इएचसीसी युसीएनआइको 23औ वार्षिक महासभा आयोजित
कालिमन्युज, 27 अप्रेल 2016, कालेबुङ : सम्पूर्ण भारतवर्ष भरि छरिएको युनाइटेड चर्च अव नर्थ इण्डिया (यु सी एन आइ) अंतर्गत रहेको पूर्विय हिमाली मण्डली परिषद (इएचसीसी) को 23औ वार्षिक महासभा कालेबुङ्को 9 माइल स्थित वर्शिप सेंटरमा आजदेखि प्रारम्भ भयो। यो दुइ दिने वार्षिक सभा भोलि 28 अप्रेल सम्म आयोजित हुनेछ।
दार्जीलिङ पहाड्को तिनै महकुमा, सिलगडी तराइ अनि पश्चिम र पूर्व डुवर्सको विभिन्न युसीएनआइ मण्ड्ली लगायत नेपालको पन्दाम र नाम्लेमा रहेको मिसनरी क्षेत्रबाट आएका प्राय 150 प्रतिनिधिहरु सभामा भेला भएका थिए। मोडरेटर उदय दान पावल तामङको सभापतित्वमा प्रारम्भ भएको वार्षिक सभामा इएचसीसीका सम्पूर्ण पास्टरगण, एल्डरगण, तथा विभिन्न उपसमितिहरुका सदस्यहरु सभामा उपस्थित थिए।
विषेष अतिथिको रुपमा ग्लेन फेमिलिका इनटरनेशनल प्रोजेक्ट डाइरेक्टर सोम छिरीङ नाम्चु, एन एम एस आइका नर्थ बेंगल इनचार्ज हेमान छेत्री आमंत्रित अतिथिको रूपमा उपस्थित थिए।
सभामा पहाड क्षेत्रका डेपुटि मोडरेटर रेभ जेम्स पावल सादा, मधेस क्षेत्रका डेपुटि मोडरेटर रेभ सुदान तिङ्बो, महासचिव एके राई, सहमहासचिव रेभ टी एस मोलोम्मु, कोषाध्यक्ष एल्डर टी ओ पान्लुक मुख्य रुपमा उपस्थित थिए।
कार्यक्रममा प्रथम चोटि चुनिएका गिङ कर्क सेसनका मोडरेटर रेभ वीजय राई, दार्जीलिंग़ कर्क सेसनका मोडरेटर रेभ शामुएल फिलिप, दार्जीलिङ कर्क सेसनकै सचिव उदय केसाङ लामा, कालेबुङका सचिव एल्डर एनो सी पंलुक, किजोम कर्क् सेसनका सचिव एल्डर पुजन देवान, महाकालगुडि कर्क सेसनका सचिव एसाव नार्जीनारि, सिमलाबाडी कर्क सेसनका सचिव जीवन कुमार नार्जीनारि, इस्टर्न हिमालयन मेन्स गिल्ड्का सचिव एल्डर कल्याण राई, इस्टर्न हिमालयन सी ई का सचिव एल्डर फिलीप थापालाई स्वागत जनाइयो।
इएचसीसीमा रहेका चारवटा अंचल अंतर्गत् 16 वटा कर्क सेसन छन जस अंतर्गत रहेका 106 वटा मण्ड्ली र 19 वटा घरेलु संगतिमा 27 फुल टाइमर र् 7 पार्ट टाइमर् पास्टर र 270 एल्डर 1 जना कांउंसिलको प्राचिन, 5 अन्य प्राचिन, 4 प्रचारक अन्य 4 जना बाइबल वुमन र अन्य कर्मचारीको सहायतामा इएचसीसी संचालन भैरहेकोछ । इएचसीसीलाई संचालन गर्न 6 वटा स्ट्याण्डिंग कमिटि र पुरूष गिल्ड, स्त्री गिल्ड्, युवा झुण्ड् र सी ई 4 वटा संगतिको कमिटिहरू अनि संगतिहरु रहेको सचिवले आफ्नो रिपोर्टमा बताए ।
स्मरण गराइन्छ असम सिमाक्षेत्रदेखि नगरकट्टा डामडिम, बाग्राकोट, सिलगडी तराइ, तोदे ताङ्ता लगायत मल्ली कालेबुंग़को शहर लगायत तिनै पहाडी महकुमाका सम्पूर्ण गाँउहरु अनि खर्साङ् महकुमा र मिरीक्, दार्जीलिङ सदर तथा पुलबजार बिजनबारी, घुम जोरबँग्लो सुकियापोखरी अनि नेपाल क्षेत्र लगायत मेघालय सम्ममा फिजीएको इएचसीसीले 1924मा स्थापित युसीएनआइमा गाभिएर वर्तमान सम्ममा 77 वटा भन्दा बेसी नँय़ा गिर्जा घर मण्डलीले कुनै सहायता बिना आफ्नै खर्चमा बनाइसकेको छ भने अझै 18वटा जस्ता गिर्जाघर निर्माणाधिन छन।
सभामा सबै कर्क सेसन र स्ट्याण्डिङ कमिटिका वार्षिक आँकडा, रिपोर्ट र भावी कार्यक्रमबारे प्रतिनिधि र सचिवहरुले सभामा बताए।
सभामा उठेका विषयहरुमा वृहत छलफल गरियो। सभालाई सम्बोधन गर्दै ग्लेन फेमिलिका सोम नाम्चुले मण्ड्लीले समाजमा भएका समस्याहरुमा आफ्नै क्षेत्रमा ससाना रुपमा काम गरेता पनि वृहत अनि सामुहिक रुपमा काम गर्न जरुरी रहेको बताए।
सभामा उठेका विषयहरुमा वृहत छलफल गरियो। सभालाई सम्बोधन गर्दै ग्लेन फेमिलिका सोम नाम्चुले मण्ड्लीले समाजमा भएका समस्याहरुमा आफ्नै क्षेत्रमा ससाना रुपमा काम गरेता पनि वृहत अनि सामुहिक रुपमा काम गर्न जरुरी रहेको बताए।
0 Response to "इएचसीसी युसीएनआइको 23औ वार्षिक महासभा आयोजित "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.