-->
कालेबुङ जिल्लालाई लिएर प्रशासनिक प्रक्रिया युद्ध स्तरमा ......जिल्ला गठनलाई लिएर मुख्यमन्त्री यसै महिना कालेबुङ आउने सम्भावना

कालेबुङ जिल्लालाई लिएर प्रशासनिक प्रक्रिया युद्ध स्तरमा ......जिल्ला गठनलाई लिएर मुख्यमन्त्री यसै महिना कालेबुङ आउने सम्भावना

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 15 जून। कालेबुङ जिल्ला गठनको प्रक्रियालाई लिएर अहिलेघरी जिल्लापाल कार्यालय तयार पार्ने कार्य युद्धस्तरमा चलिरहेको छ। 
प्रारम्भमा कालेबुङ महकुमा अधिकारिको कार्यालयलाई नै जिल्लापाल कार्यालाय बनाउने प्रक्रिया प्रशासनिक रुपमा चलिरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारले पहिलो कार्यकाल समाप्त हुन अघि क्याबिनेटले पारित गरेको प्रस्तावलाई कार्यमा परिणत गर्न दोस्रोचोटि सरकारमा आउन साथै प्रशासनिक कार्यलाई अघि बढाउन सुरु गरेको हो। यसको निम्ति कालेबुङ जिल्ला गठनलाई लिएर दार्जिलिङमा पहिलो सर्वदलिय बैठक समेत भइसकेको छ। 
प्रशासनिक स्तरमा पहिलो सर्वदलिय बैठक समापन भएपछि यता प्रशासनिक कार्यमा पनि तिव्रता आएको छ। जसको कारण हाल जिल्लापाल कार्यालय, पुलिस अधिक्षक कार्यालय निर्माणका निम्ति प्राराम्भिक कार्य सुरु भएको हो। हालमा सम्पूर्ण कार्यालायहरू निर्माण प्रक्रिया तत्काल सम्भव नहुने भएको कारण पुरानै कार्यालयहरूलाई लिएर जिल्लाको कार्यभार सम्हाल्ने कार्य हुने भएको छ। 
यता कालेबुङमा जिल्ला गठनलाई लिएर हाल जिल्लामा चाहिने प्रशासनिक कार्यालयहरूको निर्माण, सिमाङ्कन जस्ता प्रशासनिक प्रक्रिया अघि बढिरहेको हो। यसबारे विशेष सूत्रले जनाए अनुसार कालेबुङमा चाँडै जिल्लापाल, अरिरिक्त जिल्लापाल साथै जिल्ला पुलिस अधिक्षकले कार्यभार सम्हाल्ने भएको छ। अहिलेलाई अस्थायी रूपमा यहाँको महकुमा अधिकारी कार्यालयमा जिल्लापाल, अतिरिक्त जिल्लापाल (साधरण) अनि अतिरिक्त जिल्लापाल (भूमि सुधार) बस्ने भएका छन्। 
जिल्लापाल कार्यालय निर्माणका निम्ति हाल कालेबुङ महकुमा अधिकारी कार्यालयमा जीर्णोद्वारको काम युद्धस्तरमा चलिरहेको छ। उक्त जीर्णोद्वारको काम पूर्ण भएपछि अधिकारीहरूले पद्भार सम्हाल्नसक्ने सूत्रले दाबी गरेको छ। प्रशासनिक भवनहरूको निर्माण कार्य समाप्त हुन साथै अनि उच्च न्यायलयबाट जिल्ला गठनको स्वीकृती प्राप्त पछि सरकारी अधिसूचना जारी हुन साथै अधिकारीवर्गले सम्पूर्ण पदभार सम्हाने सम्भावना रहेको छ। 
कालेबुङ जिल्लामा जिल्लापालसितै जिल्ला पुलिस अधिक्षकले पनि प्रस्तावित नयाँ जिल्लामा चाँडै पद्भार सम्हाल्नेछन्। यहाँको बिर्लाहाउस स्थित सह-जिल्ला पुलिस अधिक्षकको कार्यालयमा जिल्ला अधिक्षक बस्ने भएको अनि जिल्ला कलेक्टोरेटको स्थायी कार्यालयका निम्ति जमीन खोज्ने काम भइरहेको सुत्रले जनाएका छन्। 
जिल्ला गठनकै प्रक्रियामा हाल जिल्ला पुलिस अधिकक्ष कार्यालयको निम्ति पनि विभागले विभिन्न ठाउँहरू हेरेर चयन गरिसकेको छ। जसमध्ये यहाँको सिडफार्ममा पाँच ऐकर जमीन भूमि औ भूमि सुधार विभागले देखाएको छ। उक्त जमीन दार्जीलिङ जिल्ला प्रशानसले पनि उपर्युक्त ठानिरहको पनि सूत्रको दाबी रहेको छ। अर्कोतर्फ कालेबुङ जिल्ला गठनको प्रक्रियालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जी यसै महिनाको अन्तिम साता कालेबुङ आउने सम्भावना रहेको छ। 
मुख्यमन्त्रीले कालेबुङ आगमनको अवधी नयाँ जिल्ला गठनका निम्ति प्रशासनिक बैठक गर्ने पनि सूत्रले दाबी गरेको छ।

Related Posts

0 Response to "कालेबुङ जिल्लालाई लिएर प्रशासनिक प्रक्रिया युद्ध स्तरमा ......जिल्ला गठनलाई लिएर मुख्यमन्त्री यसै महिना कालेबुङ आउने सम्भावना"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.