
दुई दिवसिय वैज्ञानिक मेला आरम्भ .... आजको निर्माण भोलि राष्ट्रको सम्पदा हुनसक्छ – डा. विश्वनाथ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 4 जनवरी। कालेबुङ जिल्लाभरीका उच्चमाध्यमिक, उच्चतर माध्यमिक अनि महाविद्यालयका विद्यार्थीवर्गलाई लिएर कालेबुङ विज्ञान केन्द्रमा दुई दिवसिय विज्ञान मेला सुरु भएको छ। दुई दिवसीय विज्ञान मेलाको आज कालेबुङ जिल्लापाल डा. विश्वनाथले रिबन काटेर उद्घाटन गरेका थिए। कालेबुङ खण्ड एक, खण्ड दुई, अनि खण्ड तीन लगायत कालेबुङ नगरपालिका क्षेत्रबाट मोठ 31 वटा विद्यालय अनि 3 वटा महाविद्यालयका विद्यार्थीवर्गले दुई दिवसीय विज्ञान मेलामा भाग लिएका छन्। आजदेखि सुरु भएको दुई दिवसीय विज्ञान मेलामा विद्यार्थीवर्गमाझ वैज्ञानिक उपकरणहरूको प्रतियोगिता सँगै प्रदर्शनी गरिएको छ। दुई दिवसिय विज्ञान मेलाको उद्घाटन समारोहमा जिल्लापाल डा. विश्वनाथ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव, अतिरिक्त जिल्लापाल हरिशंखर पाणिकर, विज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
कालेबुङ जिल्ला गठनपछि पहिलोचोटी आयोजित उक्त विज्ञान मेलामा सहभागी बनेका 31 वटा विद्यालय अनि तीनवटा महाविद्यालयका विद्यार्थीवर्गले निर्माण गरेका वैज्ञानिक उपकरणहरूको प्रदर्शनीमा प्रथम हुनेलाई राज्य स्तरीय विज्ञान मेलामा लगिने भएको छ। विज्ञान मेलामा सहभागी बनेका विद्यार्थीवर्गले मानिसहरूको दैनन्दिन जीवनमा लागु हुनसक्ने वैज्ञानिक उपकरणहरूको प्रदर्शनी गरेका छन्। विज्ञान मेलाको उद्घाट्न पछि जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजितसिंह यादव लगायत अन्य अतिथिवर्गले विद्यार्थीवर्गद्वारा निर्मित वैज्ञानिक उपकरणहरूको परिदर्शन गरेका थिए।
‘कालेबुङ जिल्ला गठनपछि पहिलोचोटी विज्ञान मेला सम्पन्न भएको हो। यहाँ विद्यार्थीवर्गद्वारा निर्मित वैज्ञानिक उपकरणहरू मध्ये प्रथम हुनेलाई राज्य स्तरीय प्रतियोगितामा लगिनेछ’ जिल्लापाल डा. विश्वनाथले कार्यक्रमलाई सम्बोधन गर्दै भने। मानिसको जीवनमा वैज्ञानिक उपकरण महत्वपूर्ण रहेको छ भन्दै कालेबुङ जिल्लामा रहेको विद्यार्थीवर्गको वैज्ञानिक सिर्जनशिलतालाई बाहिर निकाल्नलाई यसरी वैज्ञानिक मेला आयोजना गरेको पनि बताएका छन्। ‘कालेबुङ लगायत पहाडका विद्यार्थीवर्गमा जोडदार प्रतिभा छन्। उनीहरूको प्रतिभालाई राष्ट्र स्तरमा पुर्याउन यसरी वैज्ञानिक मेला जस्ता कार्यक्रम गरेका हौँ’ डा. विश्वनाथले अझ भने। विद्यार्थीवर्गमा रहेका वैज्ञानिक सिर्जनशिलताद्वारा निर्मित सानो देखिने सामग्री भविष्यमा राष्ट्रको निम्ति ठूलो उपलब्धि बनिन सक्ने भन्दै वैज्ञानिक उपकरण निर्माण गर्न रुची राख्ने विद्यार्थीवर्गलाई विभागीय पक्षबाट प्रोत्साहन अनि सहयोग प्रदान गर्ने पनि बताएका छन्।
यता कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले विद्यार्थीवर्गलाई वैज्ञानिक उपकरण निर्माण गर्न चाहनेहरूले आफ्नो सिर्जनात्मक क्षमता अनुसार निर्माण गर्नुपर्ने भन्दै त्यहीँ वैज्ञानिक उपकरणले भविष्यमा वैज्ञानिक बनाउँन सकिने बताएका छन्। ‘देख्नमा सानो हुनसक्ने तपाईँ विद्यार्थीहरूले निर्माण गरेको वैज्ञानिक सामाग्री ठूलो कार्य गर्न सक्ने हुन सक्छ। यसकारण यहाँ आफ्नो प्रतिभा देखाएर राज्य स्तरमा प्रदर्शनीमा उत्कृष्ट बन्न सके त्यहीँ उपकरण भविष्यमा राष्ट्रको सम्पत्ति बनिन सक्नेछ जसले आफैलाई वैज्ञानिक समेत बनाउनेछ’ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भने।
0 Response to "दुई दिवसिय वैज्ञानिक मेला आरम्भ .... आजको निर्माण भोलि राष्ट्रको सम्पदा हुनसक्छ – डा. विश्वनाथ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.