
जन आन्दोलन पार्टीले पानीको समस्याबारे गोजमुमो, ज़ीटीए, नगरपालिका र विभागलाई लगायो आरोप्
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 अप्रेल। जन आन्दोलन पार्टीले कालेबुङ शहरको पिउने पानीको समस्याले दिनो दन जटिल रुप लिँदै आइरहेको आरोप लगाउदै विभागले पिउने पानीको समस्या समाधान गर्नुको निम्ति व्यवस्थित पहल चाल्नु पर्छ भन्दै कालेबुङ नगरपालिकाको ध्यान आकर्षण गरेकोछ ।
जापको पक्षमा कालेबुङ टाउन कमिटिका संयोजक प्रदीप छेत्रीले एक प्रेस विज्ञप्ति प्रस्तुत गर्दै भनेका छन कि जन आन्दोलन पार्टीले शुरुदेखि नै सम्बन्धित विभागलाई यसबारे जनाउदै आएको हो। तर पनि नगरपालिका अनि सम्बन्धित विभागबाट पिउने पानीको समस्या समाधानको निम्ति कुनै प्रकारको पहल भएको छैन। न त नगरपालिकाले शहरवासीलाई नियमित रुपमा पिउने पानी प्रदान गर्ने ठोस योजना नै बनाएको छ। न त विभागले पिउने पानीको सुव्यवस्था गर्न खासै पहल गरेको छ।
विज्ञप्तिमा भनिएकोछ कालेबुङ शहरमा देखा पर्ने पिउने पानीको संकटलाई लिएर जन आन्दोलन पार्टीले 2 महिना अघि नै कालेबुङ नगरपालिका, पीएचइ अनि वाटर वर्क्स विभागलाई जनाइ सकेको हो। तर क्षेत्रीय प्रशासनको दायित्व लिएर बसेको नगरपालिकाले पिउने पानीको समस्या प्रति कुनै प्रकारको चासो देखाएन। शहरवासीलाई पानी प्रदान गर्ने जिम्मेवार पीएचइ विभागको रहेको भन्दै नगरपालिका उपाध्यक्ष जायोन लेप्चा आफ्नो जिम्मेवारीदेखि पछि हटेका थिए। तर विधानसभा चुनाउको मुखैमा भने नगरपालिकाले पानी किनेर शहरवासीलाई बितरण गरेको थियो।
पिउने पानीको समस्या प्रति नगरपालिकाको कुनै प्रकारको भूमिका हुँदैन भन्ने कालेबुङ नगरपालिकाले नै आज आएर पिउने पानीबारे बैठक गरिरहेको छ। क्षेत्रीय प्रशासनको दायित्व लिएर बसेको नगरपालिकाले दोहोरो निति अप्नाएर कालेबुङवासीलाई थप समस्यामा हाल्ने काम गरिरहेको छ। यति मात्र होइन, नगरपालिकाले पिउने पानीसॅंग संलग्न विभागहरुलाई पनि जिम्मेवारीदेखि पछि हटाउने प्रयास गरिरहेको विज्ञप्तिमा बताइएकोछ ।
यसमा अझै भनिएको छ कि कालेबुङ शहरका मानिसहरु तिर्खाइ रहेको अवस्थामा पनि नगरपालिका र विभागले बैठक गरेर पिउने पानीको निम्ति खासै योजना तयार गरेको छैन। 26 अप्रेलको दिन कालेबुङ नगरपालिकाको भवनमा सम्पन्न भएको नगरपालिकाको बैठकले शहरवासीलाई पानी प्रदान गर्नुको निम्ति ठोस पहल गरेन। उल्टा पानीको मुहान सुक्नु र अवैध्य ट्यापिङ जस्ता कुराहरु देखाएर आम शहरवासीको आँखामा धुलो हाल्ने काम गरिरहेको छ। पिउने पानीको जटिल समस्याबारे डाकेको उक्त बैठकमा नगरपालिका अध्यक्ष गंगामाया गुरुङ नै उपस्थित नहुनु गम्भीर विषय हो।
जापको भनाइ छ कि यदि नगरपालिका अध्यक्ष गंगामाया गुरुङ आफ्नो जिम्मेवारीदेखि भाग्छ भने उनले आज नै नगरपालिका अध्यक्षको पदबाट राजीनामा दिनु पर्छ भन्ने जन आन्दोलन पार्टीको माग रहेको छ।
पिउने पानीमाथि भ्रष्टचार भइरहेको कुरा विभागीय अधिकारीहरुको वयानले नै स्पष्ट भएको छ। नेउरा परियोजनाका अभियन्ता शप्तश्री पालले थुकचुक पानीको मुहानबारे वयान दिएका छन्। उनले थुकचुक बाट आएको 72किलोमिटर लामो पाइपलाइनमा ट्यापिङ भएको बताएका छन्। तर नेउरा परियोजनाका अभियन्ता पाललाई थुकचुक मुहानबारे टिप्पणी गर्ने कुनै अधिकार छैन। किन कि थुकचुक मुहान जीटीए अधिनस्त रहेको छ। साथै थुकचुक कालेबुङ खण्ड 2 अन्तर्गत रहेको अलगड़ा 4 माइल परिसरमा अवस्थित पानीको मुहान हो। यसैले थुकचुक 72 किलोमिटर टाड़ामा अवस्थित छैन। यदि विभागले थुकचुक मुहानलाई 72 किलोमिटर टाड़ामा पुऱ्याएको छ भने यसमा निश्चित रुपले भ्रष्टचार भएको जन आन्दोलन पार्टी ठहर गर्छ।
जापले अझै प्रश्न गरेको छ "यदि अवैद्य ट्यापिङ नै पिउने पानीको समस्या हो भने किन विभागले जॉंच गर्दैन?
कुन कुन स्थानहरुमा अवैद्य ट्यापिङ भइरहेको छ त्यस क्षेत्रका कर्मचारीहरुले किन देखरेख गर्दैनन्?
राज्य सरकारले अवैद्य ट्यापिङ रोक्नको निम्ति इनरुट भिलेज स्किम शुरु गरेको थियो। नेउरा परियोजनालाई प्रदान गरेको इनरुट भिलेज स्किम कुन अवस्थामा छ?
यो परियोजना कहॉं कहॉं लागु गरेको छ? विभागले स्पष्ट पार्नुपर्छ। "
विज्ञप्ति अझ बताउछ कि एक जना साधरण जनताले निश्चित रुपमा पनि अवैद्य ट्यापिङ गर्न सक्दैन। यसैले अवैद्य ट्यापिङमा विभागीय कर्मचारी, अधिकारीहरुको संलग्नता छ भन्ने जन आन्दोलन पार्टीको आरोप छ। यदि विभाग इमान्दार छ भने चाड़ो भन्दा चाड़ो अवैद्य ट्यापिङमाथि कार्वाही शुरु गर्नुपर्छ।
गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिका सचिव कुमार चाम्लिङले कालेबुङको पिउने पानीको समस्यालाई पुरानो समस्या रहेको बताएका छन्। पिउने पानीको समस्या सन् 1969 देखि नै रहेको कारण यसमा मोर्चाको कुनै दोष नरहेको मोर्चा सचिव चाम्लिङको वयान छ। पुरानो समस्यामा काम गर्न नचाहने मोर्चाले किन 108 वर्ष पुरानो छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाउँछ़? यदि पिउने पानीको समस्यालाई सामूहिक रुपमा समाधान गर्नु पर्छ भने मोर्चाले उक्त बैठकमा किन अन्य दलहरुसाथै सामाजिक संस्थाहरुलाई निम्तो गरेन? गोर्खा जनमुक्ति मोर्चा, नगरपालिका अनि सम्बन्धित विभागहरुले केवल जनताको आँखामा धुलो हाल्ने काम मात्र गरिरहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
0 Response to "जन आन्दोलन पार्टीले पानीको समस्याबारे गोजमुमो, ज़ीटीए, नगरपालिका र विभागलाई लगायो आरोप्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.