-->
कालेबुङ नगरपालिकाको निम्ति 102 जना प्रार्थी मैदानमा

कालेबुङ नगरपालिकाको निम्ति 102 जना प्रार्थी मैदानमा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २७ अप्रेल। नगरपालिका चुनावका निम्ति कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरुबाट मोठ 102 जना प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्। आगामी 14 मईको दिन सम्पन्न हुने चुनावका निम्ति नामाङ्कन पत्र दर्ता गरेका प्रार्थीहरूले आज अन्तिम दिन आ-आफ्ना नामाङ्कन पत्र फिर्ता लिएपछि चुनाव लड्ने प्रार्थीहरूको सङ्ख्या 102 पुगेको छ। जसमध्ये विभिन्न राजनैतिक दलहरूबाट 76 जना प्रार्थीहरू रहेका छन् भने 26 जना स्वतन्त्र उम्मेद्वारहरू रहेका छन्। 
कालेबुङ नगरपालिकाको 23 वटा वार्डहरूमा नै जन आन्दोलन पार्टीले 23 जना प्रार्थीहरू चुनावी मैदानमा उतारेका छन् भने गोर्खा जनमुक्ति मोर्चाबाट केवल 22 जना प्रार्थीहरू मात्र रहेका छन्। गोजमुमो पार्टीको 15 नम्बर वार्डका प्रार्थी सुधा लामाको नामाङ्कन पत्र रद्द भएको कारण मोर्चाको एकजना प्रार्थी घटेको छ भने उक्त वार्डबाट गोजमुमो पार्टीको स्वतन्त्र उम्मेद्वार रहेको छ। 
यता तृणमूल कङ्ग्रेस पार्टीबाट 19, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाबाट 3 अनि मार्क्सवादी कम्युनिष्ट पार्टीबाट 9 जना प्रार्थीहरू चुनावी मैदानमा खडा भएका छन्। अघिबाटै नगरपालिका चुनावका निम्ति नामाङ्कन पत्र दर्ता गरिसकेका प्रार्थीहरूले आज आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्ने सुविधा रहेको थियो। नामाङ्कन पत्र फिर्ता लिने समय सिमा भित्रमा माकपाका प्रार्थी प्रविण प्रधान (वार्ड न. 1) अनि रवी प्रधान (वार्ड न. 10)ले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका छन्। 
यद्यपी रवी प्रधानले वार्ड न. 9 बाट भने चुनाव लडीरहेका छन्। उनीहरूले वार्ड नम्बर 1 मा स्वतन्त्र प्रार्थीलाई सहयोग गर्ने निर्णय गर्दै फिर्ता लिएका छन् भने वार्ड नम्बर 10 बाट भने गोजमुमो प्रार्थी सुभ प्रधानलाई सहयोगको घोषणा गर्दै फिर्ता लिएको रवी प्रधानले बताएका छन्। 
सोहि क्रममा माकपा नेता तारा सुन्दासले पहाडमा अहिलेघरी तृणमूल कङ्ग्रेसले विभाजनको राजनीति गरिरहेको आरोप लगाउँदै त्यस विभाजनको राजनीतिलाई रोक्ने कार्य गरेको बताएका छन्। ‘हाम्रो उद्देश्य तृणमूल कङ्ग्रेसले चुनावमा जित्नु हुँदैन भन्ने हो। जुन प्रकारले पहाडमा विभाजनको राजनीति गर्दैछ त्यसलाई रोकथाम गर्नुपर्छ। 
माकपाले वार्ड न. 1 मा राम्रो स्वतन्त्र प्रार्थी पाएको कारण सहयोग गरेको हो अनि वार्ड नम्बर 10 मा गोजमुमो प्रार्थी शुभ प्रधानलाई समर्थन गरेर फिर्ता गरेको हो’ तारा सुन्दासले भने। यद्यपी उनले विगतका नगरपालिकामा रहेको गोजमुमो पार्टीका वार्ड पार्षदहरूले केवल खातामा मात्र विकास कार्य गरेर भ्रष्टचार गरेको आरोप लगाउँदै भ्रष्टचारको विरुद्ध पनि आफुहरूको लडाई रहेको बताएका छन्। 
अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाबाट टिकट नपाएपछि रुष्ठ बनेर निर्दलिय प्रार्थीका रुपमा चुनावी मैदानमा खडा भएका शेखर मेकडोनाल्डले पनि आफ्नो उम्मेद्वारिता फिर्ता लिएका छन्। 23 नम्बर वार्डबाट निर्दलिय प्रार्थीका रुपमा खडा भएका शेखर मेकडोनाल्डले आफ्नो उम्मेद्वारिता फिर्ता लिँदै आफुले गोर्खाल्याण्डको पक्षमा सकारात्मक सोंचेर उम्मेद्वारिता फिर्ता लिएको बताएका छन्। 
‘मलाई जनताले खडा गरेका थिए। उनीहरूलाई सोधेर नै आज आफ्नो नामाङ्कन फिर्ता लिएको हुँ’ उनले भने। यसक्रममा उनले आफ्ना समर्थकहरूलाई स्वेच्छाले मतदान गर्ने अपिल समेत गरेका छन्।

Related Posts

0 Response to "कालेबुङ नगरपालिकाको निम्ति 102 जना प्रार्थी मैदानमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.