सन्त फिलोमिना विद्यालयद्वारा पर्यावरण दिवस पालन
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 जुन। विश्वपर्यावरण दिवसको अवसरमा कालेबुङ सन्त फिलोमिना विद्यालयले स्वच्छ कालेबुङको नारालाई अघि बडाउँदै पर्यावरण दिवस पालन गरेको छ।
यस अवसरमा मुख्य अतिथिका रूपमा सिन्कोना निर्देशक डा. शामुएल राई उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा सेभ द हिल्सका अध्यक्ष अवकाश प्राप्त विङ कमान्डर प्रफुल्ल राव, सिस्टर रेचेल आदि उपस्थित रहेका थिए।
प्राचार्य सिस्टर क्रिशन्ता राईद्वारा स्वागत भाषण राखेपछि आरम्भ कार्यक्रममा सह शिक्षिका सारथी तामाङले पर्यावरण सम्बन्धि सचेतनामूलक वक्तव्य राखिन्। यसै अवसरमा यहाँको एसयुएमआई, कन्या उच्चतर माध्यमिक विद्यालय, सरकारी उच्च विद्यालय, सप्तश्री ज्ञानपिठ, रकभेल एकाडमी, सन्त अगष्टिन आदिका विद्यार्थीवर्गलाई लिएर पर्यावरण सम्बन्धि सचेतना जगाउँदै शहरमा र्यालि निकालिएको थियो।
यस अवसरमा शहरका विभिन्न पसलहरूमा पर्यावरण सम्बन्धि सचेतना गराउँन विभिन्न प्रजातिका पौधाहरू पनि वितरण गरिएको थियो।
0 Response to "सन्त फिलोमिना विद्यालयद्वारा पर्यावरण दिवस पालन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.