
जनजातिको मुद्दामा गोजमुमोले भ्रम फैलाउने कार्य गर्दैछ – जाप युवा एकाई
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 जुन। 11 वटा जातिलाई जनजातिको मर्यादा दिलाउने मुद्दालाई लिएर गोजमुमो केवल जनताको आँख़ामा धुलो हाल्ने कार्य गरिरहेको जाप युवा एकाईले आरोप लगाएको छ। जाप युवा एकाईले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त आरोप लगाउँदै मोर्चा जनजातिको मुद्दामा कहिल्यै इमान्दार नरहेको दाबी गरे।
‘गोजमुमो सित भाजपाको हेभिवेट सांसद छ। उनीहरूले जनजाति मात्रै होइन राज्य समेत दिन सक्छ। तर आज यहाँ जुन एघार जातिलाई जनजाति बनाउनको निम्ति मोर्चाले कार्यक्रम गर्दैछ त्यो केवल जनताको आँखामा धुलो हालेर भ्रम फैलाउने कार्य मात्रै हो’ जाप युवा एकाईका सचिव अमिर बस्नेतले भने। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा एकाईका महासचिव अमिर बस्नेतले मोर्चाले पहाडबाट पार्टीगत लोकप्रियता गुमाउन थालेपछि यस प्रकारको दिग्भ्रमित पार्ने कार्यक्रम गरिरहेको आरोप लगाएका हुन्।
‘यसपल्टको विधानसभा चुनाउ अनुसार 70 प्रतिशत जनता मोर्चासित खुशी नरहेको स्पष्ट भएको छ किन भने अघिल्लो चुनाउको तुलनामा कालेबुङ देखि मोर्चाले 41409 भोट, दार्जीलिङदेखि 25146 भोट अनि खर्साङदेखि 27350 भोट गुमानु परेको छ। जीटिए गठन पश्चात मोर्चाले जनताप्रति बाचा गरेको मुद्दा एउटा पनि सफल भएको छैन। यसैकारण हाल मोर्चाले जनजातिको नाउँमा जनतालाई ढाँट्ने कार्य गर्दैछ’ बस्नेतले अझ भने। ठिक जगामा कुरा नउठाएर हाल पहाडको जनतालाई झुक्काउन मात्र यस्ता कार्य गर्दै साधरण जनतालाई मात्र होइन जातगोष्टीलाई प्रतिनिधित्व गर्ने जातिय संगठनहरू समेतलाई अन्योलमा पारिरहेको उनले दाबी गरे। एघार जातलाई जनजाति बनाउन तक्निकी पक्षहरू रहेको दाबी गर्दै जापले तक्निकी रूपमा कार्य गरेर यस मुद्दालाई पार लगाउने पनि उनले दाबी गरे।
यता प्रवक्ता सन्दिप कुलुङले पनि यस विषयमा प्रतिक्रिया जनाउँदै मोर्चा अध्यक्ष बिमल गुरूङ अनि भारतको प्रधान मन्त्री नरेन्द् मोदीको बयानले दुई महिना नवित्दै फेल खाएको आरोप लगाए। ‘प्रधानमन्त्री मोदीले त्यस बेला 11 वटा जातिलाई जनजातिको मान्यता दिलाउँछु भन्दा नै हामीले भनेका थियौं मोदी प्रधानमन्त्री भएर होइन भाजपाको नेता भएर मोर्चालाई चुनाउमा सहयोग मात्र गरिरहेका छन्। अहिले आएर केन्द्रिय मन्त्री मण्डलले देशभरीका सातवटा राज्यमा भएका विभिन्न जात गोष्ठीहरूलाई जनजातिको मान्यता दिने प्रस्ताव ग्रहण गरेर संसदमा पठाउनु अनि त्यस प्रस्तावमा पहाडको 11 वटा जातिको नाम उल्लेख नहुनुले नै स्पष्ट बताइरहेको छ कि मोर्चाले भोट माग्न मात्र नरेन्द्र मोदिलाई बोल्न लगाएको हो’ सन्दिप कुलुङले दाबी गरे।
मोर्चाले यसभन्दा अघिका चुनाउमा पनि राज्यसित मिलेर यस्तै नाटक रचेको आरोप लगाउँदै 11 वटा जातगोष्ठीको निम्ति जीटिएले सिफारिस पत्र आरजीआईमा पठाएको थियो जुन पत्र जनजाति मन्त्रालयबाट फिर्ता गरिसकेको छ। यदि मोर्चा यस मुद्दामा साँच्चीकै गम्भिर छ भने जीटिएमा प्रस्ताव पारित गरेर राज्य सरकार सित केन्द्रमा सिफारिसको निम्ति पठाउन पर्छ भनि कुलुङले माग गरे।
यता युवा एकाई ब्युरो सदस्य पंकज छेत्रीले जाप केन्द्रिय समितिको चारैवटा महकुमाको नगरपालिका चुनाउ लडने निर्णयको युवा एकाईको पक्षबाट स्वागत जनाए। जाप युवा एकाइले विभिन्न जनताको आधारभुत समस्या सगंसगै अब संगठन विस्तार पनि गरेर अघि बड्ने बताए। ‘भोली देखि युवा एकाईको संगठन विस्तार मिरिक देखि शुरू हुनेछ’ पंकज छेत्रीले भने।
0 Response to "जनजातिको मुद्दामा गोजमुमोले भ्रम फैलाउने कार्य गर्दैछ – जाप युवा एकाई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.