-->
पिउने पानीको सम्स्या कृतिम हो – तारा सुन्दास

पिउने पानीको सम्स्या कृतिम हो – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 अप्रेल। पिउने पानीको समस्याले कालेबुङवासी काकुकुली बन्न परिरहेका छन। यसबारे सम्बन्धित विभागले स्रोतको कमीले पिउने पानीको समस्या जटिल भनि बताएपछि चारैतिरबाट प्रतिक्रिया हुन थालेको छ। यस समबन्धमा माकपा नेता तारा सुन्दासले आज एक पत्रकार सम्मेलन आयोजना गरेर ‘पिउने पानीको समस्या कृतिम हो’ भनि टिप्पणी गरेका छन। 
‘कालेबुङमा पिउने पानीको मुद्दा प्राकृतिक समस्या नभएर मानवनिर्मित कृतिम समस्या हो। विभागका अधिकारीहरू, ठेकेदारहरू अनि विभागीय कर्मचारीहरूको व्यवसाय चलाउन सृजना गरिएको समस्या हो’ तारा सुन्दासले भने। 
मङ्‌गलबार कालेबुङ नगरपालिकामा बसेको विभागीय अधिकारीहरूको बैठकपछि पानी ट्यापिङलाई मूल समस्या बताउँदै विभाग यस समस्याबाट पन्छिन खोजेकोमा सुन्दासले घोर आपत्ति जनाए। ‘गाउँ-बस्तमा पानी ट्यापिङ भयो भन्दैछ तर मुख्य पाइपबाट नै ट्यापिङ गर्ने काम गाउँलेहरूले आफै गरेका होइनन्‌। यो अवैद्य पाइप कसले जोड्‌दैछ? विभागले सक्छ भने त्यो ट्यापिङहरू खोलेर देखाउनुपर्छ अनि इन्चार्जहरूलाई पक्राउ गरेर कार्यवाही गर्नुपर्छ’-सुन्दासले भने।
यो सब पानीको टयापिङ 50 हजार रूपियॉंसम्म लिएर विभागीय कर्मचारीहरूले जडान गर्ने गरेको गम्भिर आरोप सुन्दासले लगाएका छन्‌। यस सन्दर्भमा हुने डेलो लेकको मूल ट्याङ्‌कीबाट नै पानी ट्यापिङ गरिएको फोटोहरू देखाउँदै विभागले झूट बोलेर समस्याबाट पन्छिन खोजिरहेको आरोप लगाए। 
सुन्दासले अझ भने अनुसार जीटीएले पानी व्वस्थापनाको निम्ति 5 करोड 85 लाख रूपियॉं दिएको थियो। उक्त राशीमध्ये 88 लाख रूपियॉं डेलोमा ट्याङ्‌की बनाउनमा खर्च गरियो अनि 2 करोड 34 लाख रूपियॉं रेली थुकथुचबाट पानी ल्याउनमा प्रयोग गरिएको कुरा विभाग आफैले दिएको रिपोर्ट सुन्दासले सार्वजनिक गरे। 
‘पानी नै छैन भनेपछि ट्याङ्‌की बनाउने के आवश्यकता थियो? करोड रूपियॉं खर्च गरेर ल्याएको पानी के कालेबुङले पाउँदैछ?’-सुन्दासले प्रश्न गर्दै भने। 
सुन्दासले 1995 सालदेखिको कालेबुङको पानी सम्बन्धी समस्याको खबरका प्रतिलिपिहरू देखाउँदै पीएचई विभागले 2002 सालदेखि आजसम्म नै स्रोतमा पानीको कमि रहेको कुरा बताइरहेको भएपनि आजसम्म ठोस्‌ पहल भने नगरेको आरोप लगाए। 
उनले हिजोको बैठकमा रेली थुकचुकबाट कति पानी आउँदैछ भन्नेकुरा बताउन नसकेको अनि जीटीएबाट आवन्टित पैसा लगानी गरेर पनि पानी ल्याउन नसकेको बताए। उनले जीटीएद्वारा ट्याङ्‌कमा वितरण गर्नुको सट्टा स्थायी सामाधान खोज्नुपर्ने सुझाउ राखेका छन्‌। 
कुनैसमय कालेबुङले पर्याप्त पानी पाउने रेली थुकचुकको अवस्था सोचनीय बनिसकेको बताउँदै जीटीएद्वारा आवन्टित पैसा केवल अधिकारीहरू अनि ठेकेदारहरूलाई खुशी राख्न गलत ठाउँमा प्रयोग भएको बताए। 
अर्कोतिर उनले गाउँमा पानी वितरण गरिने इनरूट भेल्ली स्किमको पैसा कहॉं जॉंदैछ भन्ने प्रश्न गर्दै नेउरादेखि यता पॉंचठाउँमा बनाइएको 15 हजार लिटर अँट्‌ने ट्याङ्‌कीहरूको अवस्था सम्बन्धि प्रश्न उठाए। उनले विभागमा व्यापक धॉंधली भइरहेको आरोप लगाउँदै राज्यमा आउँदो सरकार माकपा आएको खण्डमा भ्रष्टचार गर्नेहरू विरूद्ध उचित जॉंचप्रक्रिया चलाएर कानूनी कार्यवाही गराउने सुन्दासले बताए।

Related Posts

0 Response to "पिउने पानीको सम्स्या कृतिम हो – तारा सुन्दास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.