-->
ओलम्पिकमा भाग लिनका निम्ति ट्यालेन्ट हन्ट मार्फत् खेलाडीको खोजि

ओलम्पिकमा भाग लिनका निम्ति ट्यालेन्ट हन्ट मार्फत् खेलाडीको खोजि

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 नोभेम्बर। आगामी 2020 अनि 2024 मा सम्पन्न हुने समर ओलम्पिकलाई लिएर प्रतिभावान खेलाडीहरूको खोजि सुरु भएको छ। नेशनल युवा कोअपरेटिभ सोसाइटी दिल्लीको आयोजनामा उत्तरपूर्विय क्षेत्रका खेलाडीहरूलाई लिएर पहिलोचोटी जलपाइगुडीमा आगामी 18 नोभेम्बरका दिन ओलम्पिकका भाग लिनसक्ने प्रतिभावान खेलाडीहरूको चयन कार्य गर्नेछ। जसको निम्ति कालेबुङ कृषक कल्याण सङ्गठनले 11 वर्ष देखि 17 वर्ष उमेर भएका खेलाडीवर्गलाई फारम भरेर चयन कार्यमा भाग लिने अपिल गरेको छ। 
कालेबुङ कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्रीले ओलम्पिकमा भाग लिनका निम्ति यसरी पहिलोपल्ट प्रतिभाशाली खेलाडीको चयन भएको बताउँदै पहाडका खेलाडीहरूले यसको लाभ उठाउनुपर्ने आह्वान गरेका छन्। जलपाइइगडीमा सम्पन्न हुने उक्त चयन प्रक्रियामा 100, 200 अनि 400 मिटरको दौडमा छनौट प्रक्रिया हुने बताउँदै पहाडका धावकहरूले भाग लिएर ओलम्पिक खेल्ने सपना पुरा गर्न सक्ने बताएका छन्। 
आयोजक पक्षको एउटा सदस्यका रूपमा कालेबुङ कृषक कल्याण सङ्गठनले यसबारे जानकारी गराउँदै पहाडका खेलाडीहरूका निम्ति यो एउटा ठूलो अवसर रहेको बताएको छ। 
‘उत्तरपूर्विय क्षेत्रका खेलाडीहरूलाई छनौट गर्दा दार्जीलिङ पहाडलाई पनि समावेश गरिएको छ। यसतो सुनौलो मौकामा हाम्रा खेलाडीहरूले भाग लिएर चयन भए ओलम्पिक खेल्न पाउनेछन्’-सङ्गठनका महासचिव विष्णु छेत्रीले भने। उनले यो अत्यन्त्यै सुनौलो मौका रहेको बताउँदै अधिक जानकारी लिन चाहनेहरूले कालेबुङ कृषक कल्याण सङ्गठनको कार्यलयमा सम्पर्क राख्न सक्ने बताएका छन।

Related Posts

0 Response to "ओलम्पिकमा भाग लिनका निम्ति ट्यालेन्ट हन्ट मार्फत् खेलाडीको खोजि"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.