-->
सुद्ध पानी नदिए पीएचई विभागमा ताला झुण्डाउने क्रामापाको चेतावनी

सुद्ध पानी नदिए पीएचई विभागमा ताला झुण्डाउने क्रामापाको चेतावनी

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 6 अगस्त। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) ले जनसवास्थ अभियन्ता विभागले जनतालाई सुद्ध पानी वितरण नगरे कार्यलयमा ताला झुण्डाउने चेतावनी दिएको छ।
केही दिन अघि कालेबुङ कृषक कल्याण संगठनले विभागले वितरण गरेको पानी पिउन योग्यको नरहेको परिक्षण गरेर दाबी गरेपछि जनस्वास्थ्य अभियन्ता विभाग विवादको घेरोमा परेको छ। यसैक्रममा आज क्रामाकपाले जनस्वास्थ्य अभियन्ता विभागले जनतालाई पिउने योग्यको पानी वितरण नगर्नु दुर्भाग्यपूर्ण रहेको दाबी गरेको छ।
“जनताले होइन जन्तुले समेत पिउन योग्यको नरहेको पानी विभागले वितरण गर्दैछ। यस्तो अवस्था हुँदा समेत गोर्खाल्याण्डको हुँकार पिटेर जीटीए ल्याउने व्यक्तिहरूले के हेर्दैछ ? सम्बन्धित विभागका सभासदहरूले अहिलेसम्म के गर्दैछ ?” क्रामाकपा कालेबुङ आञ्चलिक सदस्य सुधन प्रधानले प्रश्न गरे।
यसक्रममा राज्य सरकारसँग कुराकानी गर्नेछौँ भनि जीटीएका सभासदले दिएको वयानप्रति कटाक्ष गर्दै पिउने पानीको समस्या समाधान गर्न जीटीएले सक्दैन भने यस्तो काम नलाग्ने व्यवस्थाको के काम ? भनि अझ प्रश्न तेर्साए।
“यहाँको पिउने पानीको समस्या, बेकारी समस्या अथवा बिजुलीको समस्याबारे राज्यसरकारसँग कुराकानी गर्नुपर्छ भने जीटीए व्यवस्थाको के काम ?
हामी साथीहरूलाई भन्छौँ जीटीए व्यवस्था त्याग्नुपर्छ” सुधन प्रधानले स्पष्ट भने। आफूहरूले जनतासँग जोडिएको मुद्दाहरू क्रामाकपाले उठान गर्दा अन्य राजनैतिक दलका नेताहरूले राजनैतिक फाइदाको निम्ति काम गर्‍यो भन्ने आरोप लगाएको बताउँदै अहिले सत्तासिन राजनैतिक दलले भने जनहितमा काम गर्न नसकेको तिनले दाबी गरे। उनले जनहितको निम्ति जनता आफै सचेत बनेर जनआन्दोलन गर्न सडकमा उत्रनुपर्ने आह्वान गर्दै तबमात्र विभाग अनि सम्बन्धित विभागका नेताहरू जागरूक बन्नसक्ने बताए। विभागले यसरी जनतालाई पिउन योग्यको नरहेको पानी वितरण गर्ने कार्य झट्ट बन्द गरेर विभागले यथाशिघ्र जलभण्डार सफाई गरेर पिउन योग्यको सुद्ध पानी वितरण गर्नुपर्ने पनी माग गरेका छन्। कालेबुङका जनतालाई दूषित पानी वितरण हुँदा समेत विभागीय सभासद, विधायक मौन बस्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै कालेबुङका जनताको हितमा उचित पहल गर्न आवश्य रहेको बताए। 
“सभासदहरू जलभण्डारको निरिक्षण गर्न गएर राज्यसरकारसँग कुराकानी गर्छौँ भन्दैछ। त्यसो हो भने आफ्नो दायित्व के हो ? यदि आफ्नो दायित्व छैन भने व्यवस्था त्याग्नुपर्छ” सुधन प्रधानले भने। उनले उक्त सम्पूर्ण समस्याहरूको दिर्घकालीन समाधान केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्र हो भने। यसैक्रममा विभागले वितरण गरेको दूषित पानी पिएर जनता पिढीत भए पहाडमा आगो लाग्ने चेतावनी दिँदै यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित निकाय हुने पनि सुधन प्रधानले बताएका छन्। 
अर्कोतर्फ क्रामाकपा कालेबुङ शहर जोनल सयोजक विक्रम छेत्रीले जनस्वास्थ्य अभियन्ता विभागका कर्मीहरूले आफ्नो जिम्मेवारी वहन नगरेको आरोप लगाएका छन्। 
“जनतालाई सुद्ध पानी दिन नसक्ने विभागका कर्मीहरूले यदि काम गर्न सक्दैन भने आफ्नो चौकी त्याग्नुपर्छ। सम्बन्धित विभागीय सभासदले पनि काम गर्न सक्दैन भने चौकि त्याग्नु उचित हुनेछ” बिक्रम छेत्रीले भने। उनले टालटुले व्यवस्थाले समस्याको समाधान नहुने दाबी गर्दै सबै एकबद्ध बनेर दिर्घकालीन समस्या समाधानको निम्ति आन्दोलनमा उत्रनुपर्ने आह्वान समेत गरे।

Related Posts

0 Response to "सुद्ध पानी नदिए पीएचई विभागमा ताला झुण्डाउने क्रामापाको चेतावनी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.