-->
खस जनजातिको सङ्घले जनजातिको मुद्दालाई सर्वभारतीय स्तरमा अघि बडाउने

खस जनजातिको सङ्घले जनजातिको मुद्दालाई सर्वभारतीय स्तरमा अघि बडाउने


डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 नोभेम्बर। खस जनजाति सङ्घले सम्पूर्ण 11 वटा जात गोष्ठिलाई सर्वभारतीय स्तरमा जनजातिको मर्यादा दिनुपर्ने मागमा अभियान चलाउने निर्णय लिएको छ। खस जनजाति सङ्घको सभामा उक्त निर्णय लिइएको सचिव अरुण छेत्री अनि सल्लाहकार विष्णु छेत्रीले जानकारी दिएका छन्। 
‘खस जातिले जनजातिको मर्यादा पाउनुपर्छ। यसका साथै हामी खससँग सम्पूर्ण 11 वटा जातिलाई नै भारत सरकारले जनजातिको मान्यता दिनुपर्छ भन्ने माग गर्दछौँ’ सचिव अरुण छेत्रीले भने। उनले जनजातिको मागमा सङ्गठनले सर्वभारतीय स्तरमा नै कार्यक्रम गर्ने पनि बताएका छन्।  खस जनजाति सङ्घले विगत आठवर्षदेखि जनजातिको मागमा आन्दोलन गरिरहेको बताउँदै अब राष्ट्रव्यापी स्तरमा अघि बडाउने सभाले निर्णय गरेको उनले स्पष्ट पारेका छन्।
अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सङ्गठनका सल्लाहकार विष्णु छेत्रीले सम्पूर्ण गोर्खा जाति अघिबाटै जनजाति भएको कारण सरकारले झट्टै अघिबाटै जनजातिको मान्यता पाएका गोर्खा जातिलाई सर्वभारतीय स्तरमा जनजातिको मर्यादा दिनुपर्ने माग गरेका छन्। आफुहरूले यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जनजाति मन्त्री जोएल ओरामलाई पत्राचार गरिसकेको बताएका छन्। 
‘आउँदो संसदको कार्यमा हामी जनजातिको मान्यताको निम्ति संसद धर्नामा जाने तयार गर्दैछौँ’ विष्णु छेत्रीले भने। ‘सन् 1931 देखि 54 सम्म गोर्खाहरू जनजाति नै थिए। दुर्भाग्यवस ल्याण्ड एबजर्ब एक्ट 1954 ले जनजातिको मर्यादा खोसिदिएको हो। हामीलाई अघिबाटै प्राप्त जनजातिको मान्यता सरकारले सर्वभारतीय स्तरमा दिनुपर्छ’ विष्णु छेत्रीले अझ भने। 
सम्पूर्ण 11 गोर्खा जातिका जात गोष्ठिलाई जनजातिको मान्यता दिलाउन वर्तमान केन्द्रको सरकारबाट सकारात्म प्रतिश्रुती पाए पनि त्यसलाई ठिक तरिकाले अघि बडाउने कार्य भने नगरेको उनले बताएका छन्। 
‘जनजातिको आन्दोलन ठिकसित अघि बढाउन नसकेकोले गर्दा छिनाफाना हुन नसकेको हो, अब 2019 भित्र छिनाफाना गर्ने हाम्रो प्रयास छ’ छेत्रीले भने। जनजातिको मुद्दा सहुलियतको निम्ति मात्र नभएर भूमि अधिकारको पनि कुरा आउने भएका कारण जनजातिको मुद्दा छिनाफाना हुनसके यो छुट्टै राज्यको घडेरी हुनसक्छ भन्ने छेत्रीलाई लागेको छ। 
‘हामीलाई जनजातिको मान्यता रोजगारको निम्ति मात्र होइन तर यसले हाम्रो जमिनको मालिकानाको अधिकार पनि दिँदछ। अहिलेसम्म विवादास्पद रहेको यस भुमीको मालिकाना हक पनि हामीले जनजातिको मान्यता पाएको खण्डमा पाउनेछौँ। यसकारण पनि हामीलाई जनजातिको मान्यता आवश्यक लागेको छ’ छेत्रीले थप बताए।

Related Posts

0 Response to "खस जनजातिको सङ्घले जनजातिको मुद्दालाई सर्वभारतीय स्तरमा अघि बडाउने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.