव आरम्भ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 5 जनवरी।कालेबुङ जिल्ला सूचना एवम् सांस्कृतिक विभागको आयोजनामा तीन दिवसीय लोक संस्कृति औ गीति नाटक उत्सव आरम्भ भएको छ। यहाँको मेला ग्राउण्डमा सुरु भएको उक्त कार्यक्रमको आज जिल्लापाल डा. विश्वनाथले उद्घाटन गरेका छन्।
मुख्य अतिथिका रूपमा उपस्थित जिल्लापाल डा. विश्वनाथले कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङका कलाकारहरूको मुग्ध कण्ठले प्रशंसा गरेका थिए। जिल्लापाल डा. विश्वनाथले कालेबुङ जिल्लामा राम्रा राम्रा लोक कलाकारहरू रहेको बताउँदै अहिलेघरी पश्चिम बङ्गाल सरकारद्वारा लोक प्रसार पक्रल्प योजना मार्फत् मोठ 449 जना लोक कलाकारहरूलाई सरकारी सहयोग प्रदान गर्दै आएको पनि बताए।

कार्यक्रमबारे बोल्दै जिल्ला सूचना एवम् सांस्कृतिक विभाग अधिकारी दिपक केरकेट्टाले जनजातीय परम्परा र लोक संस्कृतिलाई बचाएर राख्नका निम्ति सरकारले विविध कार्यक्रमहरू आयोजना गर्दै आएको जानकारी गराउँदै यस तीन दिवसीय कार्यक्रममा लोक संस्कृतिकै प्रस्तुती हुने बताएका छन्। उनले नेपाली लोक परम्परामा आधारित ‘जीवन जात्रा’ कार्यक्रम मार्फत् नेपाली संस्कृतिलाई प्रस्तुती दिँने पनि जानकारी गराएका छन्।
यसक्रममा उनले तीन दिवसीय उत्सवमा विविध लोक परम्पराम आधारित सांस्कृतिक परम्पराको प्रस्तुती सँगै कोलकोताबाट आएका टोलिले पनि सांस्कृतिक प्रस्तुती दिने बताएका छन्।
0 Response to "लोक संस्कृति औ गीति नाटक उत्सव आरम्भ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.