-->
जिल्ला गठनको निम्ति विधायको काम सकिएको जापको दाबी ..... विधायकले अब बनाउने होइन बिगार्छन् – डा. हर्कबहादुर छेत्री

जिल्ला गठनको निम्ति विधायको काम सकिएको जापको दाबी ..... विधायकले अब बनाउने होइन बिगार्छन् – डा. हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 जून। गोर्खा जातिका 11 वटा जात गोष्टिलाई जनजाति बनाउने मुद्दा गोजमुमो पार्टीको केवल चुनावी मुद्दा रहेको जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आरोप लगाएका छन्। ‘दार्जीलिङले जे सोच्छ भारतभरिका गोर्खाहरूले त्यहीँ सोच्छन् भन्ने भ्रममा पर्नु हुँदैन। गोजमुमोले जहिले पनि अन्य प्रान्तका गोर्खाहरूलाई मुद्दा थोप्ने गरेको छ। मोर्चा भारतभरिका गोर्खाहरूको अविभावक होइन। भारतभरि जहाँ-जहाँ गोर्खाहरू छन् यहाँ डेलिगेसन पठाउ अनि मात्र सर्वभारतीय गोर्खाहरूलाई जनजातिको बनाउने कुराको घोषणा गर’- डा. हर्कबहादुर छेत्रीले भने।
यसैक्रममा उनले गोर्खा समुदाय अन्तर्गतका 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउने गोजमुमोको मुद्दा राजनैतिक फाइदाको निम्ति उठान गरिएको चुनावी मुद्दा मात्र रहेको दाबी गरे। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय जनता पार्टी पनि जनजातिको निम्ति इमान्दार नरहेको बताएका दाबी गरे।
‘चुनाउको समय नगरकट्टामा आएर प्रधानमन्त्री नरेन्द्र मोदीले 11 वटा जातिलाई जनजाति बनाउने घोषणा गरेका हुन्। अहिले प्रधामन्त्रीले हिमाचलन प्रदेशदेखि दक्षिण भारतसम्म 5 वटा राज्यका जनजातिको मुद्दालाई अघि बढाउने निर्देश दिएका छन्। यसमा गोर्खाहरू समावेश गरिएको छैन। यहीँबाट भाजपाको जनजातिको मुद्दाप्रतिको इमान्दारिता स्पष्ट हुन्छ’ डा. छेत्रीले भने।
उनले जनजातिको मान्यतालाई पारित गर्नका निम्ति मोर्चाले राज्य सरकारसित सम्बन्ध स्थापित गर्न आवश्यक रहेको सुझाव दिएका छन्।
‘मोर्चाले लबी गर्न चाहेको खण्डमा राज्य सरकार, सीआरआई, आरजीआई अनि टाक्स फोर्समा लबी गर्नुपर्छ। यी चारवटा मध्ये कसैले पनि 11 वटा जातिमध्ये कसैलाई जनजातिको विरूद्ध रिपोर्ट दिएको खण्डमा जनजाति हुनेछैन’ –डा. छेत्रीले भने। यसक्रममा उनले कालेबुङकी विधायिका सरिता राईले अब कालेबुङ जिल्लाको मुद्दा उठाउने भनी दिएको वयानमाथि पनि प्रतिक्रिया व्यक्त गर्दै भने ‘अब कालेबुङ जिल्लालाई लिएर विधायकको काम छैन। अब विधायकले विगार्नुसक्छ बनाउन सक्दैन’ भने। उनले विधायिका राईप्रति कटाक्ष गर्दै ‘अब विधायिकाले भइसकेको जिल्ला उठान गर्नुको सट्टा अस्थायी कर्मचारी, पिउने पानी, स्वंयसेवक शिक्षक-शिक्षिका आदिको कुरा उठान गर्नुपर्नेछ’ भनि सुझाव दिए।
आफ्नो सम्बोधनको क्रममा उनले गोजमुमो अध्यक्ष विमल गुरुङ प्रति पनि कटाक्ष गर्न चुकेनन्। ‘दिसम्बर महिनामा नै विमल गुरूङले अस्थायी कर्मचालीई स्थायीकरण गर्न लगाउने नभए आफै स्थायीकरण गर्ने अवथा वेतन बढाउनने घोषणा गरेका थिए। तीन हप्तामा गर्ने काम 6 महिनामा पनि पूरा भएन। अहिले फेरि प्लाकार्डहरू बोकेर आन्दोलनमा उत्रिने भन्दैछन्। यो मरौमाथि कात्रो मात्रै भएको छ’ डा. छेत्रीले भने।
उनले अस्थायी कर्मचारीवर्गलाई स्थायी बनाउन रु 25-25 हजार गोजमुमोले उठाइएको आरोप लगाउँदै ‘यो पैसा कहाँ छ त्यसबारे जवाव दिनपर्नेछ’ भनि माग गरे। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमोले पर्चा पट्टाको माग गर्दै गरिरहेको गेटमिटिङको पनि आलोचना गरे।
उनले मोर्चाको कडा आलोचना गर्दै विगत संसदको बजेट सेसनमा मोर्चाले उपहारको रूपमा केन्द्रिय विश्वविद्यालय पाउने दावी गरेको कहाँ हरायो? भन्ने प्रश्न गर्दै मोर्चाको उक्त मुद्दा कहाँ गयो? भनि प्रश्न तेर्साए। मोर्चाले केवल जनतालाई आफ्नो पक्षमा तानेर राख्नका निम्ति यस्ता मुद्दाहरू उठाएको आरोप लगाउँदै ‘अब नगरपालिकाको चुनाउमा पनि गोर्खाल्याण्ड नै भन्ने? भनि प्रश्न गरे।

Related Posts

0 Response to "जिल्ला गठनको निम्ति विधायको काम सकिएको जापको दाबी ..... विधायकले अब बनाउने होइन बिगार्छन् – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.