-->
छैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङछैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङ

छैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङछैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 12 नोभेम्बर। ‘हाम्रो त मुद्दा नै छैटौँ अनुसूची हो। छैटौँ अनुसूची मार्फत् नै गोर्खाल्याण्ड हुनेछ’ गोरामुमो अध्यक्ष मन घिसिङले केन्द्रिय समितिको वैठक पछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
‘राज्यसँग दुईपक्षिय वार्ता चलिरहेको छ। आगामी दिनमा पनि अझै यो वार्ता चलिरहनेछ। हामी छैटौँ अनुसूची मार्फत् गोर्खाल्याण्ड हुनेछ भन्ने विश्वास गर्छौँ। यो हाम्रो विश्वास हो। यसमा अन्य दलहरू रिसाउनु भएन। हामीले 105 दिनको बन्द देख्यौँ। यत्रो लामो बन्दले पनि गोर्खाल्याण्ड ल्याउन नसक्दा जनताले पनि सोझै गोर्खाल्याण्ड हुँदैन भन्ने बुझेका छन् भन्ने लाग्यो’ मन घिसिङले अझ भने।
उनले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति चलेको 105 दिनको लामो बन्द अवधी गोरामुमो पार्टीले पनि आन्दोलनलाई सडकमा ओर्लिएर नै साथ दिएको बताउँदै यद्यपी उक्त बन्दले केहि उपलब्धि हुन नसकेको दाबी गरे।
‘कोलकोताले गोर्खाल्याण्ड नदिने स्पष्ट गरिसकेको थियो। यता केन्द्रले पनि गोर्खाल्याण्ड दिन नसक्ने कुरा गर्‍यो। जनता गोर्खाल्याण्डको नाउँमा चलेको बन्दले समस्यामा मात्र परे। जनता समस्यामा परेको देखेर नै गोरामुमोले राज्यलाई पत्र पठाएर शान्ति अनि स्वाभाविक परिस्थिति निर्माणको पहल गर्न वैठक गर्ने अपिल गरेको थियो’ मन घिसिङले अझ भने।
उनले छुट्टै राज्य गोर्खाल्याण्डको आवाज सुवास घिसिङ (आप्पा)ले  सर्वप्रथम उठाएको बताउँदै ‘गोरामुमो पार्टीले गोर्खाल्याण्ड छोड्ने छैन। हामी त्यहाँ सोझै पुग्न नसक्ने बुझेको कारण छैटौँ अनुसूची मार्फ पुग्ने बाटो अप्नाएका हौँ’ भने।
‘राज्य सरकार त्यो ठाउँ होइन जहाँ छुट्टै राज्य गोर्खाल्याण्डको चर्चा गरेर मुद्दालाई अघाडी बडाउँन सकिन्छ। यसकारण राज्यसँग हुने दुईपक्षिय वार्तामा हामी छैटौँ अनुसूचीको मुद्दाबारे चर्चा गर्नेछौँ’ मन घिसिङले स्पष्ट भने। गोरामुमो पार्टीले छैटौँ अनुसूचीको मुद्दा उठान गरेर त्रिपक्षीय सम्झौता भएर पनि जनताको विरोधले लागु हुन नसक्नुको पछि नेतृत्वले जनतालाई सायद बुझाउन नसकेको हुनसक्ने बताउँदै अहिले भने यतिका लामो आन्दोलनले पनि गोर्खाल्याण्ड नहुँदा जनताले अब छैटौँ अनुसूचीको बाटो नै सही हो भन्ने बुझेर हालमा व्यापक समर्थन गरिरहेको दाबी गरेका छन्।
‘हामी पुन: जनतालाई छैटौँ अनुसूचीबारे बुझाउनेछौँ। जनताले बुझेका छन् तै पनि हामी अझ व्यापक रूपले बुझाएर अघि बड्नेछौँ’ मन घिसिङले अझ भने।
उनले आज कालेबुङमा भएको केन्द्रिय समितिको वैठकमा आगमी पिन्टल भिलेजमा सम्पन्न हुने दुईपक्षिय वार्तामा भाग लिने विषयमा चर्चा गरिएको अनि सम्भवत 7 जना प्रतिनिधीवर्गले भाग लिने बताएका छन्। यद्यपी वैठकमा उठान गरिने मुद्दाहरू भने अहिले नै सार्वजनिक नगर्ने पनि उनले जनाए।
हालमा जनताले पहाडको राजनैतिक परिस्थितिलाई हेरेर गोरामुमो पार्टीलाई समर्थन जनाउने कार्य गरिरहेको दाबी गर्दै आजको वैठकमा समेत विभिन्न स्थानबाट आएका जनताको भीडले समेत गोरामुमो पार्टी प्रति जनविश्वास बडेको स्पष्ट हुने दाबी गरे। उनले गोरामुमो पार्टीले पहाडभरी जनसभा आयोजना गरेर जनतालाई जागरुक बनाउने कार्य गर्ने योजना समेत बनाइरहेको बताउँदै आगामी दिसम्बर महिनामा छैटौँ अनुसूची सम्झौता दिवसलाई भव्यतासँग पालन गर्दै दार्जीलिङमा जनसभा गर्ने तयार गरिरहेको पनि जानकारी दिएका छन्।
वैठक पछि उनी आफ्ना समर्थकहरूसँग सोझै गोर्खाल्याण्ड आन्दोलनमा पक्रा परेर न्यायिक हिरासतमा प्राण गुमाउने बरुण भुजेलको घरमा पुगेर परिवार पक्षलाई समवेदना प्रकट गरेका थिए। यसक्रममा मन घिसिङले आफु मानवताको नाताले सहिदका परिवारलाई समवेदना प्रकट गर्न आएको बताए। बरुण भुजेल समग्र जातिको निमित्त सहिद भएको जनाउदै उनले भविष्यमा आफ्नो पक्षबाट कुनै सहयोग चाहिएको खण्डमा सहयोग गर्न तत्पर रहेको पनि परिवारपक्षलाई आश्वासन दिएका छन्।

Related Posts

0 Response to "छैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङछैटौँ अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड ल्याउनेछौँ – मन घिसिङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.